नवलपरासी,३ साउन
म्याद सकिए पनि अस्पताल निर्माणकार्य नगर्ने निर्माण कम्पनीलाई सुस्ता गाउपालिकाले कारवाही प्रकृया अगाडी बढाएको छ । निजी स्वार्थलाई प्राथमिकतामा राखी असपताल जस्तो पुर्वाधार निर्माण नगरि जनस्वास्थ्य माथि खेलवाड गर्ने कार्य निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने गरि कारवाही प्रकृया अगाडी बढाएको हो ।
निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत बर्ष देखी नै अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो । अस्पताल निर्माण कार्य शुरु गर्न पटक पटक ताकेता गरिए पनि काम नगरे पछि गाउपालिका बाध्य भएर कारवाही प्रकृया अगाडी बढाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । निर्माण कम्पनीले माग गरेको पेश्कि रकम समेत गाउपालिकाले उपलब्ध गराएको थियो,तर काम नगर्ने लक्षण देखाए पछि पेश्कि रकम फिर्ता गराइएको थियो । उनका अनुसार २४ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनेर २०७८ असार ७ गते सम्झौता भएको थियो । निर्माण ठेक्का सकार गर्ने प्राकृतिक,कश्यप,समिर जेभि रामग्रामले ठेक्का सकार गरेको थियो । सार्वजनिक खरिद ऐन बमोजिम सम्बन्धित निर्माण कम्पनीको धरौटी रकम जपत गरि फर्म कालोसुचीमा राखिने ब्यहोरा सहितको सार्वजनिक सुचना प्रकाशित गरेर कालोसुचिमा नपर्ने के कति कारण खुलाई १५ दिने म्याद समेत जारी गरि सकेको छ ।
निर्माण ब्यवसायिले सम्झौता गर्ने,निर्माणका लागि पेश्कि रकम पनि बुझ्ने र निर्माण स्थलमा बोर्ड गाडेर सम्पर्क विहिन बनेका थिए । निर्माण ब्यवसायि सम्पर्क विहिन भएकोले सुस्ता गाउपालिकाले पेश्कि रकम फिर्ता लिन बैंकलाई पत्राचार गर्दा उल्टै उच्च अदालतबाट रकम रोकाउनका लागि आदेश जारी गराएर लापरवाहीको सिमा नाघेको गाउपािलकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
काम गर्ने निर्माण ब्यवसायि संघ नवलपरासीका पुर्व अध्यक्ष समेत रहेका माधव घिमिरेले पेश्कि रकम लिएर कार्य क्षेत्रमा कामको नाममा होर्डिँग बोर्ड मात्र राखेका छन् । डेढ बर्ष विति सक्यो,अधिकृत पौडेलले भने, पटक पटक ताकेता गर्दा विभिन्न बहाना बनाउदै आएका थिए । केही दिन सम्पर्क विहिन पनि भए । उनका अनुसार गाउपालिकाले उपलब्ध गराएको पेश्कि रकम फिर्ताका लागि सनराईज बैंकसँग पत्राचार गरे पछि सो कुरा थाहा पाएर ठेकेदारले उल्टै गाउपालिका माथि मुद्दा हालेका थिए । पछि उच्च अदालतले गाउपालिकाकै पक्षमा फैसला गरेको थियो । अहिले म्याद सकिएको छ,गाउपालिकाले सार्वजनिक सुचना प्रकाशित गरि कारवाही प्रकृया अगाडी बढाएको छ ।
ठेकेदार भन्ने कतिसम्मको लापरवाही गर्दा रहेछन् भनेर अहिले हेर्न पाइएको छ । १० सैयाको अस्पताल निर्माणका लागि गाउपालिकाले बाटो समेत पुर्याईदिएर भारतिय पश्चिमी र गण्डकको वि ग्याप बाँधको नजिकै जग्गा उपलब्ध गराएको छ । जग्गामा होर्डिगँ बोर्ड पनि निर्माण कम्पनीले गाडेको छ । तर काम गर्न भनि लगेको रकम बर्ष दिन पुग्न थाले पनि काम शुरु नभए पछि रकम फिर्ता माग्न पर्यो भनेर पत्राचार गरे पछि ठेकेदारले गाउपालिकाले जग्गा उपलब्ध नगराएको बहाना बनाउदै रकम बैंकबाट फिर्ता नगराउन अदालतको आदेश ल्याएको छ ।
कुल ४ करोड ८९ लाख २७ हजार ८ सय १८ मा अस्पताल भवन निर्माण गर्ने भनि सम्झौता भएको थियो । ठेकेदारले पेश्कि माग गरे पछि गाउपालिकाले ४१ लाख ९० हजार रुपिया उपलब्ध गराएको थियो । तर रकम पाए पनि ठकेदारले काम भने शुरु गरेको छैन् । निर्माण ब्यवसायिले केही बहाना नपाए पछि अहिले गाउपालिकाले डिपिआर अनुसारको जग्गा उपलब्ध नगराएको बहानाबाजी गरि दुष्प्रचारमा समेत लागेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराए जबकी निर्माण ब्यवसायिलाई जग्गाको प्रमाणपुर्जा,डिपिआर र प्राविधिकले स्थलगत रुपमा स्थान समेत देखाई सकेको थियो । निर्माण ब्यवसायीले होर्डिगँबोर्ड समेत गाडेको थियो ।
ठेक्काका लागि टेण्डर फर्म भर्दा ठेकेदारले आफ्नै कमजोरीले तोकिएको दररेट भन्दा कम दररेट हालेको र काम गर्दा घाटा हुने देखिए पछि गाउपालिकालाई नै दोषि देखाई धरौटी रकम बचाउन तर्फ लागेको थियो । तर उचित कारण नभएसम्म ठेक्का बदर गर्दा गाउपालिकाका कर्मचारी नै फस्न सक्ने हुदा सो विवाद उच्च अदालतसम्म पुगेको थियो । अदालतले समेत गाउपालिकाकै पक्षमा फैसला सुनाएका कारण अहिले निर्माण कम्पनीलाई कानुन बमोजिम कारवाही गर्ने र अस्पताल निर्माणका लागि पुनः ठेक्का प्रकृयामा जाने भएको देखिएको छ । प्राथमिक उपचार बाहेक यो क्षेत्रमा आकस्मिक उपचार सेवा छैन् । आकस्मिक उपचारका लागि भारत विहारको बाल्मिकी नगर बजारको भर पर्न परेको छ । कि त ४० किलोमिटर टाढा परासी जिल्ला अस्पताल जानु पर्ने बाध्यता रहेको छ ।