मदरसाका धार्मिक शिक्षकलाई ब्यवस्थित गर्न ओल्मा काउन्सिले नेपालले बुझायो ज्ञापनपत्र

नवलपरासी,६ पुस
इस्लामिक शिक्षा दिदै आएको मदरसाका मौलना,मौलबीहरुको साझा सस्था ओल्मा काउन्सिल नेपालले रामग्राम नगरपालिका अन्तरगत रहेका मदरसाहरुको अनुगमन गर्न तथा लगानी बढाउन माग गरेको छ । नगरपालिकाका मेयर धनपत यादवलाई ज्ञापनपत्र बुझाउदै काउन्सिलका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसेनले चन्दा सहयोगमा सञ्चालन हुदै आएको मदरसा अहिले शिक्षाको मुलधारमा गई सकेको हुदा नगरपालिकाले ओल्माहरुलाई पनि शिक्षक सहरको सुविधा उपलब्ध गराउनुका साथै अनुगमन गर्न माग गरेका हुन् ।
अनुगमनमा ओल्मा काउन्सिलका प्रतिनिधि राख्नुका साथै नगरशिक्षा समितिमा समेत मदरसाका प्रतिनिधि राख्नु पर्ने उनको भनाई थियो । नगरपालिकाले मदरसामा अन्य विषयका शिक्षक तथा प्रशासनिक खर्चका लागि सहयोग अनुदान दिदै आएको भए पनि धार्मिक शिक्षक मौलाना र मौलबी प्रति उदासिन रहेको हुदा त्यसलाई पनि मध्यनजर राखेर कार्यक्रम बनाउन समेत अनुरोध गरेका थिए । धार्मिक शिक्षाले बालबालिकामा अनुशासन तथा आत्म अनुसासन स्थापित गर्ने गरेको छ । सरकारी सेवासँग समाज सेवामा मदरसाका बालबालिकाहरु पनि उत्तिकै समक्ष रहने हुदा मुलधारका शिक्षा सरह नै प्राथमिकतामा राखिनु पर्ने आग्रह कन्द्रिय अध्यक्ष गुलाम हुसेनले गरेका थिए । नेपालमा अहिले साधारण शिक्षा,प्राविधिक शिक्षासँगै धामिर्क शिक्षा (गुम्बा,मदरसा,गुरुकुल)लाई पनि ब्यवस्थित गर्नका लागि संवैधानिक तथा कानुनी प्रावधान रहेको छ । यसलाई कार्यान्वयनका लागि आवश्यक कार्यविधिहरु नै बनाई कार्य गर्न समेत उनले सुझाव दिइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *