इसाई जवान सङ्गतिद्वारा बृक्षाराेपण

अविशेक राव
२०७९ श्रावण २९,

नवलपरासी नवलपरासी इसाई समाजका भातृ संगठन नवलपरासी इसाई जवान सङ्गति अध्यक्ष धिरज गुरुङको अध्यक्षता तथा नवलपरासी इसाई समाजका उपाध्यक्ष एंवम राजनैतिक तथा सरकारी संघ संस्था समन्वय समितिका संयोजक पास्टर सुवाष ज्ञवाली ज्युको प्रमुख अतिथ्यतामा “बृक्षारोपण कार्यक्रम २०७९” सप्पन्न भएको छ।

बर्दघाट-१४, चौपत्ता, नवलपरासीमा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा “रोपौं एक बृक्ष नवजात, गरौं आफै बाट एउटा मजबुत शुरूवात” भन्ने मुल नाराका साथ “बृक्षारोपण कार्यक्रम २०७९ मा आँप, लिच्ची, जामुन लगायत अन्य फलफूलको बिरुवा रोपिनुको साथै अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल पनि वितरण भएको नवलपरासी इसाई जवान सङतिका अध्यक्ष धिरज गुरुङले बताउनुभयो। अहिलेको समयमा प्रकृतिको संरक्षण गर्नु र रोपिएको बिरुवाहरुको उचित संरक्षण गरे ती बिरुवाहरु हुर्केर फलहरु दिने र धेरैले आगामी दिनहरुमा बिरामीहरु लगायत अस्पतालमा आउने सम्पुर्णले सदुपयोग गर्न सक्ने भएको हुँदा ब्यवस्थापक का अध्यक्ष श्री टिकाराम लुइँटेल ज्युलाई रोपिएको बिरुवाको संरक्षणका लागि नवलपरासी इसाई समाज राजनैतिक तथा सरकारी संघ संस्था समन्वय समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि पास्टर सुवास ज्ञवालीले अनुरोध गर्नु भयो। उक्त कार्यक्रममा बिशिस्ट अतिथी नवलपरासी इसाई समाजका सल्लाहकार पास्टर पुर्ण ब. तामाङ, नवलपरासी इसाई दिदिबहिनी सङतिका अध्यक्ष गुरुआमा सुनिता बुढापृथी, बिशेष अतिथिमा बर्दघाट नगर इसाई समाजका अध्यक्ष पास्टर धुर्ब प्रसाद काफ्ले, रामग्राम नगर इसाई समाजका अध्यक्ष पास्टर रघुनन्दन बर्मा, बर्दघाट नगर इसाई दिदिबहिनी सङतिका अध्यक्ष गुरुआमा टेरेसा गुरुङ, सहिद स्मृति सामुदायिक अस्पताल बिकास केन्द्र कार्य समितिका उपाध्यक्ष श्री उर्मिला थापा छेत्री, ब्यवस्थापक अध्यक्ष श्री टिकाराम लुइँटेल, मेडिकल अफिसर डाक्टर सुर्य सापकोटा, डेन्टल अफिसर डाक्टर शिव चौधरी, स्टोर किपर नारायण पराजुली, सेकुरिटी गार्ड एंवम अगुवा कमल प्रसाद चौधरी, न्यु फिलाडेल्फिया चर्चका पास्टर अरुन गुरुङ अतिथिको रुपमा उपस्तिथि रहेको थियो। नवलपरासी इसाई जवान सङती द्वारा आयोजित बृक्षारोपण कार्यमा सरिक हुन पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक र परोपकारी कार्यमा सहकार्य गर्दै आगाडी बढ्ने भनी शहिद स्मृति सामुदायिक अस्पताल बिकास केन्द्र कार्य समितिका उपाध्यक्ष श्री उर्मिला थापा छेत्रीले बताउनु भयो। यस “बृक्षारोपण कार्यक्रम” नवलपरासी इसाई जवान सङतीका सह-सचीव फिलिप चौधरीले कार्यक्रम संचालक गर्नु भएको थियो भने नवलपरासी इसाई जवान सङतिका सक्रिय सदस्य अजित हरिजनले स्वागत मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *