प्रशासन कार्यालयको सुचना अटेरी गर्दै विवरण बुझाएन्न मिटरब्याजी साँहुहरु

नवलपरासी,२१ पुस
जिल्लामा विद्यमान अनुचित लेनदेन (मिटरब्याज) मा उजुरी परेको ऋणदाता साँहुले भर्नु पर्ने फारम अनिवार्य रुपमा भरि पेश गर्नका लागि जारी गरिउको सुचनाको अवहेलना गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुस १ गते नै उतm फारम भर्नका लागि जारी गरेको १५ दिने सुचनाको म्याद सकिदा पनि एक जनाले मात्र फारम भरेको हुदा अन्य मिटरब्याजी साँहुहरुले अटेरी गरेको देखिएको हो ।
गृह मन्त्रालयको मिति २०८२ कातिक २३ गते नै चलानी नं.६७९ पत्र पठाउदै जिल्ला स्थित मिटरब्याजी सम्बन्धि समस्या समाधानका लागि जिल्ला स्तरिय संयन्त्रका प्रभावकारीता बढाउने सम्बन्धमा पत्राचार भएको थियो । उतm पत्रमा मिटरब्याज सम्बन्धि समस्या समाधान गर्ने सम्बन्धमा निर्देशन भई आए बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कातिक ३० गते बैठक बसेको थियो । उतm बैठकमा संघर्षरत मिटरब्याजी पिडितहरुको संगठन सहितको बैठकमा मिटरब्याजी साँहुले भर्नु पर्ने फारम नं.२ को फारम अनिवार्य भर्नका लागि निर्णय भएको हुदा जिल्ला प्रशासन कार्यालयले पुस १ गते उतm फारम भर्नका लागि १५ दिइने सार्वजनिक सुचना जारी गरेको थियो ।
फारम लिनका लागि दुई चार जना आएको भए पनि एक जनाले मात्र उतm फारम भरि बुझाएको जानकारी जिल्ला प्रशासन कार्यालयले गराएको थियो । उतm फारम नभर्दा मिटरब्याजीलाई के कसरी समाधान गर्ने भनि अन्यलता रहेको देखिएको छ । मौजुदा कानुन अनुसार कारवाही चलाउने कि पुनः म्याद जारी गर्नेबारे पनि विचार भई रहेको प्रशासन स्रोतले जनाएको छ । लगानी गर्ने ब्यतिmहरुको समाजिक,आर्थिक अवस्थाबारे चार पाने फारम तयार गरिएको छ । जस्मा ब्यतिmको आवश्यक परिचय र पहिचान विवरण माग गरिएको छ । त्यसै गरि आर्थिक अवस्थाबारे पनि विवरण उल्लेखित छ । जस्मा घर,जग्गा,सवारी साधन,चल सम्पति,बैंक तथा वित्तिय संघसस्थाबाट ऋण लिएको भएमा त्यसको विस्तृत विवरण रहेको छ ।
त्यसै गरि लेनदेन गरेको कारोबारको हालसम्म प्राप्त गरेको ब्याजहरु नगद,चेक,जिन्सी तथा अन्य जमानीहरु,लेनदेन गर्दा प्राप्त गरेको हालसम्मको मुलधन रकम विवरण पनि नगद,चेक,जिन्सी तथा अन्य जमानीहरु,उजुरी कर्तासँग हालसम्म बाकी रहेको कर्जा रकमको साँवा र ब्याज,कर्जा दिदा गरिएको बखतको राजीनामा,दृष्टिबन्धक कागजात,कर्जा दिइएको बखत ऋणिसँग बैंक चेक लेखाई लिएको छ,छैन्,अदालतमा मुद्दा परेको छ कि छैन ? अदालतमा मुद्दा परेको भएमा फैसला भएको,नभएको,फैसला भएकोमा कार्यान्वयन भएको नभएको विवरण समेत समेटिएको छ । घरजग्गाको भोगचलन कस्ले गरि रहेको ?रजिष्ट्रेसन पास गर्दा छुट्टै सर्तनामा भएको नभएको विवरण सहित उतm विवरणलाई पुष्टि गर्न सक्ने कागजातहरुको सहित फारम बुझउन म्याद जारी गरेको थियो । गृहको पत्र बमोजिम नै सुचना जारी भएको र विवरण नबुझाए पछि पुनःगृह मन्त्रालयको निर्देशन अनुसार नै कारवाही र छलफलका कार्य अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी(प्रजिअ) दिपक नेपालले पत्रकार तथा नागरिक समाजसँगको भेटमा जानकारी गराएका थिए ।
मिटरब्याजमा लगानी गर्ने ब्यतिm मध्ये अधिकाँस ब्यतिmले आफुले पनि बैंकबाट ऋण लिई लगानी गर्ने गरेका पनि छन् । यसमा यदि साच्चै ऋणदाताहरु साँहु हुन भने पहिला आफ्नो बैंकको ऋण चुक्ता गरि बचेको रकम बैंकमा पनि निक्षेप जम्मा गर्नु पर्ने हो,यदि कसैले माग गरेको खण्डमा घरसारको कागज गराई कर्जा दिईने हो । तर विगतमा धेरै ब्यतिmले कुनै न कुनै परियोजनामा सस्तो ब्याजको ऋण बैकबाट लिइने र चर्को ब्याज(मिटरब्याज)मा लगानी गर्दै आएका थिए ।
यस्मा बैंकहरु समेत मुल ऋणिलाई ऋण दिनु भन्दा केही सिमित ब्यतिmलाई ऋण लगानी गर्ने गरेका थिए । ति ऋणिबाट पनि धेरैले दृष्टिबन्धक जग्गा तथा छिनुवा जग्गा तुरन्तै बैंकमा राखेर पनि ऋण झिक्ने गरेका थिए । पहिला ऋणिसँग समान्य अवस्थाको साँवा ब्याज असुल्दै जाने र पछि जग्गा फुकुवा गराउन खोज्दा ति जग्गाहरु बैंकमा धितो रहेको भन्दै मिटरब्याज अनुसारको पुरै रकम नतिरेसम्म फुकुवा नगराई ति ब्यतिmलाई डुबाउन खोज्ने अवस्था पनि हुदै गएको थियो ।
मिटरब्याजमा अझै धेरै जसो समस्या बैदेशिक रोजगारीसँग पनि सम्बन्धित छ । बैंकमा बैदेशिक रोजगारीका लागि ऋण उपलब्ध गराउने प्रावधान पनि थियो,तर विभिन्न मेनपावर कम्पनीका अनाधिकृत दलालहरुले बैंकबाट छिटो ऋण पाउदैन्,भन्दै रोजगारीमा जाने परिवारलाई मिटरब्याजीसँगको सम्पर्कमा ल्याउने गर्थे,किन कि बैंकबाट ऋण लिन खोज्दा सम्बन्धित देशको भिसा जम्मा गर्नु पथ्र्यो,तर विदेशबाट आउने भिसाहरु प्रायःनिशुल्क हुने हुदा ति भिसाले ऋण पाउन गाह्रो हुन्थ्यो । यता निशुल्क भिसामा विदेश पठाउने र त्यसैवापत रकम मिटरब्याजीसँग ऋण दिलाउदै खाने खेल पनि चलिरहेको थियो । अहिले मिटरब्याजले पिडितहरु संगठित र आन्दोलित भए पछि मिटरब्याजी साँहुहरुले प्रशासनलाई अटेरी गर्दै वकिल र अदालत धाउन थालेका छन् ।
अहिले मिटर ब्याजी विरुद्ध आन्दोलन चलेको छ,त्यसले सहकारीबाट ऋण लिएका ब्यतिmलाई पनि प्रभावित बनाएको छ । आन्दोलन गरे ऋण तिर्न पर्दैन भन्दै केही ब्यतिm सहकारी सदस्यहरुलाई समेत भड्काउने गरेका छन् । यसै गरि मिटरब्याज विरुद्धको आन्दोलनले लघुवित्तहरुलाई समेत प्रभावित बनाएको छ । केही लोभग्रस्त ब्यतिmहरुका कारण आएको आर्थिक विचलनले अर्थतन्त्रलाई नै प्रभावित बनाएको उद्योग बाणिज्य संघका पुर्व बाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले बताए । मिटरब्याजी सम्बन्धि समस्या पनि बाणिज्य तथा वित्तिय समस्या समाधानका लागि १० महिना पहिला नै संघमा मेलमिलाप केन्द्र खोलेर सञ्चालनमा ल्याएको भए धेरै समस्या समाधान गर्न सक्ने बताउदै उनले संघले त्यसमा चाँसो नलिएकोमा दुःख ब्यतm गरेका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *