रामग्राम स्तुप क्षेत्रमा उत्खनन गर्न आउने टोलीलाई लुम्बिनी प्रदेश साँसद जैसवालद्धारा स्वागत

नवलपरासी,१६ कातिक
भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा उत्खननका लागि आएको उत्खनन टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) बैजनाथ जैसवालले स्वागत गरेका छन् । उत्खनन स्थलमै पुगेर उनले पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर ज्ञवाली लगायतको टोलीलाई दोसल्ला लगाई स्वागत गरेका हुन् ।
झण्डै दुई दशक रोकिएको उत्खनन कार्य अहिले पुनःशुभारम्भ भएकोमा खुशी ब्यतm गर्दै उनले ज्ञवाली सहित विदेशी समेतलाई स्वागत गरेका थिए । रामग्राम नगरपालिका उजैनी स्थित रामग्राम स्तुप संसारकै एक मात्र सिगोँ भाग रहेको स्तुप क्षेत्रको उत्खनन कार्यले रामग्राम क्षेत्रको विकास हुनेमा उनले विश्वास ब्यतm गरेका थिए । उत्खनन कार्यमा प्रदेश साँसदको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको आश्वस्त पार्दै यसलाई अबका दिनमा निरन्तरता दिनका लागि समेत आग्रह गरेका थिए । आफुले विगत बर्ष देखी नै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेशसभामा पटक पटक उत्खननबारे कुरा उठाउदै आएको त्यसको फल स्वरुप अहिले उत्खनन कार्य शुरु भएको छ । यसले हामी जनप्रतिििनधलाई पनि उत्साही बनाएको भन्दै खुशी ब्यतm गरेका थिए ।


विगत केही बर्ष अगाडी रामग्राम स्तुपाको उत्तर पश्चिम क्षेत्रमा जिओफिजिक्स(भुभौतिक सर्वे)द्धारा पहिल्याएको विहार र पोखरी क्षेत्रमा दुई वटा ट्रेन्स लगाई उत्खनन कार्य भई रहेको देखाउदै पुरात्व अधिकृत ज्ञवालीले भुभौतिक सर्वेले खिचेको तस्विरको आधारमा सो क्षेत्रमा खनन कार्य शुरु गरेको देखाएका थिए । यसले विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्ेन्स लगाई उत्खनन कार्य भई रहेको देखाउदै पुरात्व अधिकृत ज्ञवालीले भुभौतिक सर्वेले खिचेको तस्विरको आधारमा सो क्षेत्रमा खनन कार्य शुरु गरेको देखाएका थिए । यसले विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्छ,उनले भने,ततपश्चात यसको बैज्ञानिक बर्ष आधार इतिहासको आधारमा खोज्ने कार्य हुन्छ । सन १८९८ मा डा.डब्लु होयद्धारा रामग्राम स्तुप यहिँ नै हो भनेर उल्लेख गरेका थिए । त्यस पछि स्तुप क्षेत्रको भुभौतिक सर्वे गरि १९९९ र २००१ मा उतm क्षेत्रको उत्खनन कार्य शुक्रसागर श्रेष्ठद्धारा गरिएको थियो ।


शुक्रसागर श्रेष्ठको उत्खनन पश्चात दुई दशकसम्म उत्खनन कार्य रोकिदा अहिले यस क्षेत्रको समग्र विकास कार्य नै अवरुद्ध भएका छन् । त्यो बेला उत्खनन गर्दा मौर्यकालिन मौर्यन स्टोनका टुक्रा फेला परेको स्तुपको वरिपरि विभिन्न सुन्याघार जस्ता पुर्वाधारहरु फेला परेको थियो । त्यसैले पनि रामग्राम स्तुपाको आधार तयार गरेको थियो । तर स्तुपको वरिपरि क्षेत्रमा के कस्ता पुर्वाधार छन ? भनेर पटक पटक गरिएको जिओफिजिक्स सर्वेले संकेत देखाएको छ । जस्मा रामग्रामबारे बौद्ध साहित्य तथा इतिहासका आधारमा भगवान गौतम बुद्धको भारत कुशिनगरमा महापरिनिर्वाण पश्चात उनको अस्थिलाई विभिन्न ८ भागमा बाडिदा बुद्धका मावली राज्यका कोलिय राजाहरुले पाएको अस्तुको भागलाई ल्याएर आफ्नो राजधानीको पुर्व दक्षिण दिसामा अस्तु राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए ।
ति स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरुले गर्दै आएका थिए । तत्पश्चात तत्कालिन मगधका सम्राट अशोक बुद्धका सात वटा स्तुप उत्खनन गराई ति धातु संसारका ८४ हजार स्थानमा वितरण गर्ने अभियानको क्रममा अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आएका थिए । उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीहरुले यो स्तुप धर्मको धरोहर हो,भन्दै स्तुप उत्खनन नगरिदिन आग्रह गरेका थिए । आफुहरु बाचुन्जेल स्तुप खन्न नदिने नागबंशीको अटल विश्वासबाट प्रभावित भई सम्राट अशोकले नागबंशीसँग सम्बाद सिला बनाई स्तुप क्षेत्रमा राख्न लगाएको,ति नागबंशी तथा भिच्छुका लागि नजिकै बौद्ध विहार बनाई दिएको र स्नानका लागि पोखरीको निर्माण गर्न लगाएका थिए ।
जुन अहिले जिओफिजिक्स सर्वेको क्रममा स्तुपको उत्तर पश्चिममा पोखरी र त्योसँगै जोडिएको विहार भवनहरु जमिनमुनि रहेको देखिएको छ । पुरिएर रहेका ति पोखरी र विहारको उत्खनन गर्ने कार्य भई रहेको छ । त्यो सँगै स्तुपको दक्षिण खोला पारी बाँसहरु भएको स्थानमा उपासकहरु बस्ने भवन पुर्वाधारहरु पनि भएको जिओफिजिक्समा देखिएका छन् । उत्खननका क्रममा क्रमशः ति स्थानहरु पनि उत्खनन हुदै जानेछ । बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संलग्नतामा उत्खनन काम सुरु भएको छ ।
प्रविधिको प्रयोग गरी मानिसका शरिरका अस्तिको एक्स–रे गरे जस्तै गरी जमिनको स्क्यान गरेर तस्विर देखिए पछि एक्सरे पछि अप्रेसन गरिन्छ,त्यसै गरि जिओफिजिक्सले देखाएका तस्विरको आधारमा अब जमिन उत्खनन गरि अप्रेसन (खोज) कार्य शुरु गरिको टोलीको भनाई थियो । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले उत्खननको काम गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *