
नवलपरासी, ८ बैशाख
च्याउबाट राम्रो आमदनीको सम्भावना पहिचान गर्दै जिल्लाको रामग्राम नगरपालिकाका युवा उद्यमीहरुले च्याउ उत्पादनमा लगानी गर्न थालेका छन् । दुई बर्ष पहिला १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि अहिले रामग्राम ६ मा आर्को च्याउ उद्योग थप्न स्थानिय उद्योगीले लगानी बढाएका हुन् ।
पहिलाको उद्योगले उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको छ,भन्ने नयाँ उद्योगले पनि ४० जनाको रोजगारी प्रदान गरेको छ । उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । विभिन्न जटिलताका बाबजुद पनि च्याउ उद्योगमा अहिले लगानी आकर्षढ बढेको भेटियो,उद्योग उपाध्यक्ष पाण्डेले भने,उद्योगमा समस्या र चुनौती छन्,तर अवसर पनि उत्तिकै रहेको देखियो ।


भारतिय बजारमा निर्भर रहेको च्याउ उद्योगहरु खुल्न थाले पछि नेपाली च्याउले नै बजार छाएको बाणिज्य उपाध्यक्ष गुप्ताले सुनाए । सरकारले नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सके नेपालमै रोजगारी प्रदान गर्ने अवस्था देखिन्छ,उनले थपे,तर सरकारी नीति बन्छ कार्यान्वयन हुदैन्, यसले गर्दा रोजगारीको विकल्प बैदेशिक रोजगार बन्दै छ । यस्ले मुलुकको विकासमा बाधा पुर्याउछ । तर च्याउलाई शुरक्षित र गुणस्तरिय रुपमा नै मुलुकमा विभिन्न बजारमा पुर्याउनका लागि सरकारले बाताअनुकुलित ढुवानी सेवाको ब्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको पछिल्लो समय वार्ड नं.६ मा सञ्चालनमा आएको जौरहरी माई कृषि फर्मका सञ्चालक कमल कशौधनले बताए ।
उनका अनुसार ८ करोड बढि लगानीमा च्याउ उद्योग सञ्चालनमा ल्याएको छ । यहिँ बैशाख १ गते देखी च्याउ काट्ने कार्यको शुभारम्भ गरिएको हो,उनले भने, नयाँ बर्ष देखी हाम्रो च्याउ बजारमा जान थालेको छ । तर दुःख कुरा काठमाडौ च्याउ बठाउन मान्छेको भाडा भन्दा बढि च्याउको भाडा तिर्न परेको छ । काठमाडौ्र च्याउ पुर्याउन एस बसमा प्रति केजी १७ रुपिया भाडा तिर्न परेको छ । यसका लागि छुट्टै ढुवानीको ब्यवस्थापन भए सजिलो हुने उनको भनाई थियो । त्यसो त नेपालमा किसानले सरकारबाट कृषि उद्यमीले कमै आशा राखे हुन्छ, उनले थपे, सहयोग नभए अवरोध मात्रै नगरेर सहजीकरण मात्रै गरे नेपाली किसान आफै काम गर्न सक्षम छन् । वातावरणमैत्री यो उद्योगले च्याउ मात्रै नभई बायोप्रोडक्टको रुपमा जैविक मल पनि उत्पादन हुने जनाए । बर्षमा एक लाख केजी जैविक मल उत्पादन हुन्छ । जुन किसानले खेतमै जलाउने गरेका गहुँको डाँठ अहिले भुस बनाई उद्योगले खरिद गरिदिदा वातावरण प्रदुषणलाई पनि सहयोगी देखिएका छन् ।
उता दुई बर्ष पहिला झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा आएको थियो । सो उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका थिए ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले क्षमता वृद्धि पछि रोजगारीमा पनि वृद्धि हुने हुदा स्थानिय मजदुर पनि उत्साही देखिएका थिए । अहिले सोा उद्योगले थप साढे तिन करोड लगानी गर्यो,उत्पादन क्षमता बढयो,त्यसले थप १० जना रोजगारी पाउन सफल भएका छन् । च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए ।

बजारमा च्याउको मागले उद्योगको क्षमता वृद्धि गरि सोही कम्पाउण्डमा थप सेडको निर्माण गरेका छौ, उनले भने, अझै विस्तार गर्दै लैजाने योजना रहेको छ । च्याउले देश भरि ब्राण्ड पनि पाएको छ । धेरै सरकारी संघ सस्थाले सम्मान तथा पुरस्कार प्रदान गर्दा लगानी बढाउन हौसला पनि थपिएको छ । सोही कम्पाउण्डमा जग्गा भएका हुदा च्याउ बाहेक अर्गेनिक तरकारी तयार गर्नका लागि टनेल बनाउने योजना पनि रहेको छ । यसले कामदारलाई पुरा समय काम गर्ने अवस्था पनि भएको छ ।
च्याउबाट निस्कने मलहरुको उपयोग गरि रासायनिक मल र विषादी विनाको शुद्ध अर्गेनिक तरकारी उत्पादन गरिने छ । नेपालको पोखरा नारायणगढ र काठमाडौ समेत सप्लाई हुदै आएके च्याउसँगै अर्गेनिक तरकारीको माग पनि गर्ने गरेका कारण त्यस्तो सोच बनाइएको उनको भनाई थियो । उनका अनुसार अधिकाँस तारे होटलहरुमा पनि यस्को माग रहेको छ,त्यो भएर बजार समस्या पनि खासै छैन् । तर हार्वेष्टिगँ भए पश्चात धेरै समय भण्डारण गर्न सक्ने क्षमता नभएका कारण नोक्सानीको चुनौती भन्ने कायम नै छ । तर पनि सामन्जस्यता मिलाउदै अगाडी बढने उनले जनाए ।
सो च्याउ उद्योगमा एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्,उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरु उत्साही छन् । करोडौ लगानीको च्याउ उद्योग भएको बताउदै उनले च्याउ उत्पादन प्रकृया सबै आधुनिक प्रविधिमा आधारित आटोमेटिक सिस्टमले चल्ने गरेको भए पनि विँउ राख्ने,पोका पार्ने,च्याउ काट्ने र पोकामा भर्ने र कार्टुनमा पैक गर्नेसम्मका कार्य कामदान(मैनुअल) नै भइरहेको छ । उत्पादन प्रकृयामा आद्रता र तापक्रम मात्रै अटोमेटिक मेसिनले चल्ने गरेका छन् ।
च्याउ उत्पादनका लागि आवश्यक उपकरण,कच्चा पदार्थ तथा प्रशोधन प्रकृयाका लागि प्लान्ट जडान भएका छन् । २५ देखी ३० दिन भित्रमा च्याउ काट्ेने गरिएको छ । एक दिनमा १० क्वीन्टलसम्म उत्पादन हुने गरि प्लान्टको निर्माण गरिएको उनको भनाई थियो । गहुँ तथा धानको विउँ कम्पनी र जैविक मल कम्पनी पनि सँगै जोडिएको हुदा च्याउ उत्पादनका लागि कम लगानी हुने उनको भनाई थियो । गहुँको भुस,कोकोपिट,पिना लगायतका कच्चा पदार्थबाट पहिला च्याउको विउँ राख्ने गोबर जस्तो मल उत्पादन हुन्छ,त्यस पछि त्यसमा च्याउको विउँ राखिन्छ ।