नवलपरासी,३ फागुन
जिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले वार्ड नं.३ कुश्मा स्थित सेमरहवा कुटी पार्कको अवधारणा अगाडी सारेको छ । जिल्लाका विभिन्न गाउपालिका र नगरपालिकाले अ आफ्नो पालिका क्षेत्र भित्र पार्क निर्माण गर्ने योजना अगाडी बढाउदै गर्दा पाल्हीनन्दन गाउपालिकाले पनि नयाँ पार्क निर्माण गर्ने प्रस्ताव अगाडी बढाएको हो ।
धार्मिक स्थल तथा प्राकृतिक मनोरम दृष्ट रहेको उतm स्थानलाई पार्कको लागि उपयुतm देखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश प्रकाश पौडेलले बताए । वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन सहित उतm स्थानको स्थलगत अवलोकन गर्दै सो स्थान पार्क निर्माणका लागि उपयुतm देखिएको हुदा त्यसको लागि स्थानियको सहमति,निर्णय र योजना बनाई गाउपालिकामा पेश गर्नका लागि समेत प्रमुख प्रशासकिय अधिकृत पौडेलले वार्ड अध्यक्ष हरिजनलाई आग्रह गरेका थिए । झरही नदी किनारमा रहेको वृक्षारोपण क्षेत्र र सेमरहवाबाबा कुटी क्षेत्रमा रहेका विभिन्न मठमन्दिरलाई एकिकृत रुपमा संरक्षण,विकास गरि सेमरहवा कुटीपार्कको रुपमा विकास गर्न अवधारणा ल्याइएको छ, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, यसका लागि वार्ड स्तरबाट सक्रियता देखाउनु पर्छ । गाउपालिका त्यस प्रति सकारात्मक रहेको छ । यसबारे गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) र उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना) सँग समेत परामर्श गरेर गाउपालिकाले योजना अगाडी बनाउनमा सहयोग गर्नेछ ।
विगत बर्ष देखी नै सो क्षेत्रमा एक जना सेमरहवा बाबा भनेर बस्ने गरेका थिए । उनको समाधि स्थल पनि सो क्षेत्रमा रहेको छ । उनका अनुयायी साँधु सन्तहरु पनि बस्ने गरेका छन् । बेला बेला धार्मिक कार्यक्रम पनि सो क्षेत्र हुने गरेको छ । विभिन्न मन्दिर र कुटीहरु रहेका छन् । सो कुटी वरिपरी झण्डै पाँच विघा क्षेत्रफलमा कुटी क्षेत्र रहेको छ, भन्ने झरही नदी किनारमा १० विघा भन्दा बढि वृक्षारोपण क्षेत्र पनि रहेको छ । जुन प्राकृतिक सौन्र्ययता झल्किने खालको पनि रहेको छ । पार्क नजिकै झरही खोलामा पुल समेत बनेको हुदा खोला वारिपारी गर्न पनि सहज छ । सो पुलले गर्दा बाँसा पिपरहिया हुदै कुश्मा,हरपुर भएर महेशपुर नाकालाई सडकले जोडेको छ । यसले गर्दा पनि सो क्षेत्रका पार्क ब्यवस्थित गर्दा वरिपरिका बासिन्दालाई खुल्ला,प्राकृतिक सौन्दर्यता,बनभोज लगायतका गतिविधि गर्नका लागि उपयुतm देखिएको छ, वार्ड अध्यक्ष हरिजनले भने , यसका लागि चाडै नै गाँउ भेला गराई निर्णय गराएर वार्डको सिफारिस सहित गाउपालिकामा पठाउने छौ ।
सो क्षेत्रमा गाउपालिका,लुम्बिनी प्रदेश सरकारबाट पनि थोरै धेरै बजेट पारेर मन्दिर,खेलकुद स्थल जस्ता पुर्वाधार बनाईएका छन् । गत बर्ष आफुले पनि १० लाख बजेट पार्न लगाएको उपाध्यक्ष सकिनाले भनिन,पार्कका लागि सो ठाँउ उपयुतm छ,त्यसका लागि वार्ड र कुश्मा गाँउबासीले सक्रियता देखाउनु पर्छ । गाउपालिका सहयोग गर्न तयार रहेको छ । गाउपालिका अध्यक्ष गुप्ताले पनि पार्कका लागि वार्ड स्तरबाट प्रस्ताव आएमा गाउपालिकाले त्यसको स्वामित्व लिई सहयोग गर्ने,बजेट बिनियोजन गर्नुका साथै प्रदेश सरकार र संघिय सरकारसँग पनि पार्क निर्माणका लागि पहल गर्ने बताए । जति छिटो वार्डले प्रकृया अगाडी बढाउछ,त्यती छिटो गाउपालिकाले सहयोग गर्छ,उनले भने, वार्ड नं.३ गाउपालिकाको सदरमुकाम भएको वार्ड हो । गाउपालिका नजिकै पार्क निर्माण गर्न सकिएमा त्यसको लाभ गाउपालिकालाई पनि हुने उनको भनाई थियो । सो क्षेत्रमा पुर्वाधार र प्राकृतिक सौन्र्यताका लागि रुख विरुवाले भरि भराउछ । त्यसलाई ब्यवस्थित गरेर अगाडी बढाउनु मात्रै छ । त्यसको प्रचार प्रसार गर्न सकियो भन्ने त्यसले आन्तरिक र बाह्य पर्यटकलाई पनि आकर्षित गर्नेछ । वार्डबाट पार्क रुपमा सो स्थान विकास गर्ने अवधारणा आउनु स्वागत योग्य भएको अध्यक्ष गुप्ताले बताए ।
Susan Love, AnneMarie Mercurio, Rod Ritchie, Dr how can i buy priligy in usa Short- term effects of testolactone on human testicular steroid production and on the response to human chorionic gonadotropin