
नवलपरासी,२ पुस
जिल्ला भित्रका सामुदायिक बन समुहहरुले अहिले उपभोतmालाई काट चिरान गरिदा केही काठ घोलाटा भई रहेको आशँका स्थानियले गर्न थालेका छन् । निजी अवादीको तुलनामा सामुदायिक बन समुहले कम काठ देखाउदा स्थानियले सो आशँका गर्न थालेका हुन् ।
नम्बरी अवादीबाट स मिलहरुले चिरान आदेश बनाई काट चिरान गर्दा जर्ति र दाउरा बाहेक ७० प्रतिसत चारपाटे काठ उत्पादन हुने छ । तर सामुदायिक बनहरुले चिरान गर्दा ४५ देखी ५० प्रतिसत मात्र काठ निस्केको बताउदा दुई प्रकारका चिरानमा झण्डै ३० प्रतिसत काठ घोटाला भएको आशँका स्थानियबासीले गर्दै आएका छन् । यसको वास्तविकताबारे सरोकारावाला कार्यालय डिभिजन बन कार्यालयले हालसम्म अनुगमन समेत नगरेको सुनवलका एक स्थानियले बताए । सामुदायिक बनका अध्यक्ष तथा पदाधिकारीको भनाई मात्र सुनेर भएन,उनले भने,अध्यक्ष पदाधिकारी तथा ति क्षेत्रका बन अधिकृतको समेत संलग्नामा काठ चिरानमा घोटाला भएको हुन सक्छ । यसबारे अनुगमन र अनुसंधान हुन आवश्यक रहेको उनको भनाई थियो ।
उपभोतmा वितरणका लागि कटान आदेश लगेर चिरान गर्दै आएको भए पनि त्यसको लगत विवरण बन कार्यालयलाई नपाठएको जानकारी डिभिजन बन कार्यालयले गराएको हो । डिभिजन कार्यालयका अनुसार जिल्लामा २२ वटा सामुदायिक बन समुहले तँ बैज्ञानिक बन ब्यवस्थापन कार्ययोजना स्वीकृत गराई काठ कटान गर्दै आएका छन् । ति मध्ये अधिकाँश समुहले काठ चिरान गर्न चिरान आदेश लगेका छन् । चिरान आदेश लगे पनि चिरान पछि कति काठ र कति दाउरा तथा जर्ति कति भएर गयो,त्यसको लगत विवरण डिभिजन कार्यालयमा नआएको बरिष्ठ बन अधिकृत मरिच कुमार लामाले बताए । ति विवरण सम्बन्धित सबै सामुदायिक बनबाट माग गरिएको छ,उनले भने, तर हालसम्म कुनै सामुदायिक बनले पठाएका छैनन् । त्यसका लागि ताकेता समेत भई रहेको उनको भनाई थियो ।
निजी काठ उद्योग तथा काष्ट ब्यवसायीले चिरान गर्दा बढि काठ देखाएर आफ्ना स्टक(मौज्दात) बढि देखाएका हुन ? कि सामुदायिक बन समुहले काठ घोटाला गरि कम देखाएका हुन ? निजी ब्यसायिहरुले पनि बढि मौज्दात देखाएर पछि सम्म भ्याट बिल बिजक जारी गर्न सहजताका लागि पनि बढि गोलिया काठ चिरान गर्दा बढि चारपाटे काठ निस्केको रिकभरी देखाउने अवस्था पनि हुन सक्ने आशँकाबारे छानविन हुन आवश्यक देखिएको छ । यता स मिल तथा समुदायिक बनले चिरान गर्ने स्थानको अनुगमन गर्नका लागि पनि निर्णय भएको तर अहिलेसम्म अनुगमन नभएको डिभिजन बन कार्यालयका प्रशासकिय अधिकृत अमजद अंसारीले बताए ।
डिभजिन बन अधिकृतसँग सल्लाह गरि छिट्टै अनुगमन गरिने समेत उनको भनाई थियो । बाहिर चिरानमा घोटालाबारे जनगुनासा सुनिएका छन्,उनले भने,तर अनुगमन पश्चात मात्र त्यसबारे अधिकारिक धारणा भन्न सकिन्छ । चिरान आदेश पछि त्यसको लगत विवरण सम्बन्धित समुहले डिभिजन बनमा पठाइदिनु पर्ने हो,त्यसले प्रस्टता ल्याउछ,आशंका समेत हटाउछ । यसमा सामुदायिक बन आाफै सचेत हुनु पर्ने उनको भनाई थियो ।
२८ वटा सामुदायिक बन क्षेत्रबाट १ लाख ३९ हजार ७ सय ६४ घनफिट काठ छन् । यदि स्थानियको आशका सत्य हो भने ति काठ मध्ये झण्डै ३० हजार घनफिट काठ घोटाला भएको हुन सक्छ,त्यसको सरकारी मुल्य प्रति क्विन्टल सरदर १ हजार मात्रै हो भने ३ करोडको काठ घोटाला भएको हुनु पर्छ । बजार मुल्य तँ झन ९ करोड बढिको हुन सक्ने अनुमान स्थानियको रहेको छ । सामुदायिक बनहरुले आफै पनि स मिल सञ्चालन गर्न सक्छन्,तर उनीहरु निजी स मिलसँग सम्झौता गरि चिरान आदेश मागेर लग्ने गरेका छन् । त्यसका लागि बन प्राविधिकको उपस्थिती पनि हुदैन् । कुन गोलियाबाट कति काठ कति दाउरा निस्क्यो ? त्यसको लगत पनि डिभजिन बन कार्यालयमा छैनन । चिरानमै करोडौको काठ घोटाला भई रहेको बेला नियमन गर्ने निकाय सक्रिय भई काम गर्नु पर्ने स्थानियको माग रहेको छ ।
जिल्लामा २८ वटा सामुदायिक बन समुहले ठूलो परिमाणमा काठ दाउरा बन क्षेत्रबाट आपुर्ति गर्ने गरेका छन् । जिल्लाका कुल १ लाख ६९ हजार ७ सय ९५ घनफिट काठ गत आर्थिक बर्षमा बनक्षेत्रबाट निस्कासन गरिएको थियो । त्यसमा साझेदारी समुहको ३० हजार ३१ घर फिट काठ थियो ।सरकारद्धारा ब्यवस्थित बन क्षेत्रबाट पनि २ हजार ७ सय ६४ घनफिट काठ निस्केका थिए । नम्बरी अवादीबाट निजि क्षेत्रको पनि ५० हजार ३९ फिट काठ जिल्लामा उत्पादन भएका छन् । यसरी एक आर्थिक बर्षमा जिल्लाबाट कुल २ लाख २२ हजार ५ सय ९८ घनफिट काठ उत्पादन भएको देखिन्छ ।
सरदर काठको मुल्य प्रति क्वीन्टल १ हजार प्रतिघन फिट मात्र अनुमान गरियो भन्ने जिल्लामा २२ करोड २५ लाख ९८ हजार मुल्य बराबरको काठ बार्षिक उत्पादन देखिन्छ । काठ निकासीमा प्रति क्विन्टल १ सय ४५ रुपिया खर्च हुने आधार मानेर काम गर्ने गरिएको डिभिजन बन कार्यालय नवलपरासीका रेन्जर प्रजेम्स श्रेष्ठले बताएका थिए । काठको मुल्यमा परिमार्जन नहुदा अहिले काठ प्रति आकर्षण घटेकोले विक्रिमा समस्या देखिएको रामग्राम ७ का आलमुनियमका फर्निचर उत्पादन गर्ने ब्यवसायि अनिल अग्रहरीले बताए । अहिले काठ भन्दा भन्दा अलमुनियम र फलामका झ्याल ढोका लगायतका फर्निचरहरु सस्तो र सुलभ छन्,उनले भने,तर काठ महगोँ पनि हुने पाउन जटिल प्रकृया पुरा गर्नु पर्नेले पनि काठ प्रतिको आकर्षण घट्दो छ ।
