Health Advertisement

महेशपुर भन्सारमा जिससको अनुगमनः प्लान्ट क्वारेन्टाईन स्थापना नभएको भन्सार प्रमुखको गुनासो

नवलपरासी,७ पुस,
जिल्ला स्थित महेशपुर भन्सार नाकाको जिल्ला समन्वय समिति(जिसस)ले अनुगमन गरेको छ । स्थानिय पाल्हीनन्दन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहित जिसस प्रमुख भगौती प्रसाद यादवले अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा भन्सारमा बनस्पती(प्लान्ट) क्वारेन्टाईन स्थापना हुन नसक्दा भन्सार प्रमुखमा नैरास्यता छाएको बताएका थिए । नेपालका केही नाकामा प्लान्ट क्वारेन्टाईनको स्थापना हुन तर अहिले बर्षाै देखी महेशपुर भन्सारमा स्थापना हुन नसक्नुमा स्थानिय जनप्रतिनिधि,सरोकारवाला संघसस्थाले चाँसो नलिनु पनि उनले भन्सारको अनुगमन गर्न पुगेका जिसस प्रमुख यादवसँग गुनासो समेत गरेका हुन ।

केही महिना अगाडी प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि भन्सार विभागमा कार्यदल गठन हुदा महेशपुर भन्सारमा पनि क्वारेन्टाईनको स्थतापना होला भनेर सम्भावना बढेको भन्सार कार्यालयले जनाएको थियो । तर अहिले क्वारेन्टाईन स्थापनामा महेशपुर भन्सार नपरेको प्रति नैरास्यता भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले गरे । प्लान्ट क्वारेन्टाईनको अभावमा आउने राजश्वमा कमी र उद्यमी ब्यवसायीको हैरानीलाई मध्यनजर गर्दै विभागले पहल थालेको कुराले महेशपुुर भन्सार कार्यालय उत्साही भएको थियो,तर सो उत्साह अहिले नैरास्यतामा बदलिएको छ ।
अनुगमन गर्न पुगेका जिसस प्रमुख यादवसँग गुनासो गर्दै भने,प्लान्ट क्वारेन्टाईनका लागि पहल गरिदिन पर्यो । प्लान्ट क्वारेन्टाईन नहुदा प्लान्ट(बनस्पति र बनस्पति जन्य) खाद्यपदार्थको भन्सार गर्न समस्या त छदैछ,अवैध रुपमा भित्रिने त्यस्ता पदार्थ बरामद गरेर लिलाम विक्रि गर्नका लागि त्यसको जाँच पडताल गर्नका लागि भैरहवा भन्सार जानु परेको छ । यसले महेशपुर भन्सारका कर्मचारीका लागि हैरानी थपिएको छ । प्लान्ट क्वारेन्टाईनसँग नै खाद्य पदार्थको आयात र निर्यात हुने नाका हो । तर प्लान्ट क्वारेन्टाईन नहुदा त्यसको भन्सार हुन सकिरहेको छैन् ।
भन्सार नहुदा अवैध रुपमा झोला पोकामा साईकल र मोटरसाईलमा बनस्पती जन्य पदार्थ(तरकारी,खाद्य,दाना लगायत)ंका समाग्रि दैनिक नेपाल भित्रिने गरेका छन् । त्यसबाट मात्रै दैनिक हजारौ रुपिया राजश्व गुमिरहेको छ । प्लान्ट क्वारेन्टाईन नहुदा भन्सारले भन्सार काटेर बैधता प्रदान नगरे पनि साना ब्यपारीले दैनिक सयौ साईकल र मोटरसाईलमा समाग्रि अवैध रुपमा भित्रयाउन परेको छ । अवैध आयात गर्दा ब्यपारीलाई नाफा भन्ने कुरा भई रहेको छैन् । अवैध छ,भनेर प्रहरीले राजश्व भन्दा खाजश्व उनीहरुबाट उठाई नै हाल्छन् । प्रहरीलाई रकम बुझाए पनि लुकिछिपि नै मालसमाग्र लैजानु पर्ने बाध्यता रहेको छ । दिनमा एक सय त्यस्ता ब्यपारीले ३ सय देखी ५ सयसम्म मात्र भन्सार बुझाए पनि दैनिक ३० हजार देखी ५० हजार भन्सार संकलन हुन्छ । यसरी मासिक ९ लाख देखी १५ लाखसम्म राजश्व उठन सक्छ । जबकी प्लान्ट क्वारेन्टाईनको कर्मचारीलाई एक महिनाकै राजश्वले तलब सुविधा पुग्न सक्छ । बाकी रकम राजश्वको रुपमा राजकोषमा बचत हुन्छ ।
भन्सार प्रमुख चुडालको गुनासो सुनेर जिसस प्रमुख यादवले भन्सारलाई पुर्णमा रुपमा सुचारु गर्नका लागि के के आधारभुत आवश्यकता छ ? कुन समस्या कुन सरकार र निकायले गर्न सकिन्छ ? भनेर प्रस्तुति गर्ने गरि तयारीमा लाग्न समेत निर्देशन दिएका थिए । भन्सारले तयारी गरे पश्चात जिसस प्रमुख यादवले जिल्लाका तिन जना संघिय साँसद,चार जना प्रदेश साँसद र सात जना स्थानिय तहका प्रमुख तथा राजनीतिक दलका नेतृत्व सबैलाई राखेर छलफल चलाउने बताए । यसमा अब जिससले अग्रसरता लिइने छ, उनले आश्वास्त परेका थिए । यसका लागि जति छिटो सक्छ,त्यती छिटो भन्सारले प्रस्तुतिका लागि तयार हुन पर्यो ।
मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन,तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउदै भन्सार हुन सकिरहेको छैन् । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।
नेपाली उपभोतmा विषादी युतm तरकारी खान बाध्य छन् । भन्सार नहुदा राजस्व ह्रास भई रहेको छ । भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायिले ब्यवसाय गर्न नपाउदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन् । हाटबजारमा तरकारी आपुर्ति प्रयाप्त मात्रामा आउन नसक्दा तरकारीको मुल्य पनि अकासिदै जादा उपभोतmा मुल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी,विषादीयुतm तरकारी खानु पर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकुल असर पर्नुका साथै तरकारीमा मुल्यवृद्धि जस्ता समस्या भई रहेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *