सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी

नवलपरासी,२१ फागुन
जिल्लाको सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले गाउपालिका भरिका सुत्केरीहरुलाई गाउपालिकामै भेलाएर भेटघाट गरेकी छिन् । आफ्नै अध्यक्षतामा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमको आयोजना नै गरेर करिब एक सय जना सुत्केरीलाई कार्यालय परिसरमा भेटघाट गरेकी हुन् ।
आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार नै सुत्केरीलाई निरन्तर भेट्ने कार्य गरेको उनले भेटघाट कार्यक्रममा बनाएकी हुन् । विगत बर्ष देखी नै महिला क्षेत्रमा क्रियाशिल भई पोषण कार्यकर्ताको रुपमा काम गरि अनुभव संघालेकी उपाध्यक्ष चौधरीले तिनै महिलाहरुले आज मलाई यो गाउपालिकाको उपाध्यक्ष बनाउनमा मतदान गरेर पुर्याएको बताईन् । महिला त्यसमा पनि आमा बने पछि सुत्केरीको अवस्था समस्या बुझ्ने घरपरिवार,समाज र सरकारी निकायबाट थोरै हुन्छन्,उनले भनिन्,सुत्केरी अवस्थामा महिलाहरुलाई शारिरीक र मानसिक रुपमा ठूलो संघर्ष गर्नु पर्छ । शिशुको जन्म दिएर विगत भन्दा अझै थप जिम्मेवारीको बोझ उठाउने सुत्केरी महिला नै हुन् । सुत्केरी भए पश्चात महिलाबाट आमा बन्ने सुवर्ण अवसर त प्रदान गर्छ,तर विगतका घरपरिवारको जिम्मेवारीमा थप शिशु स्याहारका जिम्मेवारी थपिन्छ । यो कुरा समाजले समान्य लिन्छ । तर सुत्केरीको जिम्मेवारी गर्भवतीको अवस्था भन्दा पनि कठिन र चुनौती पुर्ण हुने गर्छ । सुत्केरीको पिडा सुत्केरी भएकी महिलालाई नै थाहा हुन्छ,उनले थपिन्,सुत्केरी पश्चात आफ्नो जिउधन र शिशुको स्याहारमा दिन रात जुट्नु पर्छ । त्यसमा मुस्किलले कुनै परिवारले यो सुत्केरी अवस्थाको कुरा बुझेर सहयोग गरेका हुन्छ । तर अधिकाँश सुत्केरी महिलाको जिवन चुनौती पुर्ण नै भएको उनको भनाई थियो ।


गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सुत्केरी महिलाको हाथमा भविष्यका कर्णधारहरु हुन्छन् । यो धर्तिका नयाँ पुस्ता हुन भने यो राज्यका जिम्मेवार नागरिक हुने तिनै शिशु भएको बताउदै सुत्केरी महिलाले नै आफ्ना शिशुको स्याहारसँगै उनीहरुका लागि आवश्यक पोषण युतm खाना,खोप जस्ता स्वास्थ्य सुरक्षाका कुरालाई महत्व दिइनु पर्ने आग्रह गरेका थिए । हामी वर्तमान हौ,शिशु भविष्य हुन,उनले भने,ति शिशु रुपी भविष्य बनाउने वर्तमान रुपी सुत्केरीकै बढि हात हुन्छ । दुर्बल नागरिक बनाउने कि सबल सक्षम नागरिक बनाउने तिनै सुत्केरी महिलाकै जिम्मेवारी भित्र पर्छ । धेरै बच्चा शिशु अवस्थामै कुपोषणको शिकार हुन पर्दा पछि जतिसुकै पोषण दिए पनि सुधार गर्न कठिनाई हुने हुदा शिशु अवस्थामै स्वास्थ्य सुरक्षार्थ खोपहरु र शरिर वृद्धिका लागि पोषण युतm सन्तुलित आहारको आवश्यकता पर्छ । अहिले स्वास्थ्य मापदण्ड अनुसार सुत्केरीलाई नमुनाको रुपमा सुत्केरी कोशेली पनि उपहार स्वरुप वितरण गरिएको छ,उनले भने, यो कोशेली एक उत्साह बढाउने कार्य मात्रै हो,तर निरन्तर शिशुको वृद्धिका लागि घरपरिवारले सो कोशेली अनुसारकै नियमित आहार पुर्याउन आवश्यक रहेको छ । यसलाई निरन्तरता दिन घरपरिवार नै सचेत बन्नु पर्ने उनको भनाई थियो ।


कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले सुत्केरीलाई कोशेली र सुत्केरीलाई उपाध्यक्षको भेटघाट कार्यक्रमले सुत्केरी महिला मात्रै नभई उनीहरुका परिवारलाई उत्साही बनाउनेमा विश्वास ब्यतm गरेका थिए । सुत्केरी महिलालाई यो कोशेली उपहारसँगै पोषणको ज्ञान पनि एकै थलोबाट दिन सकिएको छ । शिशुको गाउपालिका पुग्ने पहिलो अवसर पनि हो । पोषणका लागि जसरी सन्तुलित आधारको आवश्यकता छ,त्यसै गरि उनीहरुको ब्यवहार परिवर्तनका लागि सुत्केरी दिदी बहिनले ब्यवहारिक रुपमा सिकाउने पढाउने जिम्मेवारी पनि छ,उनले भने,आमा शिशुको पहिलो गुरु हुन,उनीहरुलाई राम्रो शिक्षा दिक्षा दिन उत्तिकै जरुरी पनि छ । जस्तो ब्यवहार सुत्केरीले गर्ने हुन शिशुहरु नबोले पनि त्यसको अनुशरण गर्ने गरेका छुन्छन् । सुत्केरीले थप नयाँ सन्तानको योजना बनाई परिवार नियोजनको साधनबारे पनि जान्ने बेला पनि यहिँ हो । शिशुलाई राम्ररी हेरचाय(केयर) गर्ने बेला पनि यहिँ भएको हुदा गभ्भिर हुन पनि आग्रह गरेका थिए । शिशुले यो बेला बोल्न सक्दैनन्,भाव मात्र ब्यतm गर्छन,त्यो भाव बुझ्न सक्ने सुत्केरी महिलाहरु नै भएको उनको भनाई थियो ।
हेरचाहमा सधै सचेत र सावधान हुनु पर्छ,उनले थपे,होईन भन्ने सानो गल्ति र असावधानीले पनि शिशुको शारिरीक र मानसिक अवस्थामा प्रतिकुल असर पुर्याउन सक्छ । पोषणमा कमि भयो भने बच्चाको शारिरीक विकास अवरुद्ध भई होचो पुड्को हुने अवस्था हुन सक्छ । असावधीले कुनै घटना दुर्घना भयो भने अपाँग अस्वस्त हुने अवस्था आउन सक्छ । यि सबै कुरामा सुत्केरी महिलालाई सावधान रहन समेत उनले आग्रह गरेका थिए । सुत्केरी पोषण किटमा पोषणयुतm खाद्य पदार्थ (घिउँ,अण्डा लगायतका खानेकुरा समावेश गरिएको थियो । उनले सुत्केरी महिलाहरुलाई शिशुमा छोरा र छोरी विच बिभेद पनि नगर्न आग्रह गर्दै छोरी जन्मेकी भए जन्मदर्ता गराएर खाता खोली विवरण पेश गरेमा छोरीको नाममा २५ हजार नगर रकम समेत जम्मा गरिदिने गाउपालिकाले निर्णय गरेको जानकारी गराएका थिए । जुन छोरी २० बर्ष पुरा गरे पछि उनले त्यो बेला २ लाख ७० हजार नगद प्राप्त गर्ने छिन्, प्रमुख प्रशासकिय अधिकृतले सुत्केरीलाई सुनाउदै भने,त्यो भएर छोरीलाई पढाउनुस, विहा गर्ने बेलासम्म छोरीको विहे खर्च बैंकबाटै प्राप्त गर्न सक्नेछिन् । गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे समेतको ब्यवस्था गाउपालिकाले नै मिलाएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *