सुस्तामा मनाइयो ६६ औ सहकारी दिवस

नवलपरासी,२० चैत्र
६६ औ राष्ट्रिय सहकारी दिवस सुस्ता गाउपालिकाले सहकारी समिक्षा तथा अन्तरक्रियाको आयोजना गरि मनाएको छ । गाउपालिका भित्रका झण्डै २० वटा सहकारीकर्मीहरुको सहभागितामा मनाईएको हो ।
ग्रामिण अर्थतन्त्रमा सहकारीको ठूलो महत्व रहेको बताउदै गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले अगामी दिनमा सहकारीको सबलीकरण,सहजीकरणमा गाउपालिकाले आवश्यक कार्यक्रम बनाई काम गर्ने बताएका थिए । सहकारीले महिलालाई आर्थिक उपार्जन गर्नमा मात्रै नभई शसतिmकरणमा समेत योगदान पुर्याउदै आएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताएका थिए । सहकारी सस्थाले अबका दिनमा बचत गर्ने ऋण प्रवाह मात्र नगरि उत्पादन मुलक क्षेत्रमा काम गर्न आवश्यक रहेको र त्यसका लागि गाउपालिकालाई के कस्तो कार्यक्रम बनाउनु पर्ने भनेर सुझाव पेश गर्न समेत गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराएका थिए । सहकारीले आर्थिक उपार्जनसँगै अ आफ्नो स्थानबाट काम गरेर पहिचान बनाउन समेत सक्ने हुदा त्यस तर्फ अग्रसर हुनका लागि उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *