सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नवलपरासी, ३ साउन
जिल्लाको सरावल गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा एसईई २०७९ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक समारोह विच उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ ।
पालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको गाउपालिकाले जनाएको छ । जिल्लामा उत्कृष्ट ४ जिपिए ल्याउने छात्रा प्रतापपुरको लिटिल बुद्ध स्कुल फाउन्डेसनकी कृष्णा कुमारी गौड, सरावल गाउँपालिकामा उत्कृष्ट ३.७६ जिपिए ल्याउने आर्दश माध्यमिक विद्यालय सरावल २ खोखरपुराका छात्रा निलमकुमारी गुप्ता तथा एसइइ उत्कृष्ट भएका पालिका भित्रका ४२ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले विद्यार्थिहरुलाइ शिक्षामा उत्पेरणा दिन तथा आगामि दिनमा अझ राम्रो गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएका थिए । आगामि दिनमा पनि विद्यार्थीहरुले यस्तै प्रगति गर्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष चौधरीले जनाउदै आउने वर्षमा विषय गत नतिजाका आधारमा शिक्षकहरुलाई मुल्याङ्गकन गरिने घोषणा समेत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष बासमति हरीजन बधाई ज्ञापन गरेकी थिईन् । प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले उत्कृट विद्यार्थीको अगामी शिक्षाका लागि हौसला बढाउन र अन्य विद्यार्थी समेत यो सम्मान कार्यक्रमले पढाईमा परिश्रम गर्ने बताएका थिए ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *