नवलपरासीका थारुमा भारी मात्रामा सिकलसेलका विरामी भेटिदै

नवललपरासी,३१ असार
जिल्ला भित्रका थारु समुदायको रतm नमुना परिक्षण गर्दा सिकलसेल तथा थालासेमिया रोग रहेका विरामी भेटिन थालेका छन् । प्रायः थारु समुदायमा भेटिने सिकलसेल समस्या भएको हुदा थारु समुदायमा परिक्षण गर्दा सिकलसेल भएका ब्यतिmहरु भेटिन थालेका हुन् ।

आईतवार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण तथा अन्तरक्रियामा सिकलसेल सम्बन्धि जानकारी गराइएको थियो । जिल्लाका सात पालिका मध्ये ६ वटा पालिकामा नमुना संकलन गरि परिक्षण गरिएको थियो । पाल्हीनन्दन गाउपालिकाले कम चाँसो देखाएका कारण ति पालिकामा हालसम्म नमुना परिक्षण हुन नसकेको कार्यालयले जानकारी गराएको थियो । कार्यालयका अनुसार सरावल गाउपालिकामा कुल ३ सय ७४ जनाको रतm नमुना लिएको थियो,जस्मा सिकलसेल बाहक ८ जना,थालासेमिया २१ जना,एचबीई १ जना र ९१ जनाको अझै नतिजा आउन बाकी नै रहेको छ ।
यसैगरि सुस्ता गाउपालिका भित्र १ सय ४७ जनाको नमुना संकलन गरिको र त्यसमा २० जनामा थालासेमिया र ३ जनामा एचवीइ भेटिएको थियो । प्रतापपुर गाउपालिकामा १ सय ८३ जनाको नमुना संकलन गरि परिक्षण गर्दा २ जना सिकलसेल बाहक,७ जना थालासेमिया र ३ जना एचवीइ रहेको भेटिए । रामग्राम नगरपालिका भित्र २ सय ४७ जनाको नुमना परिक्षणमा १७ जना सिकलसेल बाहक,८ जना थालासेमिया,१ जा एचवीइ भेटिएको र १ सय १८ जनाको नतिजा आउन बाकी रहेको छ । वर्दघाट नगरपालिका भित्र १ सय ५३ जनाको नमुना परिक्षण गर्दा ६ जना सिकलसेल बाहक,४ जना थालासेमिया भेटिको र ३० जनाको नजिता आउन बाकी रहेको छ । सुनवल नगरपालिका भित्र ८४ जनाको नमुना परिक्षण गर्दा हालसम्म नतिजा आउन बाकी रहेको कार्यालय प्रमुख ओम प्रकाश पंथीले जानकारी गराएका थिए ।

सिकलसेल एक किसिमको बंशानुगत रोग भएको र आमाबाबुबाट सन्तानमा मात्र सर्ने रोग हो । यो रोग जिनमा हुने खराबीका कारण शरिर भित्रको रतmा कोषिका मध्ये रातो रतmकोषको आकार हसिया जस्तो भएकोले अमेरिकाम हसियालाई सिकल भन्ने गर्दा रातो रतmसेल हसियाको आकारमा भएको कारण नै सिकलसेल रोग नामाकरण गरिएको हो । गोलाकार रुपमा अन्य रातो रतm कोषिका हुने र अक्सिजन लिएर शरिर भरि रतmनली हुदै प्रत्येक कोषलाई आवश्यक पोषण र अक्सिन पुर्याउने गर्छ । तर हसिया जस्तो आकारको रातो रतm कोषिकाका कारण रगत भित्रका विभिन्न धमनीहरु बिचमा ति रतmकोषिका प्रवाह हुदा अड्किने गर्छ । जस्ले गर्दा त्यस भन्दा अगाडी आवश्यक अक्सिजन र पोषण पुग्दैन,यसले गर्दा ति अंगका कोषिकाहरु काम गर्न छाड्छन् । यसले गर्दा विभिन्न रोगका लक्षणहरु देखिन थाल्छ ।
थारु समुदायमै यो रोग देखिनुका कारण विगत बर्षमा तराईमा बसोबास गर्ने थारु समुदायले मलेरियाको प्रकोपसँग लड्दै आएको हुदा रतm कोषिकाको स्वरुप हसिया जस्तो हुन गएको र बंशानुगत रुपमा अहिलेसम्म पनि त्यसै प्रकारको रतmकोषिका बन्ने गुण सर्दै आएको छ । रातो रतm कोषिकाको आयु समान्तया १ सय २० दिन हुने गरेको तर सिकलसेल भएको रतm कोषिकाको आयु १० देखी २० दिन मात्र हुने हुदा रगतमा जहिले पनि रातो रतm कोषिका अभाव हुने गर्छ । त्यसले शरिरमा आवश्यक अक्सिजन र पोषण पुर्याउन सक्दैन र मानिस विरामी पर्ने समस्या हुन्छ ।
सिकलसेलबाट बच्ने बंश सुधारका कार्यक्रम नै दिगो समाधानको उपाय समेत प्रष्टाइएको थियो । जस्मा विवाह गर्ने उमेर समुहका युवा युवतीको पहिला परिक्षण गर्ने र परिक्षण पश्चात कस्ले विवाह गर्न मिल्ने कस्ले विवाह गर्न नमिल्ने गरि डा.राजन पाण्डेद्धारा तयार गरिएको तालिका समेत देखाइएको थियो । तालिका अनुसार जुन युवा युवतीमा सिकलसेल देखिएका छैनन्,त्यो जोडीले विवाह गर्न मिल्छ,त्यसै गरि युवामा सिकलसेल नभएको तर युवतीमा सिकलसेल भएकोले विवाह गर्दा त्यसबाट जन्मने सन्तान मध्ये ५० प्रतिसतमा समान्य अवस्था हुन्छ र ५० प्रतिसत सन्तान सिकलसेल बाहकको रुपमा जन्मन्छन् ।
उनीहरुले पनि विवाह गर्न मिल्छ,त्यसै गरि विभिन्न ९ वटा विवाहका चरण तयार गरिएकोमा ५ चरणसम्मका युवायुवतीले विवाह गर्न हुने बाकी ४ चरणका युवायुवतीले विवाह गर्न नहुने भनेर उल्लेख गरिएको छ । पत्रकारहरुको जिज्ञासामा विवाह नै गर्न नहुने हो कि सन्तान नजन्माने होला भनेर प्रश्नमा सिकलसेल भएको जोडिले विवाह गरे पनि सन्तान नजन्माउने कुरा उठेको थियो । सिकलसेलबारे ब्यापक जनचेतना बढाउन आवश्यक देखिएको र त्यसमा सञ्चारकर्मी तथा सञ्चार माध्यमको आवश्यकता औल्याइएको थियो । कस्ले विवाह गर्न हुने र कस्ले विवाह गर्न नहुने कुरा कानुनी भन्दा जनचेतनाको स्तरबाट सम्झाउनु पर्ने कार्यालय प्रमुख पंथीको भनाई थियो । कानुन बनाएरै सरकारले मात्र रोक्न सक्छ,उनले भने,तर यसमा मानवअधिकार र मौलिक हकका प्रश्नहरु उठ्ने हुदा जनचेतना मार्फत नै यि कुराको निदान गर्नु पर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *