सरावल गाउपालिकाद्धारा अपाँगलाई शित भेटघाट कार्यक्रम

नवलपरासी,२० पुस
जिल्लाको सरावल गाउपालिका भित्रका जनप्रतिनिधि अहिले जाडो लक्षित विभिन्न समाजिक अभियानमा जुटेका छन् । गाउपालिका भित्रका अपाँग,विपन्न महिला,जेष्ठ नागरिकलाई लक्षित कार्यक्रम बनाई जनप्रतिनिधिहरुले राहतमुखी कार्याक्रममा जुटेको जनाएका हुन् ।
सरावल गाउपालिकाका अध्यक्षहरु शितकालिन अपाँग राहत कार्यमा जुट्दै अपाँगहरुका घरदैलोमै पुगेर पोषणयुतm खानेकुरा वितरण गरेका छन् । समाजिक शुरक्षा कार्यक्रम अन्तरगत नै गाउपालिकाको समाजिक विकास शाखाद्धारा राहतमुखी कार्यक्रममा जुटेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । अपाँगहरुलाई सरकार हाम्रो हो,हाम्रो लागि हो,भनेर अनुभुति गराउनेका लागि पनि पालिका सरकारले विगतमा पनि धेरै राहत मुखी,शिपमुलक तथा आयमुलक कार्यक्रम गर्दै आएको थियो । अहिले शितकालिन अपाँग राहत कार्यक्रम नै बनाएर अपाँग खोज्दै राहत स्वरुप केही पोषणयुतm खानाका लागि अण्डा(फुल)च्वनप्रास लगायतका खाद्यबस्तु प्रदान गरिएको हो,उनले भने,यसले अपाँगले राहत महशुस मात्रै गरेका छैनन्,उनीहरुमा उत्साह र हौसला पनि बढेको छ ।
शारिरीक रुपमा असतm ब्यतिmका लागि जाडोको बेला सेवा सत्कारमा केही चुनौतीहरु रहेकोले अपाँग भएका परिवारमा भेटेर अपाँग ब्यतिmलाई घरपरिवारबाट माया,सेवा सत्कार गर्नका लागि पनि प्रोत्साहित गराउदै आएको गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बताईन् । यस्तो समाजिक अभियानले समाजमा आपसी माया ममता बढने छ,उनले भने, परिवारको अवस्था पनि बुझ्ने अवसर पनि प्राप्त भई रहेको छ । जनप्रतिनिधि चुनावमा मात्रै पुग्ने होईन,शुखदुख तथा बेला बेलामा जनताको भेटले पनि जनप्रतिनिधि र जनता विच आपसी निकटता बढदै जान्छ । कानुनले पाउने उनीहरुले भत्ता,अन्य सुविधा तँ पाउदै आएकै छन्,तर समाजिक रुपमा मजबुत बनाउनका लागि घरदैलो भेटघाटले सकारात्मक प्रभाव पार्ने गरेको अनुभव उनले सुनाईन् ।
पहिलो चरणमा गाउपालिकाको वार्ड नं.१,२ र ३ का अपाँग तथा उनीहरुको परिवारलाई भेटघाट गरेका हौ,उनले भने, बाकी वार्डमा पनि अपाँग परिवारलाई प्रत्यक्ष भेट्ने कार्यक्रमका लागि शित भेटघाट को नाम दिएर भेट्ने अभियानमा जुटेका छौ । उता सरावल गाउपालिकाको वार्ड नं.७ का वार्ड अध्यक्ष ह्यात खान धुनियाले आफ्नै वार्ड स्तरको कार्यक्रम बनाई जेष्ठ नागरिकलाई जाडोमा कम्बल तथा ब्यालकेट वितरण गरेका छन् । उनले वार्ड भित्र रहेको वार्ड कार्यालयको तर्फबाट जेठ नागरिक अपांग विधवा एकल महिलाहरु लाई ५ सय ५० वटा कम्बल वितरण गरेको जानकारी गराएका थिए । यसले बृद्ध बृद्धाहरुले जाडोमा कम्बल पाएकाले खुसी भएको उनको भनाई थियो ।

Health Advertisement
Health Advertisement


सामाजिक सुरक्षा सम्बन्धी प्रमुख अन्तर्राष्ट्रिय कानुनहरू समेत रहेको हुदा नेपाल सरकार समेत संयुतm राष्टको पक्ष राष्ट भएको हुदा समाजिक सुरक्षाका कार्य गर्नु पर्ने दायित्व समेत उल्लेखित छन् । जस्मा मानव अधिकारको सार्वभौम घोषणापत्र, १९४८ समेत उल्लेख छन् । ति घोषणापत्रमा समाजिक सुरक्षा सम्बन्धित धारा २२ः हरेक व्यक्तिलाई सामाजिक सुरक्षा पाउने अधिकार रहने र धारा २५ मा भोजन, कपडा, आवास, स्वास्थ्य सेवा र सामाजिक संरक्षणको अधिकार रहने अधिकार सुरक्षित गरेको छ । ति अधिकारको प्रत्याभुति नेपालका संघ,प्रदेश र स्थानिय सरकारले समेत गर्नु पर्छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, २००६ को सम्बन्धित धारा २८, अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा र गरिबी न्यूनीकरण र धारा १९ समुदायमा सम्मानपूर्वक जीवनयापन कुरालाई उल्लेख गरेको छ ।
नेपालको संविधान २०७२ अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकारलाई,समानताको अधिकार – धारा १८,अपाङ्गताका आधारमा कुनै किसिमको भेदभाव गर्न नपाइने,कानूनको नजरमा सबै नागरिक समान सामाजिक न्यायको अधिकार – धारा ४२,अपाङ्गता भएका व्यक्तिलाई राज्यका निकायमा सहभागिता,समावेशी सिद्धान्त पर्ने, सामाजिक सुरक्षाको अधिकार – धारा ४३,अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा पाउने मौलिक अधिकार,भत्ता, सेवा र संरक्षण सुनिश्चितलाई सुनिश्चितव गरेको छ । सोही अनुसार नै सरकारले काम गर्नु पर्ने कानुनी ब्यवस्था छ । सरावल गाउपालिकाले कानुनको पालनासँगै भावनात्मक सम्बन्ध विस्तार गर्ने गरि बेलामै आफ्ना कार्यक्रम बनाई गर्दै आएको अध्यक्ष चौधरीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *