पाल्हीनन्दनमा ‘आनन्द जात्रा’ मनाउन मुल समारोह समिति गठन

नवलपरासी,८ फागुन,
बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’ मनाउन स्थानियबासीले मुल समारोह समिति गठन गरेका छन् । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष समेत रहेका प्रवतmा कृष्णचन्द्र यादवको अध्यक्षतामा भएको भेलाले पिन्कु सिँह सैथवारको संयोजकत्वमा ३१ सदस्यि मुल समारोह समिति गठन भएको हो ।
विगत केही महिना देखी नै आनन्द जात्रा मार्फत प्राचीन नन्दन नगर र नन्दन तालको प्रवद्र्धन र प्रचार प्रसार गर्ने गरि जात्राको तयारीमा जुटेका थिए । भेलाले जात्राको मुल समारोह समितिसँगै प्राचीन नन्दन नगर संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति समेत गठन गरेको वार्ड अध्यक्ष यादवले बताए । उनका अनुसार सो पर्यटन समिति ब्यास चौधरीको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको छ । गाउलेको भेलामा सो प्राचीन नन्दन नगरको इतिहास थाहा पाए पछि उत्साही भएको स्थानिय अखिलेस यादवले बताए । सिद्धार्थ गौतमको जन्मनु पहिला देखी नै यस स्थानमा नगर भएको अवशेष तथा तालको संरचना अहिलेसम्म रहेको छ । तर यसको ऐतिहासिक पृष्टभुमिबारे स्थानिय बासी अनभिज्ञ थिए,उनले भने,तर अहिले यसबारे बौद्ध अध्येता तथा पुरातत्वका जानकारहरुबाट जानकारीमा आए देखी नै गाँउमा उत्साह थपिएको छ । सो इतिहास अब जात्रासँगै जोडेर देश विदेशमा प्रचार प्रसार गरि पर्यटकिय,धार्मिक तथा साँस्कृतिक र पर्या पर्यटनको विकासमा स्थानिय जुटेको उनको भनाई थियो ।
जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ स्थित पहिचानमा आएको प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले सो जात्राको तयारी गरिरहेका थिए र सो समारोहका लागि संघिय सरकारको पर्यटन मन्त्री वा राज्यमन्त्री समेतको उपस्थिती गराउने लक्ष्य रहेको हुदा जात्राको मिति तोकिएको छैन्, वार्ड अध्यक्ष यादवले भने,मन्त्री आउने मिति तोकिए पछि त्यसको जानकारी पत्रकार सम्मेलन गरि गराईने छ,तर अन्य तयारी निरन्तर भई रहेको छ ।
प्राचीन नन्दन नगरसम्म जाने बाटो तथा सो स्थानको सरसफाई गर्ने कार्य भई रहेको छ । त्यसबारे आवश्यक कार्ययोजना समेत पुस्तकको रुपमा प्रकाशित गर्ने तयारी भई रहेको छ । जात्रा प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट शुरु हुने भए पछि ति स्थानका संघसस्था,स्थानियबासीसँग समन्वय गर्ने कार्य पनि भई रहेको उनको भनाई थियो । उनका अनुसार सो समारोहमा प्राचीन कोलिय गणराज्य रहेको रुपन्देहीको रोहिणी नदी देखी नवलपरासीको अनोमाघाट भित्र पर्ने ७ वटा पालिका नवलपरासीको र रुपन्देहीको ३ गरि १० वटै स्थानिय तहलाई समेत साहभागिता गराउने लक्ष्य रहेको छ ।
केही महिना पहिला पुरातत्वका जानकार नारद यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेको ति बस्तुहरु प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरुमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि नगरको स्वरुप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हो ।
नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार,सैनिक,अन्य नागरिकहरु रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउ भएको समेत अनुमान गर्न थालिएको छ ।अहिलेको सोही इतिहासलाई झल्काउने गरि कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य,सैनिक र नागरिकहरु आउने गर्थे,त्यसैलाई पुर्नउत्थान होस भनेर त्यसलाई आनन्द जात्राको रुपमा पण्डितपुरबाट नन्दनताल नगर तथा ताल क्षेत्र र पडरी गाँउसम्म जात्रा निकालिने छ । यसले प्राचिन संस्कृतिलाई पुनः पुर्नत्थान हुन्छ,वार्ड अध्यक्ष यादवले भने,सो जात्राले यो प्राचिन नन्दन नगरलाई देश विदेशसम्म प्रचार प्रसार गर्नमा मद्द पुग्ने र यो एक पर्यटकिय स्थलको रुपमा विकास हुन्छ । स्थानियको सो उत्साहको सराहना गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले त्यसका लागि आवश्यक सहयोग गाउपालिकाले गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *