
नवलपरासी,२८ साउन
जिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक (नारायणी) नदीको विच विचमा थुप्रिएर टापुको स्वरुप बन्दै गएकोले त्यसलाई गण्डक टापु पार्कको स्वरुप दिन सके पर्यापर्यटन बढाउन सक्ने सम्भावना स्थानियले देख्न थालेका छन् । भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा गण्डकको खत्तरा न्युनिकरण गर्दै काम गर्न थाले पछि सो क्षेत्र खत्तराबाट अब अवसरमा बदल्ने सम्भावना स्थानियले देख्न थालेका हुन् ।
हाल गण्डक नदी नियन्त्रण गर्नका लागि खत्तरा रहेको गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध र नेपाल बाँधको उचाई अग्लो बनाउने कार्यले जोखिम हट्ने सम्भावना पनि बढदै गएको र बाँधको चौडाई पनि बढदै जादा सडक पुर्वाधारमा पनि उपयोगी हुने हुदा गण्डक बाँध क्षेत्रलाई पर्यापर्यटन तथा धार्मिक पर्यटनसँग जोडेर विकास अवधारणा बनाउनु पर्ने स्थानिय लुख्खु यादवको छ । नदीको बिच विचमा थुप्रिएका ति ढिस्कोहरुमा रुख विरुवा हुर्कदै स साना टापु बन्दै गएका छन्, उनले भने, तर त्यसको उचित प्रयोग हुन सकेको छैन् ।
त्यसलाई यदि पर्यापर्यटनको रुपमा विकास गर्ने हो भन्ने त्यो पनि गण्डक क्षेत्रमा आमदनीको स्रोत बन्न सक्छ । तर दुई देशको सिमामा पर्ने हुदा केही कठिनाईहरु रहेका छन्, उनले थपे,तर निकसाका लागि भु आर्जन तथा सम्पर्क कार्यालय मार्फत सो भारतिय पक्षसँग त्यसबारे कुरा राख्न सकिन्छ । नेपाल भारत दुई देशको सिमा भए पनि उपयोगहिन गण्डक टापुहरुलाई पर्यटनमा ल्याउदा त्यसमा खासै समस्या देखिएको छैन् । इच्छा शतिm देखाउन पर्यो, पहलकदमी लिन पर्यो, उनले भने, त्यसका लागि यहाँका स्थानियबाट पनि पहल गर्न सकिन्छ ।
त्यसै गरि गण्डकको बाँध अग्लो बनाउदै विस्तारै दुई लैनको सडक बन्यो भन्ने आवतजावत गर्नका लागि पनि सहयोगी हुने हुदा लुम्बिनी प्रदेशमा पर्ने अनोमाघाट(ठाढीघाट) र गण्डकी प्रदेशमा रहेको गजेन्द्र मोक्ष धामलाई बाँधले नै जोड्दै छ । बौद्ध धर्मालम्बीका लागि नेपालको बोधगया भनेर चिनिदै आएको बौद्धतिर्थ स्थल हो भने गजेन्द्रमोक्ष धाम हिन्दुहरुको पवित्र नेपालको हरिद्धार भनेर चिनिदै आएको पवित्र तिर्थ स्थल हो । पौराणिक इतिहास अनुसार बाल्मिकी आश्रम तथा इस्लामिक महत्व बोकेको मदारबाबा समेत यसै क्षेत्रसँग जोडिएको हुदा धािर्मक सम्मिलन हुने खालको धार्मिक पर्यटनलाई पनि आकर्षित गर्ने खालको संरचना रहेको छ । यसका लागि अवधारण गाउपालिकाले बनाई अगाडी बढुन पर्ने उनको भनाई थियो । राजनीति तहबाट पनि सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गर्नका लागि पनि पहलसँगै बढाउनु पर्ने उनले औल्याएका थिए ।
स्थानियको चाहना र भावना अनुसार नै गाउपालिकाले काम गर्दै आएकोले त्यसबारे सम्बन्धित पक्षसँग कुरा राख्ने सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा र सोच ठूलो छ,तर गाउपालिकाको सिमित साधनस्रोतले मात्र पुग्दैन् उनले भने, यसमा प्रदेश सरकार र संघ सरकारको पनि लगानी हुन उत्तिकै आवश्यक देखिन्छ । स्थानिय स्तरबाट पर्यटन पुर्वाधार तथा प्रचार प्रसारका काम हुदै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यसका लागि सुस्ताका सबै नागरिकको सोच र चिन्तन एउटै हुनु पर्छ,उनले भने,त्यही सोच र चिन्तन अनुसार ब्यवहारिक काम पनि गर्नु पर्छ । अवधारणा र अवसर देखाई दिने बाहिरका विज्ञ हुन सक्छन्,तर ब्यवहार परिवर्तन गरि पुस्तामा नयाँ संस्कार हस्तानान्तर गर्न स्थानिय नागरिकहरुले अगाडी सर्नु पर्ने उनको भनाई थियो । गण्डक चुनौती मात्र होईन्,पहिचान गर्न सकियो भन्ने ठूलो अवसर पनि हो ।
विदेशमा पर्यटन उद्योग फस्टाउने यस्तै प्राकृतिक स्रोत जलासय,समुद्र नदीहरुकै किनारा हो । गण्डक नदी बिचको स साना टापु पार्क बनाउन खासै लगानी पर्दैन,उनले भने,तर पार्कमा शुरक्षित तरिकाले पर्यटक लैजाने उनीहरुको गास बासको उचित ब्यवस्थान र शुरक्षा ब्यवस्था चुनौती हो । त्यसका लागि नागरिकको तर्फबाट प्रतिवद्धता आए गाउपालिकाले नै गण्डक टापुपार्कलाई ब्यवस्थित गरि पर्यापर्यटनको विकासका लगानी गर्न सक्छ । यो क्षेत्र पर्यापर्यटनसँगै धार्मिक पर्यटनसँग पनि जोडिएको छ,अधिकृत पौडेलले भने, लाखौ लाख तिर्थयात्री आउने गरेका छन्,तर उनीहरुको बसाई लम्बयाउने योजना बन्न सकेको छैन् ।
गण्डक भित्र सुस्ता गाउपालिकासँग जोडिएका स साना थुप्रै ढिस्काहरु भए पनि प्रमुख रुपमा ६ वटा ढिस्काहरु ठूलो क्षेत्रफलको रहेको छ । गुगल नक्साको प्रयोग गरि ति ढिस्काहरुको नाप लिदा क्रमशः उत्तरबाट पहिलो ढिस्का कुल १ सय ५० हेक्टर अर्थात ५.६५ बर्गकिलोमिटर क्षेत्रफल रहेकोछ । त्यसै गरि दोश्रो ढिस्को ४६ हेक्टर अर्थात ३.४१ बर्ग किलोमिटरको छ, तेश्रो ढिस्को पनि ६३.७५ हेक्टर अर्थात ४.३४ बर्गकिलोमिटरको छ । चौथो ढिस्को ६४.५२ हेक्टर अर्थात ३.२३ बर्गमिटरको छ, पाँचौ ढिस्कोको क्षेत्रफल १ सय १६ दशमलव ३० हेक्टर अर्थात ४.९६ बर्गमिटरको रहेको छ । छैठौ ढिस्को ९९.४२ हेक्टर अर्थात ५.०२ वर्गमिटरको छ ।