शैक्षिक सुधार गर्दै सुस्ता सरकार

नवलपरासी,१ जेठ
शैक्षिक सुधारका विभिन्न आयामलाई अवलम्बन गरि शिक्षा क्षेत्रको विकासका लागि सुस्ता गाउपालिकाले अग्रसरता लिएको छ । शिक्षामा सबैको पहुँचसँगै गुणस्तरिय शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम गरि शैक्षिक सुधारका काम गर्नमा गाउपालिकाले अग्रसरता देखाएको हो ।
आजको शैक्षिक लगानीले भोलीको नागरिकको जिवनस्तर तथा असल नागरिकको परिकल्पना गर्न सक्ने हुदा शिक्षालाई केन्द्रमा राखी काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाउपालिकालाई नै नेपालको संविधान २०७२ को अनुसुचिमा माध्यमिक तहको शिक्षालाई गाउपालिकाको एकल सुचिमा राखिएको हुदा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भई रहेको उनले जनाए । माध्यमिक तहको शिक्षा स्थानिय तहको एकल सुचिमा छ,उनले भने,संविधानको कार्यान्वयन र नागरिकको शिक्षा पाउने मौलिक अधिकारलाई अनुभुति गराउने स्थानिय तहकै जिम्मेवारी भित्र पर्छ । अन्य क्षेत्रमा प्रदेश सरकार तथा संघिय सरकारको साझा कार्यहरु भए पनि माध्यमिक तहको शिक्षाको सबै अधिकार स्थानिय सरकारको सुचिमा रहेको हुदा पहिलो प्राथमिकतामा राखी काम गर्नु पहिलो कर्तब्य भएको उनको भनाई थियो ।


शिक्षाको जग विद्यालयमा नया भर्नासँगै प्राथमिक तह र आधारभुत तहलाई बलियो बनाइयो भन्ने मात्र माध्यमिक तहमा स्तरिय परिणाम ल्याउन सकिन्छ । त्यही भएर अहिले गाउपालिकाको आफ्नो स्रोत र सामथ्र्यले भ्याएसम्म प्राथमिक तथा आधारभुतलाई शिक्षालाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । आईतवार प्राथमिक तथा आधारभुत तह र माध्यमिक तहका शिक्षकहरुलाई चार÷चार दिने विषयगत क्षमता विकास कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख प्रशासकिय अधिकृत पौडेलले शिक्षक हुनुमा गौरव महशुस गरेर काम गर्न समेत आग्रह गरेका थिए । आवश्यक क्षमता विकास,प्रविधिगत क्षमताका लागि तालिम,शिप क्षमताका लागि गाउपालिका लगानी गर्न तयार छ,उनले शिक्षकहरुलाई आग्रह गर्दै भने,तर शिक्षकहरु पनि आफ्नो पेशा,कर्तब्य प्रति इमानदार भई कर्तब्य निष्ठाका साथ काम गर्नु पर्छ । मानिसको जन्म पाउने अध्यात्मिक हिसाबले पनि दुलर्भ कुरा हो,त्यसमा पनि मानिस भित्रै गुरु भएर शिक्षा,ज्ञान वितरण गर्नु,मानिसलाई सदमार्ग देखाउन पाउने जिम्मेवारी पाउनु अति दुर्लभ हो ।
गुरु वर्गको रुपमा सम्मान पाउने अवसर मात्र शिक्षकलाई छ,उनले भने,त्यो अवसरलाई शिक्षक भएर काम गर्नेले अधिक्तम उपयोग गुर्न पर्छ । शिक्षा बाड्न पाउनु भन्दा अरु कुनै ठूलो धर्म हुदैन् । आजिविकाका अन्य थुप्रै आधारहरु छन्,तर शिक्षण गरेर आजिविका गर्न पाउनु ठूलो भाग्यकै कुरा भएको उनको भनाई थियो । प्रमुख प्रशाकिय अधिकृत पौडेल पनि शिक्षणको अनुभुति गरेर अहिले प्रशासनिक क्षेत्रमा काम गर्दै आएको हुदा शिक्षा पेशामा हुने समस्य,चुनौती र अवसरलाई नजिकबाटै अनुभव गरेको र अनुभवको आधारमा उनले शिक्षण पेशा एउटा गर्वान्वित पेश भएको बताए । गाउपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने खालको कार्य होस वा शिक्षकलाई लगानी गर्नु पर्ने कार्य होस,त्यसमा पछि पर्दैन,तर शिक्षकहरुले पनि आफ्नो इच्छा शतिm देखाएर काम गर्नु पर्ने उनले औल्याएका थिए । गाउपालिकाले अहिले विषयगत रुपमा क्षमता वृद्धि गर्ने देखी लिएर प्राविधिक क्षेत्रमा पनि दक्ष बनाउनका लागि सबै शिक्षकलाई चालिस दिइने कम्प्युटर तालिम दिलाउने कार्य गर्दै आएको छ । सरकारबाट यतिको लगानी हुदा पनि कक्षा ८ का विद्यार्थीले चाहे जतिको नतिजा ल्याउन नसक्नुमा उनले दुःख ब्यतm गरेका थिए ।
कोरोनो महामारीका कारण पनि धेरै बालबालिकाको शैक्षिक गति घाइते बनेको अवस्था छ । उनीहरुलाई नियमित पठन पाठनसँगै उपचार स्वरुप मलम लगाउदै अति नै कोमल भावले थप शिक्षण गर्नु पर्ने आवश्यकता पनि दर्शाएका थिए । गाउपालिकाले अहिले सम्भवतः जिल्लाकै पहिलो डिजिटल शैक्षिक प्रोफाईल पनि बनाई दिएको शिक्षा शाखा प्रमुख चन्द्र ठाडामगरले बताए । ति प्रोफाईल जुन सबैले इन्टरनेट मार्फत जहाँसुकैबाट सो प्रोफाईल हेर्दै त्यसको आधारमा आफ्नो योजना बनाउन सक्ने अवस्था पनि सृजना गरिदिएको छ । भौतिक पुर्वाधार तर्फ केही साधानस्रोतको कमीले पुरा गर्ने अवस्था नभए पनि स्थानिय स्रोतको परिचालन गर्न समेत शिक्षकहरु स्थानिय विद्यालय ब्यवस्थापन समिति र वार्डकार्यालयसँग मिलेर काम गर्न गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *