ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने

नवलपरासी,२५ आश्विन
स्थानिय युवाहरुलाई उर्दु तथा अरबी भाषाको आधारभुत जानकारी गराउने उदेश्यले जिल्लाका सात वटै पालिकामा भाषा कक्षा सञ्चालन हुने भएको छ । मदरसामा अध्यापन गर्ने उर्दु अरबी भाषा शिक्षक तथा इस्लामिक धर्म गुरुहरुको साझा सस्था ओल्मा काउन्सिल नेपालले सो पालिकामा उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।
विगत बर्ष देखी विभिन्न धार्मिक सम्मेलन तथा अभियान सञ्चालन गर्दै आएको काउन्सिलले स्थानिय युवाहरु उर्दु तथा अरबी भाषा बोलिने मुलुकमा रोजगारीका लागि जाने गरेका युवा लक्षित उतm कक्षा सञ्चालन गर्ने काउन्सिलका अध्यक्ष सैयद गुलाम हुसेन मजहरीले बताए । उनका अनुसार अधिकाँसमा भाषागत समस्याले पनि हैरानी ब्यहोर्न परिहेकोले ति देशमा जाने युवाहरुलाई भाषाको ज्ञान होस,आफ्ना समस्या समाधान गर्न तर्फ आफै सक्षम बनुन भन्ने उदेश्यले यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । वैदेशिक रोजगारीमा जादा भाषाकै कारण समस्या झेल्न नपरोस हाम्रो चाहना हो, उनले भने,युएस,अष्ट्रेलिय,क्यानाडा,युके,कोरिया,जापान लगायतका देशमा नेपालीहरु जादा त्यहाका भाषा सिकेर जाने गरेका छन् । तर उर्दु र अरबी भाषा बोलिने,साउदी अरब,कतार,दुबई,कुवेद लगायतका खाडी मुलुकमा जादा त्यस्तो भाषाको जानकारी लिएर जाने गरेको पाइएको छैन् । यसले गर्दा समस्यामा परे पछि मात्र घरका मानिसहरु हाम्रो सम्पर्कमा आउने गरेका छन् ।
समस्यामा परेर युवाहरु आउनु भन्दा समस्या मै नपरुन,परे पनि आफै समस्या समाधान गर्न सकुन,त्यसको लागि यस्तो सहुलियत शुल्कमा स्थानिय युवाह्रुलाई भाषागत जानकारी गराउन लागिएको उनको भनाई थियो । यसमा भाषाका जानकार ओल्मा(शिक्षक)हरुलाई कक्षामा पढाउन लगाइन्छ । पहिलो चरणमा यहिँ शनिवार पाल्हीनन्दन गाउपालिकाबाट उतm कक्षाको शुभारम्भ गरिने सैयद गुलामले जानकारी गराए । ति कक्षाका लागि हालसम्म २ जना भन्दा बढि युवाहरु सम्पर्कमा आई सकेको उनको भनाई थियो । अन्य पालिकामा पनि कक्षा सञ्चालनका लागि गृहकार्य भईरहेको छ,उनले भने,यसका लागि सम्बन्धित पालिकाका प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा तथा रोजगार शााखासँग पनि समन्वय गरेर काम गरिन्छ ।
उतm कक्षामा मुस्लिम समुदाय मात्रै नभई जुन सुकै समुदायका युवाहरु सहभागि हुन पाउने छन् । उनीहरुलाई उर्दु अरबी भाषा तथा इस्लामिक मुल्य मान्यता,सांस्कृतिक मुल्य मान्यताबारे पनि प्रशिक्षित गरिने छ । यसले उनीहरुको वैदेशिक रोजगारी सहज
र सरल बन्ने छ । भाषा र संस्कृतिको जानकारीसँगै वैदेशिक रोजगारीका लागि कानुनी प्रावधान,वित्तिय साक्षरता र कम्प्युटर लगायत सुचना प्रविधिका आधारभुत जानकारी र अभ्यास गराईने कार्यलाई पनि समेटिने छ । पहिलो चरणमा भाषा र संस्कृतिको कुरालाई कक्षामा पढाईने छ,उनले थपे,सहभागिले आवश्यकता महशुस गरेमा अन्य अतिरितm सिप र ज्ञानका कक्षा थपिने छ । यो कार्य नाफा उदेश्य राखेर गरिएको छैन्,सेवा भावले नै सञ्चालन गर्न खोलिएको छ,तर कक्षा सञ्चालन गर्दा आवश्यक पुर्वाधार,जनशतिm र ब्यवस्थापकिय खर्चलाई मध्य नजर राखेर केही सहयोग शुल्क लिईने छ । शुल्क भन अहिले तोकि नसकिएको उनको भनाई थियो । यस प्रति पालिका प्रमुखहरु पनि सकारात्मक देखिएका छन् । पालिकासँग सस्थाले सहकार्य गर्दै अगाडी बढने समेत उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *