नवलपरासी,२२ फागुन
जिल्लाको सरावल गाउपालिका वार्ड नं.३ को स्वास्थ्य चौकी भवन निर्माणकार्य सम्पन्न भए पछि स्वास्थ्य शाखामा खुम्चिएको स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन हुने भएको छ । स्वाास्थ्य चौकीका लागि आफ्नै भवन निर्माण भए पछि स्वतन्त्र रुपमा स्वास्थ्यचौकी सञ्चालन हुने गाउपालिकाले जनाएको हो ।
तत्कालिन सरावल गाविस हुदा गाविस भवनमा रहेको स्वास्थ्य चौकी पछि सो गाविस भवनमा गाउपालिका कार्यालय तथा स्वास्थ्य शाखा सञ्चालनमा आए देखी दुई वटा साना कोठामा सञ्चालन हुदै आएको थियो । दुई बर्ष पहिला स्वास्थ्य चौकी भवनका लागि गाउपालिकाले बजेट विनियोजन गरि छुट्टै भवन निर्माणका लागि ठेक्का भएको थियो,अहिले भवनको काम सम्पन्न भई सकेको छ । केही दिनमा सो स्वास्थ्य चौकी सञ्चालनमा आउने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । अहिले सो वार्डको स्वास्थ्य चौकीमा प्याथोलोजी(ल्याब) सेवा समेत सञ्चालन हुदै आएको छ,उनले भने,तर भवन प्रयाप्त नहुदा सेवा सञ्चालनमा समस्या हुदै आएको थियो । तर यो भवनमा स्वास्थ्य चौकी हस्तानान्तर भए पछि स्वास्थ्य चौकी सञ्चालन सहज हुने उनको भनाई थियो ।
उनका अनुसार कुल ७६ लाख ८८ हजार लागत अनुमान भएको उतm स्वास्थ्य चौकी भवन कृष्ण कन्ट्रक्सन बुटवल ११ ले ५९ लाख १४ हजार १ सय ८६ रुपियामा ठेक्का सकार गरि निर्माण कार्य शुरु भएको थियो । २०७९ चैत्र २८ गते भएको भवन निर्माण सम्झौतामा २०८१ बैशाख २८ गते भित्र सम्पन्न गर्ने म्याद तोकिएको थियो । भवन प्रयोग गर्ने गरि काम भई सकेको छ । तर सो भवन अहिले गाउपालिकालाई हस्तानन्तर भएको छैन्, उनले भने,हस्तानान्तरण पश्चात स्वास्थ्य चौकी आफ्नै भवनमा सरेर जान्छ, प्रयाप्त पुर्वाधार भए पछि त्यहा बर्थिगँ सेन्टर लगायत अन्य सुविधाहरु थप्दै लैजाने लक्ष्य समेत रहेको उनको भनाई थियो । सरावल गाउपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको अध्यक्ष चौधरीको दाबी थियो ।