सुनवलको बौद्धकालिन प्राचिन ‘उत्तरक’ नगर क्षेत्रको पोखरी ब्यवस्थापनमा नगरपालिका उदासिन

नवलपरासी १६ भदौ
जिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रमा सुनवल नगरपालिका उदासिन देखिएको छ । नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने पटक पटक प्रतिवद्धता जनाउदै आएको भए पनि ब्यवहारिक रुपमा काम भने हुन नसकेको गुनासो स्थानिबासीको हुन् ।
देवदह पोखरी क्षेत्र नै कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर भएको तत्कालिन नगरपालिकाका कार्यावाहक मेयर समेत रहेका उपमेयर दधिराम अर्यालको पहलमा लुम्बिनी प्रदेशका तत्कालिन अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका विच उत्तरक नगर घोषणा गरेका थिए । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पनि नगरपालिकाले सो क्षेत्रको विकास प्रति चाहे जति काम गर्न सकेको छैन्,एक स्थानियले भने, अहिलेका जनप्रतिनिधिहरु आफ्नै धुनमा छन्,सुनवल नगरपालिका भित्र पर्ने यो पुरातात्विक,धार्मिक प्राचिन सम्पदा हो,तर यसको विकासमा चाँसो लिएका छैनन् । ताल क्षेत्रमा अतिक्रमण कायम नै छ,उनले तालको अवस्था देखाउदै भने,तालमा पहिला कमलले भरिएको हुन्थ्यो,तर अहिले जलकुम्भीले भरिएको छ,तरगौली ताल कमलले भरिभराउ ताल संरक्षण र ब्यवस्थानमा स्थानिय सरकारको रुपमा रहेको सुनवल नगरपालिकाले जति चाँसो लिएर काम गुर्न पथ्र्यो,त्यो गरेको देख्न पाइएको छैन् ।


भाषण गर्ने र दस्तावेजमा उल्लेख गर्ने तर स्थलगत रुपमा प्रभावकारी काम भने नगरपालिकाले गर्न सकेको छैन, उनले भने, प्राचिन उत्तरक नगर घोषणा पश्चात नै यसको डिपिआर(विस्तृत परियोजना प्रतिवेदन) बनाई काम थालि सक्नु पथ्यो,यसको प्रचार प्रसार,सोध अनुसंधान तथा लुम्बिनीसँग जोडेर ग्रेटर लुम्बिनीमा समावेश गराई काम गर्नु पथ्र्यो,तर अहिले केही गरेको देख्न पाइएको छैन् । भगवान बुद्धको पाईला परेको यो स्थान बौद्ध साहित्यमा अति नै महत्वपुर्ण स्थान रहेको छ । भगवानको जिवनउपयोगी शिक्षा अष्टागिँक मार्गको शिक्षा दिइएको स्थान हो । त्यसबारे पनि प्रचार प्रसार हुन सकि रहेको छैन्,यसले स्थानियबासीमा निरासा छाएको उनले सुनाए ।
सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिन पोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उतm स्थानमा विकासका लागि जुन हिसाबले नगरपालिकाले काम गर्न पथ्र्यो त्यो अनुसार हुन नसकेको सुनवलकै एमाले जिल्ला सदस्य समेत रहेका रामचन्द्र भण्डारीले, स्थानियको आपेक्षा अनुसार नगरपालिकाले काम गर्न सकि रहेको छैन् । यस क्षेत्रको पुरातात्विक खोज हुन आवश्यक छ, उनले थपे, तर त्यसबारे स्थानियबासीसँग छलफल गरि नगरपालिकाले काम गर्नु पर्छ ।
अध्यात्मिक स्थलको रुपमा विकास गरि धार्मिक पर्यटक ल्याउने लक्ष्य सहित नगरपालिकाले काम गर्नु पर्ने उनको भनाई थियो । उत्तरक नगर एक धर्मोपदेश भएको स्थान हो । त्यो धर्मोपदेश आज पनि उत्तिकै महत्वपुर्ण छ । भगवान गौतम बुद्ध एक पटक घुम्दै आउदा उत्तरक नगरमा पुगेका थिए । उत्तरक नगरमा पुगे पछि उनका केही आलोचकले उनका अनुयायीसँग प्रश्न गरेका थिए कि बुद्ध के कस्तो माया जानेका छन ? सो कुरा उनका अनुयायीले भगवान बुद्धसँग सोधे पछि भगवान बुद्धले भने कि ,मलाई कुनै माया आउदैन,नत कुनै माया जान्दछु, जस्ले मलाई के माया जानेका छन ? भनेर सोधेका छन्,उनिहरु नै पछि म मायावी हो भन्ने कुरा गर्छन् । मसँग माया छैन्,बरु मार्ग छ । त्यो धर्म मार्ग । धर्म मागले मानिसलाई जन्मजन्मान्तर देखी भोग्दै आएको दुःखबाट मुतmी दिलाउछ । त्यो मार्ग हो ,अष्टागिँक मार्ग । जस्ले यसलाई अपनाउछ,त्यो यो जरामरणको चक्रबाट मुतिm पाउन सक्छ ।
संसारमा दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ,निवारणको विधि नै अष्टागिँक मार्ग हो । जस्ले जन्म लिन्छ,उसँग दुःख छाया बनेर आउछ । जन्मजन्मान्तरबाट मुतिm लिए उ दुःखबाट पनि मुतिm पाउने हुदा भगवान बुद्धले अष्टागिँक मार्गबारे धर्मदेशना दिएको यो स्थान अति नै महत्वपुर्ण भएकोले पनि संसारका लागि यो स्थान धर्मको केन्द्र बन्न सक्ने सम्भावना छ । त्रिपिटकको अगुँतर निकायमा उतm सन्देश उल्लेखित छ ।
कोलिय राजधानी रामग्राम देखी उत्तर तर्फ र पहाड नजिक भएको उल्लेख भएकोले अहिले कोलिय गणराज्यको राजधानी पण्डितपुर देखी उत्तर र पहाडको नजिकै रहेकोले महत्वपुर्ण रहेको छ । बुद्ध शान्ति साझेदारी बनसँगै जोडिएको उत्तरक नगरलाई अध्यात्मिक क्षेत्र बनाइनु पर्छ । तर बन क्षेत्रमा पर्यापर्यटनको समेत सम्भावना रहेको हुदा यसलाई नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्र बनाउने लक्ष्य नगरपालिकाको रहेको नगरपालिकाकी प्रमुख विमला अर्यालले पहिलो बर्षमै बताएकी थिईन् । यसको थप सोध खोज हुन आवश्यक छ, उनले भनेकी थिईन्, यसलाई वृहद लुम्बिनीसँग जोडेर बुद्ध सर्किटमा पार्ने कार्य समेत भई रहेको छ । यसका लागि लुम्बिनी विकास कोषसँग पनि समन्वय गरि लुम्बिनी पर्यटन क्षेत्रको अंग बनाईने उनको भनाई थियो । तर ति कुरा कहिले पुरा होला भनेर पर्खाइमा स्थानियबासी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *