नवलपरासी, १ जेठ
जिल्लाको सरावल गाउपालिकाले सिमावर्ति क्षेत्रका विद्यार्थी र स्थानियबासीलाई लागु पदार्थ दुब्र्यसन विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउपालिका भारतिय सिमासँग जोडिएको सिमा नाका भुजहवामा सो अन्तरक्रिया गरेको हो ।
गाउपालिकाका लेखापाल नरेश कोहारको प्रमुख आथित्यतामा भएको उतm अन्तरक्रिया कार्यक्रममा लागु औषधको सेवनकर्ता तथा ओसार पसार कर्ता पनि एक विषैला सर्प जस्तै भएको हुदा उनीहरुसँग जोगिन र नियन्त्रण गर्न तर्फ सबै सरोकारवाला लाग्नु पर्ने कुरा औल्याइएको थियो । जसरी एक विषैला सर्पले बढिमा एकदुई जनालाई मात्र टोक्न सक्छ,उनीहरको मृत्यु हुन सक्छ,त्यसै गरि लागुऔषधको कारोबार गर्ने ब्यतिm पनि समाजका लागि विषालु सर्प झै धेरै युवाहरुलाई डस्ने कार्य गरिरहेका छन्,समाजलाई नै विकृत बनाई रहेका छन् । उनीहरुको नियन्त्रणमा सरकारले मात्र प्रयास गरेर पुग्दैन,सबै समाज लागेर नै यस्ता कार्य गर्नेलाई समाजबाट बहिस्कृत गर्नु पर्ने अन्तरक्रियाका बतmाहरुले बताएका थिए ।
केही ब्यतिmले आफ्नो निहित स्वार्थका लागि युवाहरुलाई लागु औषधमा फसाउने र पछि उनीहरुबाटै लागुऔषधको कारोबार समेत गराउने गरेका छन् । यस्तो कार्य अपराधिकरण गर्ने कार्य हो,यसले समाजको भलो कहिलै हुदैन् ।पब्लिक फाउण्डेसन नेपालको सहजीकरणमा भएको अन्तरक्रियामा सुरक्षाकर्मी,युवा,विद्यार्थी,महिला,बुद्धिजिवि,जनप्रतिनि सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो । भुजहवा नाका पनि लागु औषधको ओसारपसार हुने नाकाको रुपमा चिनिदै आएको छ । स्थानियलाई जागरुक नगराएसम्म यस्ता कार्य रोक्नु चुनौतीपुर्ण रहेको लेखापाल कोहाँरले बताएका थिए ।
Very interesting points you have observed, appreciate it for posting.Raise range