संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,१९ पुस
जिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटको समग्र विकास र समृद्धिमा संघ र प्रदेश सरकारसँग विभिन्न योजनाका लागि ४ अर्ब ९ करोड ५० लाख बराबरको योजना माग गर्ने प्रस्ताव गरेको छ । संसदिय अभ्यास गर्दै साता दिन देखी शुरु भएको वर्दघाट नगरसभामा प्रस्तुत गरिएको प्रस्तावहरुमा नगरसभामा छलफलका लागि नगर स्तरिय तथा १६ वटा वार्डका गरि कुल ८२ वटा योजनाका लागि सो रकम माग गर्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावमा उल्लेखित योजनामा विभिन्न १८ वटा योजना नगर स्तरिय योजनाका लागि १ अर्ब ४६ करोड ५० र बाकी १६ वटा वार्डको ६४ वटा योजनाका लागि ३ अर्ब ६३ करोड बराबरको योजना रहेका छन् । प्रदेश र संघ सरकारले ति योजनाहरुका लागि बजेट विनियोजन गरिदिए वर्दघाट नगरपालिका नेपालकै नमुना नगरपालिकाको रुपमा चिनाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । अहिले विभिन्न वार्डबाट माग गरि आएको यि योजनाहरु हुन्,उनले भने,नगरपालिकाको क्षमताले ति योजनाहरु सम्पन्न गर्न गाह्रो हुन्छ,त्यही भएर प्रदेश सरकार र संघ सरकारमा लेखि पठाउनका लागि अहिले नगरसभामा पेश गरिएका छन् । नगरसभाले त्यसलाई थपघट पनि गर्न सक्छ । नगरसभाले पास गरे पछि ति योजनाहरु लुम्बिनी प्रदेश सरकार र संघिय सरकारमा पठाइने छ । संसदिय अभ्यास गर्दै हाल वर्दघाट नगरपालिकामा नगरसभा सञ्चालनमा रहेको छ,उनले भने,यि योजना माथि पनि नगरसभा सदस्यहरुले अध्ययन गर्दै छन् ।
उनका अनुसार कृषि,सडक,तटबन्ध,पुर्वाधार खोलानाला ब्यवस्थापन लगायतका योजनाहरु समेटिएका छन् । सबै योजना नगरपालिकाका लागि महत्वपुर्ण छन् । सम्बन्धित मन्त्रालयलाई पनि ति योजनाहरु उल्लेख गरि पठाइने छ । यसका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्य (संघिय साँसद) र प्रदेश सभा सदस्य(साँसद)ले पनि अ आफ्नो स्थानबाट पहल गरि योजना पार्नु पर्ने नगरबासीको आपेक्षा छ । यसरी स्थानिय स्तरको विकासमा नगरपालिकाले सबै काम गरेर सम्भव हुदैन्,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,यसमा संघिय साँसद र प्रदेश साँसदले पनि अ आफ्नो स्थानबाट भुमिका निर्वाह गरि यि योजनाका लागि आवश्यक बजेट विनियोजना गराउनमा लाग्ने हाम्रो विश्वास पनि छ । स्थानिय जनताले नै तिनै सरकारका लागि प्रतिनिधिलाई मतदान गरेर पठाएका हुन्छन् । तिनै सरकार मिलेर काम गरे मात्र समृद्ध पालिकाको रुपमा वर्दघाट नगरपालिका चिनाउन सकिन्छ ।
नगर स्तरिय योजना १८ वटा मध्ये त्रिवेणी सडक ४ लैन(टिसिएन चोक देखी नारायणचोकसम्म)का लागि ८ कारोड,सँसारकोट दुम्किबास जाने सडक ६० करोड,खजुरी खोला तटबन्धन ६ करोड,भुतहा खोला ४ करोड,अलावल खोला ४ करोड,विसया खोला ५ करोड, प्राचिन कोलिय गणराज्य अन्रतगतको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल क्षेत्र) सौन्र्यीकरणका लागि ६ करोड,बनदेवी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ६ करोड,शहिद पार्कका लागि ३ करोड,मचौखोला देखी विहारी हुदै चावचा सँसारकोट जाने बाटो ६ करोड,आमबास पोखरीछाप बाटो निर्माण ६ करोड,अल्हावल खोलामा विजयपुर गैडहवा जोड्ने पुल ६ करोड,मदहाखोलामा गैडहवापुर निर्माणका लागि ७ करोड,सिमसार ब्यवस्थापन १० करोड,वर्दघाट १ पञ्चनगर खानेपानीको लागि फिल्टरको ब्यवस्थापन डेढ करोड,क्रिकेट स्टेडियम निर्माण ५ करोड र हुलासी खोला लेबडामा तटबन्धन योजना एक करोडको रहेको छ ।
त्यसैगरि वडा स्तरिय योजनामा वार्ड नं.१ देखी १६ सम्म क्रमशः ३ वटा योजनाका लागि ४ करोड,२ वटा योजनाका लागि ४ करोड,३वटा योजनाका लागि ९ करोड,४ वटा योजनाका लागि साढे चार करोड,१० वटा योजनाका लागि साढे ८ करोड,३ वटा योजनाका लागि ३३ करोड,४ वटा योजनाका लागि १३ करोड,१ योजनाका लागि ९० करोड,२ योजनाका लागि १० करोड,७ योजनाका लागि १४ करोड,३ योजनाका लागि १३ करोड,३ योजनाका लागि ७ करोड,७ योजनाका लागि ७ करोड,४ योजनाका लागि साढे ३ करोड,४ योजनाका लागि १४ करोड,५ योजनाका लागि साढे ५ करोड र ४ योजनाका लािग १९ करोड रकम माग गर्ने गरि योजनाहरु नगरसभामा प्रस्तुत गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *