पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु

नवलपरासी,१६ भदौ
जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा दिन नपुगि शिशु जन्मिने,श्वास प्रश्वासमा समस्या तथा अन्य केही जटिलता देखिए शिशुलाई राख्नका लागि छुट्टै केयर युनिटको ब्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । विशेष न्युनेटर केयर युनिट अर्थात एसएनसियु) को ब्यवस्थापन गरि त्यस्ता शिशुको जटिल अवस्थामा उपचार गर्ने कार्य भई रहेको जानकारी अस्पतालले जनाएको हो ।
पाँच वटा छुट्टै बेड राखेर सो केयर युनिट तयार गरिएको अस्पतालका ब्यवस्थापक शुरेन्द्र अधिकारीले जानकारी गराए । विगत भन्दा अहिले अस्पतालमा सेवा सुविधा विस्तार हुदै गएको बताउदै उनले अस्पताल पुर्वाधार ब्यवस्थापनमा सुधार हुदै गएको र पुर्वाधार अनुसारको जनशतिm आपुर्ति लुम्बिनी प्रदेश सरकारले गर्दै गएमा विशेषज्ञ सेवा दिइनमा समस्या नहुने जानकारी गराए । एनआईसिय र आईसियुका उपकरणहरु पनि जडान छन्,उनले भने,तर त्यसका लागि आवश्यक जनशतिm बालरोग विशेषज्ञ अहिले अस्पतालमा नहुदा ति सञ्चालनमा आउन सकेको छैन् ।

अहिले अस्पतालमा सर्जिकल सेवा प्रभावकारी बन्दै गएकोले पनि आईसियु र एनआईसियु सञ्चालनका लागि विशेषज्ञ राख्न आवश्यक देखिएको छ । लुम्बिनी प्रदेश सरकारले बालरोग विशेषज्ञको भर्ना गरेको जानकारीमा आएको तर ति विशेषज्ञ चिकित्सकलाई सरकारले अहिले अस्पतालमा पठाएको छैन् । जति छिटो अस्पतालमा बालरोग विशेषज्ञ पठाउन सक्छ,त्यती बिालरोग विशेषज्ञ पठाउन सक्छ,त्यती नै छिटो यस अस्पतालमा एनआईसियु सेवा सजह ढंगले सञ्चालन हुन सक्ने उनले बताए ।
अस्पतालमा केही महिना पहिला विर अस्पतालबाट सर्जिकल सेवा दिईने दक्ष सर्जन डा.किरन पाण्डे अस्पतालमा आए पछि सर्जिकल सेवा प्रभावकारी बन्दै गएको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । झण्डै ३० लाखको लगानी गरि अप्रेसन थिएटर ब्यवस्थित भएको छ । सर्जिकल सेवा प्रभावकारी बन्दै गएको छ,उनले भने,त्यसै गरि यदि सरकारले बालरोग विशेषज्ञ चिकित्सक चाडै नै पठाईदिनका लागि पहल भई रहेको छ,पठाईदियो भन्ने प्रसुति सेवा थप प्रभावकारी बन्दै जाने छ । अस्पतालमा एसएनसियु सेवा उपलब्ध छ,त्यसमा दुई तिन राखेर नवजात शिशुको उपचार भई रहेको छ ।
तर विशेषज्ञ अभावमा एनआईसियु सञ्चालन हुन सकिरहेको छैन् । अहिले स्थानिय तहमा पनि विभिन्न स्वास्थ्य चौकीहरुमा बर्थिगँ सेन्टर सञ्चालनमा आउन थालेका छन् । त्यसले गर्दा समान्य प्रसुति सेवा स्वास्थ्यचौकीमै उपलब्ध हुन थालेका छन् । त्यो भएर पनि अहिले अस्पतालमा जटिल समस्या भएका गर्भवतीहरु प्रसुति गराउन आउने गरेका छन् । अस्पतालका तथ्याँक अनुसार विगतमा महिनामा डेढ सयसम्म गर्भवती महिलाहरु प्रसुति गराउन आउने गरेका थिए । अहिले ति संख्या घटेर माहिनामा ९० मा झरेको छ । तर जटिलताको आधारमा अस्पतालमा प्रसुति गराउन आउने गर्भवती महिलाले जन्म दिईने शिशु मध्ये ५ प्रतिसत शिशुलाई एसएनसियुमा राख्नु पर्ने देखिन्छ ।
गत बर्ष कुल १ हजार १ सय ९५ जना गर्भवती महिला प्रसुती सेवा लिन अस्पतालको प्रसुति विभागमा आएका थिए । त्यसमा ४४ वटा शिशुलाई एसएनसियुमा राखेर उपचार गरिएको अस्पतालको तथ्याँकले देखाएका छ । विशेषज्ञ अभावका कारण जटिल प्रकारका गर्भवती र शिशुलाई थप सेवाका लागि रिफर समेत गर्न परेको थियो । ५० सैयाको अस्पतालमा अहिले पनि विशेषज्ञहरुको अभाव नै रहेको अध्यक्ष गुप्ताले बताए । यसका लागि सबै स्थानिय तह तथा प्रदेश र संघिय साँसदले पनि यो अस्पतालमा चिकित्सक ब्यवस्थापनमा लाग्नु पर्ने आग्रह समेत उनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *