सुनवल स्थित तरगौली तालक्षेत्रलाई प्राचिन उत्तरक नगर घोषणा

नवलपरासी,२३ चैत्र
जिल्लाको सुनवल ७ स्थित प्राचिन तरगौली ताल क्षेत्रलाई प्राचिन उत्तरक नगर भएको घोषणा भएको छ । सुनवल नगरपालिकाले र्एक घोषणा समारोह र भिच्छुलाई भोजनदान गरि सो क्षेत्रलाई प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर घोषणा गरेको हो ।
नगरपालिकाको आयोजना तथा कोलिय मिडिया एण्ड आईटीको समन्वयमा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले घोषणा गरेका थिए । जिल्लामा धेरै स्थान बौद्धकालिन स्थलहरु भएको र त्यसको खोज अनुसंधान नहुदा आझेलमा परेको भन्दै अहिले यो भगवान बुद्ध आफै आएको यो प्राचिन नगर पुरातात्विक महत्व बोकेको स्थान बताए । प्राचिन नामले यो स्थानको घोषणा भएको छ, उनले भने, अगामी दिनमा यसको पुरातात्विक खोज गर्दै विकास गर्ने र बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्दै लैजानु पर्छ । यसका लागि प्रदेश सरकारले पनि काम गर्ने बताएका थिए । कोलिय गणराज्यको राजधानी पण्डितपुर देखी उत्तर र पहाड नजिकै उत्तरक नगर भएको बौद्ध साहित्यमा उल्लेख भएको कुरा र उत्तरक नगरबाटै अपभ्रन्स हुदै यो तरगौली गाउ बनेको आधार बनाई उत्तरक नगर घोषणा गरिएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले जानकारी गराएका थिए । प्राचिन कोलिय गणराज्य अन्तरगत १२ वटा नगर र्भएकोमा भगवान बुद्ध राजधानी रामग्राम सहित ६ वटा नगरमा पुग्नु भएको र विभिन्न धर्म देशना समेत गरेको कुरा बौद्ध साहित्यहरुमा उल्ःलेख भएको पाईन्छ । जस्मा यो उत्तरक नगरमा आर्यअष्टागिँक मार्गबारे देशना गरेका थिए ।
कार्यक्रममा पत्रकार बेचु गौडले उत्तरक नगरको घोषणा गर्नु पर्ने औचित्य,धार्मिक मह्तव र यस क्षेत्रको विकासका लागि कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्रमा भगवान बुद्ध एक पटक यो उत्तरक नगरमा आई पुग्दा त्यहाँका ग्रामिण पाटली नजिकै आएर भगवान बुद्धसँग भने कि भगवान माया जान्नु हुन्छ ? कि भनेर सुन्ने गरिन्छ । भगवान छुठो कुरा बोल्नु हुन्न भने पछि भगवान बुद्धले ग्रामणी सुन जस्ले मलाई माया जानेको छ,भन्न उस्ले पछि मलाई मायाबी पनि भन्छ । त्यो भएर म माया जान्दिन मायाबी पनि होईन् । म एक जागरुक मानिस मात्र हो,मसँग कुनै माया छैन् बरु मसँग मानिसलाई दुःखबाट मुतिm पाउने मार्ग छ । त्यो नै आर्य अष्टागिँक मार्ग हो । मानिसले यो आर्य अष्टागिँक मार्गको अनुशरण गर्दै अभ्यास गरे भने दुःखबाट मुतिm पाउछ भन्ने कुरा कार्यपत्रमा उल्लेख गरिएको छ । यसले गर्दा पनि यो स्थान बौद्धधर्मावलम्बीका लागि अति नै महत्वपुर्ण स्थान हो ।
यसको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाई सो सन्देश नियमित प्रवाह गर्ने र धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरि काम गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । कार्यक्रममा उपस्थित सात बर्गिय भिच्छुलाई भोजनदान समेत गरिएको थियो । भिच्छुहरुले पनि यस्तो महत्वपुर्ण स्थानबारे बौद्ध साहित्यमा पढिए पनि सो स्थान यहिँ नै भन्ने थाहा थिएन् । अहिले घोषणा कार्यक्रमले यो स्थान बौद्ध धर्मावालम्बीका लागि महत्वपुर्ण बन्दै जाने समेत बताएका थिए । ब्यवस्थापन गर्न सकिए यो स्थानमा केही भिच्छु नियमित रुपले बस्ने आश्वासन समेत दिएका थिए । यसले यस क्षेत्रका ब्यतिmलाई धर्म तथा अध्यात्मिक लाभ पाउने थिए । स्थानिय स्तरमा पहिला देखी नै देवदह पोखरी साम्यमाई स्थान जुन सिद्धार्थ गौतमका साईली आमा हुन भनि पहिचान गराउदै आएकोमा अहिले प्राचिन उत्तरक नगर घोषणाले थप महत्व दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *