नवलपरासी १३ कातिक
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप भारतमा भएको भनेर गरिएको दुष्प्रचार प्रति सरोकारवालाले ध्यानाकधर्षण भएको जनाएका छन् । गत शुक्रवार नागरिक समाज नवलपरासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउन बुझाएको पत्र,रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाले गरेको पत्रकार सम्मेलन र अन्य सञ्चार माध्याम मार्फत दवाव सिर्जना हुदै गए पछि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति(जिसस) र लुम्बिनी विकास कोष,सिटिजन जुरी लगायतका सरोकारवालाको बैठकले ध्यानाकर्षण भएको जनाएका हुन् ।
आईतवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,जिसस प्रमुख भगौती यादव(रुदल),कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई,सिटिजन जुरीका जिल्ला अध्यक्ष रामजी ज्ञवाली नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार सहितको अनौपचारिक बैठक बसी अ आफ्नो स्थानबाट सरोकारवालालाई पत्राचार गर्ने र सो कुराको खण्डन गर्ने गरि कार्य अगाडी बढाउने सहमति भएको जिसस प्रमुख यादवले जानकारी गराएका थिए । रामग्राम स्तुप भनेर १ सय २५ बर्ष पहिला नै पत्ता लागि सकेको अवस्थामा सो स्तुपा भारतको भुमि भित्र भएको प्रचारमा ल्याउनु गलत भएको कुरालाई सबै सरोकारवाला कार्यालयले त्यसलाई नेपाल सरकारसँग कुटनीतिक पहल गरि त्यस्ता दुष्प्रचार रोकाउन माग गर्ने भनि प्रतिवद्धता जनाएका थिए । अनौपचारिक रुपमा पनि स्थानिय भारतयि अधिकारी मार्फत पनि पहल गरि त्यस्ता दुष्प्रचार रोक्न पहल गरिन्छ,जिसस प्रमुख यादवले भने,आधार र प्रमाण विना नै जनतालाई भ्रमित बनाउने केही भारतिय ब्यतिm,सस्था र सञ्चार जगतको कायैशैली स्वीकार्य छैन् । यस प्रति जिसस पनि गम्भिर रहेको छ ,
नवलपरासीको रामग्राम ७ उजैनी स्थित रामग्राम स्तुप ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण सम्पदा र विश्वभरिका बुद्ध धर्मावालम्बीहरुको आस्थाको केन्द्र रहेको छ । सो स्तुप सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पत्ता लागेको सन १८९६ लगत्तै डा.डब्लु होयद्धारा दुई बर्ष पछि सन १८९८ मा पत्ता लागेको थियो । राज्यको सबै शतिm केन्द्र लुम्बिनीको विकास तर्फ लाग्दा विकास भई रहेको तर रामग्राम स्तुपको विकास र संरक्षणमा राज्यले ध्यान नदिदा अहिलेसम्म ओझेलमा परेको कुरा स्मरण गराउदै नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसै गरि आईतवार स्तुप स्थलमै पत्रकार सम्मेलन गरि रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले दुष्प्रचार रोक्न नेपाल सरकारसँग माग गरेका थिए ।
नेपालमा संयुतm राष्ट्र संघ(युएनओ) का महासचिव एन्टिनियो गुटरेस आउने बेलामै भारतीयद्धारा रामग्राम स्तुप देवदह भारत भएको प्रचारबाजी गरिनु संयोग हो कि षणयन्त्र भन्ने कुरा पनि यति बेला केही स्थायिनले चर्चाको विषय बनाएका छन् । किन कि रामग्राम स्तुप र तिलौराकोटलाई पनि विश्व सम्पदामा सुचिकृत गरिनु पर्ने माग उठ्दै आएको छ । विश्व सम्पदामा सुचिकृत गराउनका लागि युएनओ को महासभामा पनि यो प्रस्ताव गरिनु पर्छ । युएनओ को महासभामा प्रस्ताव गर्नु पुर्व नै यस्ता विषयमा विवाद खडा गरिदिएर महासचिव नेपाल भ्रमणमा रहदा यि विषय अझै विवादस्पद छ,भनेर भ्रम पार्न सक्ने पनि आशँका हुन थालेको छ । युएनओ कै एजेन्सि संगठन युनेस्कोले यस्ता पुरातत्व सम्पदाहरुलाई विश्व सम्पदाको रुपमा सुचिकृत गर्ने गरेको छ ।
ामग्राम स्तुपामा पहिलो पटक २०५९ सालमा पुरातत्व विद स्वर्गिय शुक्रसागर श्रेष्ठ र डा.तारानन्द मिश्र लगायतले उत्खनन कार्य गरेर प्रतिवेदन प्रकाशन गरेका थिए । संयुतm राष्ट्र संघिय शिक्षा,विज्ञान तथा संस्कृति संगठन(युनेस्को) मार्फत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्र नवलपरासीको रामग्राम नगरपालिका ७ मा रहेको र ति क्षेत्रको उत्खनन कार्य भई विश्व सम्पदा सुचिमा पनि सुचिकृत प्रकृयामा रहेको छ । नेपाल सरकारको तर्फबाट पटक पटक भुभौतिक सवेक्षर्ण(जिओफिजिक्स सर्वे) गर्ने कार्य भएका छन् । तर ति क्षेत्रको उत्खनन कार्य दुई दशक देखी रोकिएको छ ।
पहिलो प्रतिवेदनमा मौर्यन स्टोनका टुक्रा फेला परेको हुदा रामग्राम स्तुपाको संरक्षण गरि बस्दै गरेका नागबंशी र तत्कालिन मगध सम्राट आशोक मौर्य विच भएको सम्वाद शिला भेटिन सक्ने आधार ब्यतm गर्दै थप उत्खनन कार्यको आवश्यकता रहेको समेत प्रतिवेदनमा दर्शाइएको छ । तर के कति कारणले दुई बर्ष देखी उत्खनन कार्य रोकिएको हो ? त्यस प्रति सरोकारवालाको ध्यान गएको छैन् । भारतिय हिस्दुस्तान पत्रिकाको यहिँ आश्विन २६ गते शुक्रवारको अंकमा ‘दिसंबर में शुरु हो सकती है बौद्ध स्थलो में शमार देवदहकी खुदाई’ शिर्षकमा समाचार प्रकाशित छ । जस्मा बुद्धको मावली देवदह भनेर बनर्सियालाई दाबी गरिएको छ ।
यता रामग्राम स्तुप नेपालको रामग्राम ७ उजैनीमै भएको आधार र प्रमाण भएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताएका छन् । नेपाल भ्रमणमा रहेका युएनओका महासचिव गुटरेसलाई समेत रामग्राम स्तुपमा ल्याउने प्रयास भई रहेको जानकारी गराएका थिए । उनले नेपाल भ्रमणमा रहेका महासचिव गुटरेस लुम्बिनी आउने निश्चित भएको र लुम्बिनी आउदा रामग्राम स्तुपमा ल्याउने वातावरण मिलाउन आफुले लुम्बिनी विकास कोषद्धारा आयोजित बैठकमा उठाएको बताएका थिए । रामग्राम स्तुपाको संरक्षण,प्रवद्र्धन र प्रचार प्रसार नगरपालिकाकै दायित्व भित्र रहेको र अहिले रामग्राम विकास कोष गठन सम्बन्धि ऐन समेत बनाई सकिएको जानकारी दिदै छिट्टै कोष गठन गरि प्रवद्र्धनको काम थाल्ने जानकारी गराएका थिए ।