प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका

नवलपरासी,८ फागुन
जिल्लाको सरावल गाउपालिकाले मुस्लिम महिलालाई शसतिmकरण गर्ने उदेश्यले मुस्लिम समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिला तथा बालबालिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै गर्दा मुस्लिम समुदायको सहभागिता पातलो देखिए पछि गाउपालिकाले मुस्लिम महिलालाई नै लक्षित गरि सो जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
सरावल गाउपालिका वार्ड नं.२ दंगिया गाँउमा भएको उतm जनचेतना कार्यक्रममा बोल्दै त्यस्तो कार्यक्रम प्रत्येक वार्डमा मुस्लिम बाहुल्यता रहेको गाँउलाई लक्षित गरि मुस्लिम समुदायलाई जनचेतना कार्यक्रम सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आम रुपमा कार्यक्रम सञ्चालन गर्दा मुस्लिम महिलाहरु मुलधारबाट छुट्ने गरेका थिए,उनले भने,त्यसैले अहिले यो कार्यक्रममा मुस्लिम महिलाको सहभागिता मात्रै हुने गरि जनचेतना कार्यक्रम गरिएको छ । यसले मुस्लिम महिलालाई मुलधारमा ल्याउन सहज हुने उनले विश्वास समेत ब्यतm गरेका थिए । कार्यक्रममा उपाध्यक्ष बासमती हरिजनले समेत शुभकामना दिदै आफु पनि दलित समुदायको महिला बताउदै आफैबाट अगाडी सरेर अहिले उपाध्यक्षसम्म पुग्न सफल भएको बताईन् ।
मुलधारमा आउनका लागि सरकारले सहयोग गर्छ,उनले भनिन्,तर केही प्रयास आफैबाट पनि शुरु हुनु पर्छ । त्यसका लागि मुस्लिम महिलाहरु पनि सक्रिय हुनु पर्छ । महिला गृहणी मात्रै होईन्,समाज र राज्यको नेतृत्व समेत गर्न सक्षम हुन सक्छन्,त्यसका लागि यस्तो अभिप्रेरित गर्ने गरि जनचेतना क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यता समेत रहेको उनले बताईन् । अगामी दिनमा पनि मुस्लिम महिला लक्षित क्षमता अभिवृद्धि,नेतृत्व विकास,शिपमुलक कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाएकी थिईन् । कार्यक्रममा इस्लाम धर्म र संस्कृतिबारे पत्रकार सद्दाम हुसेनले प्रशिक्षण दिईएका थिए,भन्ने राज्य,सरकार र समावेशिता तथा नागरिक अधिकारबारे पत्रकार बेचु गौडले प्रशिक्षण दिएका थिए । सो कार्यक्रम जनसरोकार सस्थाको सहजीकरणमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *