नवलपरासी,२५ आश्विन
अस्पतालको सेवालाई गुणस्तरिय बनाउनमा स्थानिय तहसँग सहकार्य गर्ने गरि पृथ्वीचन्द्र अस्पताल परासीले शुक्रवार पालिका प्रमुखसँग संयुतm बैठक बस्ने भएको छ । अस्पतालको सेवा सुविधाबारे पालिका प्रमुखहरुलाई जानकारी गराउने र अस्पतालको सेवालाई प्रभावकारी तथा गुणस्तरिय बनाउन पालिका प्रमुखहरुको प्रतिवद्धता लिइने गरि पालिका प्रमुखहरुसँग बैठक बस्न लागेको अस्पतालले जनाएको हो ।
नागरिकको मौलिक हकमा स्वास्थ्यको हकलाई प्रत्याभुत गराउनका लागि नेपाल सरकारको संघ,प्रदेश र स्थानिय सरकार गरि तिनै सरकार मिलेर जानु पर्ने हुदा जिल्ला स्तरमा यो पृथ्वीचन्द्र अस्पतालमा तिनै तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम बनाई काम गर्ने उदेश्यले बैठक आयोजना गरिएको अस्पतालमा निमित्त प्रमुख डा.किरण पाण्डेले बताए । लुम्बिनी प्रदेश सरकार अन्तरगतको यो ५० सैयाको जिल्ला अस्पताल हो, उनले भने, तर जिल्लाका सबै जनतालाई विशेषज्ञ चिकित्सकबाट सेवा थप गर्दै लैजाने र भएको सेवामा पनि गुणस्तरिय बनाउदै लैजानु पर्छ । यसका लागि स्थानिय सरकारसँग पनि अस्पतालले सहकार्य गर्नु पर्छ । स्थानिय सरकारले धेरै विरामीलाई सेवा दिनका लागि सिफारिस गर्दै आएका छन्,तर अस्पतालका आफ्ना मर्म र समस्याबारे अवगत छैनन् । ति सबै समस्या,समाधानका उपाय,स्थानिय सरकारको प्रतिवद्धता आदीबारे गहन छलफल गर्नका लागि बैठक बोलाइएको उनको भनाई थियो ।
जिल्लाका सातवटै स्थानिय तहले सहयोग र सहकार्य गर्नेमा आफु विश्वस्त हरक
ो समेत उनले सुनाए । अहिले अस्पताल प्रति जनताको विश्वास बढदै गएको छ । दैनिक अप्रेसन (शल्य क्रिया) सहितको सेवाहरु दिन थालिए पछि दैनिक २ सय देखी ३ सयसम्म विरामी आउने गरेका छन् । यसले सिमित जनशतिm र साधनस्रोतले सञ्चालन कार्यमा चुनौतीहरु थपिदै आएका छन् । अस्पतालको समस्यालाई लिएर अस्पताल प्रशासन र अस्पताल सञ्चालक समितिले यसै क्षेत्रका संघिय साँसद (प्रतिनिधिसभा सदस्य) धुव बहादुर प्रधानसँग पनि एक चरणको छलफल गरि सकेको बताएका थिए । उनले पनि आफुले जनाएको प्रतिवद्धता अनुसार संघिय सरकारसँग अस्पतालमा जनशतिm,सर्जिकल उपकरण लगायत अन्य सेवाबारे पहल गर्न थालेको समेत डा.पाण्डेको भनाई थियो ।