सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल

नवलपरासी,२३ चैत्र
जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको शैक्षिक गतिविधि तथा शैक्षिक अवस्थालाई समेटेर डिजिटल शैक्षिक प्रोफाईल निर्माण गराएको छ । शिक्षा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरि काम गर्नमा सो प्रोफाईल सहयोगी हुने हदा डिजिटल प्रोफाईल निर्माण गरिएको हो ।
शैक्षिक प्रोफाईल निर्माण गरि त्यसको डिजिटल (विद्युतिय) प्रति वेभसाईट र मोवाईल एम मार्फत जहाँ तहीबाट हेर्न र अध्ययन गर्ने गर्न सक्ने गरि सो प्रोफाईलको निर्माण गरिएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । पालिका भित्रका सबै सामुदायिक,धार्मिक,निजी विद्यालयहरुले नियमित रुपमा भर्ने गरेका शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा भर्ने सुचनाको आधारमा शैक्षिक प्रोफाईल अपडेट हुदै जाने गरि प्रोफाईलको निर्माण भई सकेको छ, उनले भने, त्यसमा थप सुझाव लिएर परिमार्जन सहितको प्रोफाईल रिलिज गर्नका लागि प्रधानाध्यापकहरुसँग पनि छलफल भएको छ । कतिपय विद्यालयले शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा एउटा तथ्याँक भर्ने र शिक्षा शाखामा फरक प्रतिवेदने पनि दिने गरेको पाइएको हुदा सबै सुचनामा एकरुपता ल्याउनका लागि त्यस्तो प्रोफाईल निर्माण गरिएको उनको भनाई थियो ।
जिल्लामा सम्भवतःपहिलो गाउपालिका हो,जस्ले आफ्नो शैक्षिक प्रोफाईललाई डिजिलट रुपमा सर्वसाधारणलाई सहज ढंगले उपलब्ध हुने गरि ब्यवस्थापन गर्दैछ,उनले थपे,यसले योजना निर्माण देखी शैक्षिक क्षेत्रमा काम गर्ने संघसस्था,अभिभावकलाई समेत सहयोग पुग्छ । सो प्रोफाईलमा ब्यतिmगत प्रोफाईल(शिक्षक,विद्यार्थी,कर्मचारी,विद्यालय,वार्ड,सामुदायिक,निजी,धार्मिक,जातीगत,उमेरगत,भौतिक पुर्वाधार लगायतका विवरण उपलब्ध हुने छ । जहाँ तहीबाट सर्च गरेर आफ्नो प्रोफाईल प्राप्त पनि गर्न सक्ने गरि बनाएको छ । तुलनात्मक एक दशक देखीको विद्यालयको भौतिक,शैक्षिक,विद्यार्थी शिक्षकको विवरण ग्राफिक विश्लेषण सहितको विवरण सुस्ता एजुकेनल प्रोफाईलबाट पाउन सकिन्छ ।
यस्तो प्रोफाईलले शिक्षा क्षेत्रमा काम गर्न चाहनेले शैक्षिक विवरण लिनका लागि पालिका धाउनु पर्ने अवस्था हुदैन्,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,वेभसाईटमा हुने हुदा इन्टरनेटको पहुँचमा रहेको बेला जहाँ सुकैबाट पनि आवश्यक सुचना ति प्रोफाईलबाट लिन सकिन्छ । मोवाईल एप समेत त्यसैमा राखिएको हुदा पटक पटक सुचना लिन चाहनेले एप डाउनलोड गरि सुचना सहज तरिकाले मोवाईलमै अध्ययन गर्न सक्ने छन् । गुगल सर्चले नै सो प्रोफाईल पाउन सक्ने उनको भनाई थियो । सुस्ता गाउपालिकामा हालसम्म १९ वटा सामुदायिक विद्यालय,७ वटा धार्मिक विद्यालय र ११ वटा निजी विद्यालय रहेका छन् ।
सुस्तामा हाल कुन १० हजार ७ सय ५२ जना विद्यार्थी विभिन्न अध्ययनरत छन् । जस्मा छात्रा ५ हजार ५ सय ८० जना र छात्र ५ हजार १ सय ७२ जना रहेका छन् । छात्रको संख्या भन्दा छात्राको संख्या बढि रहेको छ । त्यसै गरि कुल ३ सय ६५ जना शिक्षकमा १ सय ६४ जना शिक्षक र २ सय १ शिक्षिका संख्या रहेको छ । वार्डमा हेर्ने हो भने सबै भन्दा बढि विद्यालय भएको वार्ड नं.५ रहेको छ । शिक्षा शाखाले शैक्षिक सुधारका विभिन्न कार्यक्रम मध्ये यो शैक्षिक प्रोफाईल पनि एक भएको शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाढाले बताए । शैक्षिक प्रोफाईलले अगामी गाउपालिकाको शिक्षा नीति,लगानी,पुर्वाधार ,शिक्षक ब्यवस्थापनमा उपयोगी हुनुका साथै सुचनामा एकरुपता आउने छ । शैक्षिक प्रोफाईल निर्माण गर्ने कार्य कोलिय मिडिया एण्ड आई.टी.सोलुसन प्रालिले सहजीकरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *