परासीमा मंसिर ५ गते देखी १७ गतेसम्म नवलपरासी औद्योगिक ब्यपार मेला २०८० हुने

नवलपरासी,२९ आश्विन
उद्योग बाणिज्य संघ नवलपरासीले ‘नवलपरासी औद्योगिक ब्यापार मेला २०८०’ यहिँ मंसिर ५ गते देखी १७ गतेसम्म सञ्चालन गर्ने भएको छ । कृषि,पर्यटन,उद्योग,ब्यपार एवं सूचना प्रविधिको वृहद प्रदशनी सहितको सो औद्योगिक ब्यवपार मेलाबारे सोमवार पत्रकार सम्मेलन गरि संघले जानकारी गराएको हो ।
जिल्लालाई कृषि,पर्यटन, एवं औद्योगिक,ब्यवसायिक पर्यटकिय,कृषजन्य एवं विविध साँस्कृतिक तथा धार्मिक धरोहरको प्रवद्र्धन एवं प्रचार प्रसार गर्दै यस क्षेत्रमा साना ठूला लगानी भित्रयाउने लक्ष्य सहित मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले जानकारी गराएका थिए । ति लक्ष्य प्राप्तीका लागि कृषक,उद्योगी र ब्यवसायिहरुको बीचमा अवसर समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने,जिल्ला स्थित ठूला,मझौला तथा साना तथा राष्र्टिय स्तरका उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिदै बजार प्रवद्र्धन गर्ने,कृषि उद्योग ब्यपार घरेलु तथा लघु उद्यमहरुको बजार प्रवद्र्धन निर्यातमुखी बनाउन जोड दिइने रहेको छ ।
सूचना तथा विज्ञान प्रविधि,ग्रामिण प्रविधिको वृहद प्रदर्शनी,धर्मिक तथा पर्यटकिय स्थलहरुको ब्यापक प्रचार प्रसार गर्ने,यस क्षेत्रको पर्यटन उद्योगलाई बढावा दिन सूचना र प्रविधिको आदान प्रदान गर्ने र पर्यटन तथा सूचना केन्द्र सञ्चालन गर्ने,विभिन्न जात जाती भाषा भाषीहरु बीच साँस्कृतिक तथा धार्मिक सदभाव अभिवृद्धि गरी सामुहिक प्रतिवद्धता र सहकार्यको थालनी,उद्योगी र ब्यसायीसँग उपभोतmाहरुको सोझो सम्पर्क स्थापना गर्ने,नयाँ सम्भावनाको खोजी,सान्दर्भिक गोष्ठि,अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने र दर्शक तथा उपभोतmाहरुको सुझावहरु संकलन गर्ने रहेको जानकारी गराइएको थियो ।
मेलाका आकर्षणहरुमा परम्परा र जिल्लाको संस्कृति झल्किने गरी जात जातीहरुको भेषभुषाको झाकी एवं कला प्रदर्शन हुने,ख्याती प्राप्त राष्र्टिय र स्थानिय कलाकारहरुद्धारा चेतनामुलक तथा मनोरन्जननात्मक लगायतका विविध सांस्कृतिक प्रतिभाको प्रदर्शन,स्थानिय तह बीचको सांस्कृतिक प्रतियोगिता,यस क्षेत्रका उत्पादनहरुको प्रदर्शनी,यस क्षेत्रका पुरातात्विक,धार्मिक एवं पर्यटकिय स्थलहरुको चिनारी,आधुनिक सुचना तथा सञ्चार प्रविधिहरुको प्रदर्शन एवं विक्रि,मेलाका कार्यक्रम मिडिया,वेभसाईट अनलाईनमा हेर्न तथा सुन्न सकिने,निर्यात प्रवद्र्धन लगायत विविध विषयमा गोष्ठि,सेमिनार अन्तरक्रिया गर्ने,प्रत्यक्ष प्रसारण तथा विशेषाँक प्रकाशनका साथै विभिन्न आकर्षक खेल सहितको बाल उद्यानहरु मेलाको आकर्षण रहने छ ।
प्रदर्शनी हुने बस्तु तथा सेवामा तयारी पोशाक तथा हस्तकलाका समाग्रि,जुत्ता छाला तथा छालाजन्य उत्पादन,लघु,घरेलु तथा स साना उद्यमीद्धारा उत्पादित विविध बस्तु खुकुरी,ढाका,बेलजुस,मह,अल्लो,बास,पटेर ढुगाँ सालको पात आदीले निर्मित बस्तु, घरायसी उपभोगका बस्तुहरु,फर्निचरहरु,निर्माण समाग्रि सेनेटरी वेयर,खाद्य पदार्थका परिकार, अटोमोवाईल, औषधीजन्य समाग्रि,आधुनिक कृषि उत्पादन र उपकरणहरुको प्रदर्शनी, पर्यटन सुचना केन्द्र एवं प्रवद्र्धन,उर्जा तथा आधुनिक प्रविधिको प्रदर्शनीहरु रहने छन् । मेलामा २ सय स्टलहरु रहने छन् । मेला स्थल रामग्राम १२ शान्तिचौर स्थित नगरपालिकाको प्रशासकिय भवन अगाडीको कसिया सामुदायिक बन क्षेत्र रहने छ । ५ करोड १० लाखसम्म करोबार हुने र दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको सम्मेलनमा जानकारी गराइएको थियो ।
मेलाको संरक्षक रामग्राम नगरपालिका रहने र अन्य संघसस्थासँग सहकार्य गर्दै मेलालाई ब्यवस्थित बनाइने संघका बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी गराएका थिए । मेला ब्यवस्थापनका लागि संघका २५ सदस्यि कार्यसमितिलाई मुल आयोजक समितिमा राखिएको छ । संघका ५ जना पदाधिकारी सम्मलित ५ सदस्यि नियमन समिति गठन गरिएको छ । अध्यक्ष अग्रहरीको संयोजकत्वमा संघका सल्लाहकार गुणनिधी तिवारी,निवर्तमान अध्यक्ष केशव भण्डारी सहित ९ सदस्यि सचिवालय कमिटि रहेको छ ।
संघका सल्लाहकार गुणनिधी तिवारीको संयोजकत्वमा यस क्षेत्रका लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल,जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,नगरप्रमुख धनपत यादव तथा पुर्व अध्यक्ष सहितको ११ सदस्यि सल्लाहकार समिति गठन भएका छन् । मेला सम्बन्धि सम्पुर्ण गतिविधि सञ्चालनका लागि संघका पदाधिकारी र कार्य समितिका सदस्यहरु संयोजक रहने गरि २५ वटा विषयगत समिति गठन गरि कार्यजिम्मेवारी तोकिएको समेत जानकारी गराइएको थियो । सम्मेलनमा प्रदेश साँसद जैसवालले संघले यो मेलालाई ब्यवस्थित र मार्यादित बनाउदै लैजानलाई अझ सबै क्षेत्रलाई समेटेर अगाडी बढन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *