नवलपरासी, ७ पुस
लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद).वैजनाथ जैसवालको “क्षेत्र विकास योजना अन्तरगत “आ.व २०७९÷८०मा निर्माणाधिन पुलको काम सम्पन्न भए पश्चात उदघाटन गरेका छन् । उनले एक समारोह विच पाल्हिनंदन गाउपालिका वडा नं.५ सिसवा कृषि पूलको उदघाटन गरेका हुन् ।
पुल निर्माणको लागि ७० लाख विनियोजित भएको निर्माण कार्य सम्पन्न पश्चात सिसवाका समाज सेवी वेचन मौर्याको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य जैसवालले उदघाटन गरेका थिए । साँसद जैसवालको प्रमुख अतिथ्यतामा सोही वार्डका पुर्व वडा अध्यक्ष ओम प्रकाश गुप्ता विशिष्ट अतिथ्यतामा पुर्व वडा सदस्य एकबाल देवान सहितको सहभागितामा पूल समुदउद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन ।शिव कुमार रौनियारले गरेका थिए । बषौ देखी भत्किएको अवस्थामा रहेको सिसवा कृषि सडक पुलको पुर्ननिर्माण भए पछि स्थानिय खुशि भएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद जैसवालको पहलमा सो जिर्ण पुल भत्काई पुनःत्यसै स्थानमा पुलको निर्माण कार्य शुरु भएको हो ।
पुल भत्किएर सो कृषि सडकमा कृषि उपजको ढुवानी गर्न समस्या झेल्दै आएका किसानहरुले पटक पटक पुल पुर्निमाणका लागि सरकारी निकायमा धाउदै आएका थिए । गत आर्थिक बर्षमा प्रदेश साँसद जैसावलले जसरी पनि प्रदेश सरकारसँग पहल गरेर पुल बनाउने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता अनुसार प्रदेश साँसदले पुल निर्माणका लागि बजेट विनियोजन गराई दिए पछि अहिले पुलको निर्माण कार्य सम्पन्न भएको साँसदका स्वकिय सचिव इमामुल खानले जनाए ।
पुलले सो क्षेत्रका सयौ किसानलाई ढुवानीमा राहत पुग्ने भएको छ,उनले भने,ठूलो कृषि क्षेत्र रहेको उतm स्थानमा खेत जोत्नका लागि टेक्टर तथा धान र गहुँ काटेर ढुवानी गर्न टाली तथा कम्बाईन हार्वेस्टर लगायतका कृषि उपकरण लैजादा समस्या झेल्नु परेको थियो । अहिले पुल बन्ने भए पछि स्थानियले राहत महशुस गर्न थालेको उनको भनाई थियो । डेढ बर्ष भित्र सो पुल निर्माण कार्य सम्पन्न गरिएको हुदा किसानको समस्या समाधान भएको उनको भनाई थियो । पाल्हीनन्दन गाउपाउपालिका वार्ड नं.५ स्थित स्थानिय कृषि सडकमा तत्कालिन जिविस हुदा नै पुलको निर्माण गरिएको थियो । विचमा बाढी आउदा पुलको दुबै छेउबाट पानी बग्न थाले पछि पुल भाँसिएर भत्कियो,उनले भने, धेरै पुरानो भई सकेको हुदा पुल निर्ण पनि भई सकेको थियो । अहिले कृषि उपकरणमा भारी सवारी साधन समेत प्रयोग हुने क्षमता वृद्धि गरि पुल बनेको छ ।
स्थानियबासीको माग अनुसार पुलको निर्माणका लागि आफुले पटक पटक लुम्बिनी प्रदेश सरकारसँग माग गर्दै आएको र गत बर्ष मात्र बजेट पार्न सफल भएको प्रदेश साँसद जैसवालको भनाई थियो । लुम्बिनी प्रदेश सरकारसँग आफुले पुर्वाधार,कृषि सडक,सिचाईका लागि ट्युवेल,कुलो सफाई,नहर निर्माण तथा समाजिक क्षेत्रको विकासका लागि पनि करोडौको बजेट परिचालन गरि विकासको मुल धारमा पिछडिएको पाल्हीनन्दन गाउपालिकाका गाँउलाई जोड्ने काममा लागेको बताए । अहिलेको साँसदले विधायकिय काम मात्रै गरेर पुग्दैन,उनले भने,जनताले के कस्तो कानुन बनाउनु भयो,नीति निर्माण कस्तो बन्दै छ,त्यो हेर्दैैन,सुन्दैनन,गाँउ ठाँउका समस्या पुर्वाधार आदीमा लगानी कति भयो ? भनेर मात्र हेर्ने गरेका छन् । जनताको चाहना र भावना अनुसार काम गर्नै पर्यो,उनले भने,जनताको कामसँगै समृद्ध प्रदेश,लुम्बिनी प्रदेशका लागि आफु निरन्तर सरकारसँग मिलेर काम गर्दै आएको दाबी गरेका थिए ।