नवलपरासी,७ चैत्र
जिल्लाको सुस्ता गाउपालिकाले विपत पुर्व तयारी तथा प्रतिकार योजना निर्माण गराउन लागेको छ । दक्षिण एशियामै डुबान क्षेत्रको रुपमा संकटापन्न क्षेत्र रहेको सुस्ता गाउपालिकाले स्थानिय स्तरबाट भए पनि विपतको बेला आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने र उचित ब्यवस्थापन गर्ने गरि सो प्रतिकार योजना बनाउन लागेको हो ।
पुर्वमा गण्डकी नदी,चारै तिरबाट गण्डकीले घेरिएको सुस्ता भुमि तथा चुरे पहाडबाट बग्ने आधा दर्जन खोलानाला,गण्डक बाँध अन्तरगत पर्ने विभिन्न स साना बाँध,साईफन तथा जलनिकास नाला र जलासयले भरिएको सुस्ता गाउपालिका क्षेत्रलाई प्रकोपबाट बचाउने र त्यसका लागि प्रतिकार योजना बनाउन आवश्यकता महशुस गरेर यसतो योजना बनाउन लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय स्तरबाट तत्काल राहतका लागि यो योजनामा आवश्यक अन्तरबस्तुका कुरालाई समेटिने उनले जनाए । गण्डक नदी किनारमा रहेको यो सुस्ता गाउपालिका हो,उनले भने, यसको जोखिमबारे राष्ट्रिय÷अन्तराष्ट्रिय जगतलाई थाहा छ । भारतको गँगा बाढ नियन्त्रण आयोगलाई समेत सुस्ताको डुबानबारे जानकारी नभएको होईन्,तर प्रकोपको बेला सबै भन्दा पहिला जनतालाई राहत पुर्याउने र प्रतिकार गर्ने जिम्मेवारी स्थानिय सरकारकै आउछ,उनले भने, राष्ट्रिय÷अन्तराष्ट्रिय निकाय त पछि मात्र आई पुग्छ । त्यो भएर अहिले यहाँको स्थानिय सरकारले आफ्नो स्तरबाट हुने पुर्व तयारी तथा प्रतिकार योजना बनाउन लागेको छ ।
प्रकोप पुर्व तयारीका लागि गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायकै नेतृत्व रहने गरि समग्र ब्यवस्थापन,सुचना,खोज तथा उद्धार विषयको जिम्मेवारी तोकिएको छ । त्यसै गरि खाद्य तथा कृषि विषय क्षेत्रका लागि गाउपालिकाको कृषि प्रमुख किरण कुमारी चौधरी,स्वास्थ्य तथा पोषण विषय क्षेत्रका लागि स्वास्थ्य शाखा निर्मला कुश्वाहा,खानेपानी,सरसफाई तथा स्वच्छता प्रवद्र्धन गाउपालिकाको समाजिक विकास शाखा तथा खानेपानी सरसफाई शाखाको जिम्मेवारी तोकिएको छ । अल्पकालिन आश्रय,गैर खाद्य सामाग्रि तथा पनर्लाभ विषय क्षेत्रका लागि पुर्वाधार शाखाका प्रमुख सुरज ज्ञवाली,संरक्षण तथा सुरक्षा विषय क्षेत्रका लागि महिला तथा बालबालिका शाखाकी सावित्री आले,अल्पाकालिन शिक्षा विषय क्षेत्रका लागि शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाढामगरलाई तोकिएको छ ।
प्रकोप पुर्व तयारी योजना बनाउनु पुर्व सुस्ता गाउपालिकाको ५ वटै वडालाई जोखिम रहेको वार्ड अनुसार उच्च,मध्यम र न्युन जोखिम निर्धारण गरिएको छ । जस्मा बाढीका लागि वार्ड नं.३,४ र ५ उच्च जोखिम र १ र २ मध्यम जोखिममा रहेका छन् । त्यसै गरि पहिरोका लागि चुरे पहाडसँग जोडिएको वार्ड नं.१ र २ रहेको हुदा पहिलोको लागि उच्च जोखिम रहेको छ । यसै गरि आगलागि,सितलहर,असिना,सर्पदँस,भुकम्प लगायतका अन्य जोखिमको पनि विश्लेषण गरि योजनामा समावेश गरिएको छ । गण्डक बाँधसँग जोडिएको सुस्ताको तिन वटा वार्ड उच्च जोखिम हुदा ति स्थानमा आश्रय स्थलको समेत आवश्यकता महशुस गरिएको छ । गण्डक नदीको जल बहाव बालुवा जमेर सतह अग्लो भएका कारण पनि गाँउको सतह भन्दा नदीको सहत अग्लो रहेको छ । बाँध भत्किने अवस्था भयो भन्ने नदीको धार नै पुरै गाउपालिकाका गाउहरु बन्ने अवस्था पनि रहेको छ । भारतिय अतिक्रमणको चपेटामा रहेको नदीले घेरिएको सुस्ता भुमि बर्षेनी डुबान झेल्ने भएका कारण सो स्थानमा आश्रय स्थलको झन आवश्यकता रहेकोले ति कुरालाई पनि यो योजनामा समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । योजना बनाइए पछि ति योजना अनुसारको काम गर्नका लागि लुम्बिनी प्रदेश सभा सदस्य मार्फत प्रदेश सरकार र प्रतिनिधि सभा सदस्य मार्फत संघिय सरकारमा समेत उतm प्रतिवेदन पठाइने छ । सो योजना बनाउनमा नारेप भन्ने सस्थाले सहजीकरण गर्दै आएको छ ।