सरावलमा किसोरीलाई गुडिया तथा कुसन बनाउने तालिम

जिल्लाको सरावल गाउपालिकाले किसोरीलाई लक्षित गरि कुसन तथा गुडिया बनाउने तालिम सञ्चालन गरेको छ । किसोरी अवस्था देखी नै सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने उदेश्यले सो तालिम सञ्चालन गरेको हो ।
सरावल ४ गोबरहियामा सञ्चालिन पाँच दिने तालिमको समापन गर्दै गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीलेले किसोरीहरुलाई शिक्षा,ज्ञानसँगै शिपमुलक र आयमुलक तालिमको आवश्यकता महशुस गरेर योजना बनाई तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागि किसोरीहरुले तालिम तालिमका लागि मात्रै नभई तालिम प्राप्ती पछि सो कार्यलाई निरन्तर अभ्यास गरि राख्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष बासमति हरिजनले किसोरीको आवश्यकता पहिचान गरि यस्तो तालिम राखिएको बताईन् । तालिममा सिकेका कुरा निरन्तर ब्यवहारिक जिवनमा प्रयोगमा ल्याउनु पर्छ,उनले भनिन,फेरी पनि एडवान्स तालिम पनि सञ्चालन गर्न सकिन्छ । अन्य महिला किसोरीलाई पनि लक्षित गरि तालिमहरु सञ्चालन गर्ने समेत उनले बताएकी थिईन् । जनसरोकार सस्था मार्फत सो तालिम सञ्चालन गरिएको र ३० जना सहभागिहरुले भाग लिएका थिए । अधिकाँसले आफ्नै हातले गुडिया तथा कुसन समेत बनाउने कार्य पाँच दिनमै गरेर देखाएका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *