Health Advertisement

रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान

नवलपरासी,५ फागुन
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको छ । परासी विपश्यना समुहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उतm भोजनदान कार्यक्रम गरिएको हो ।
विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए । उनका अनुसार विश्व सुखशान्ति बौद्घ बिहारबाट आईतबार सिगापुरका भिक्षु अजान चाओ खुन केङ खेमाको अगुवाईमा विभिन्न देशका ८० जना भिक्षुहरुसहित यात्रा शुभारम्भ गरिएको हो । भगवान गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर बुद्ध सर्किटमा पर्ने रुपन्देही, नवलपरासी र कपिलबस्तुको एक हप्ते यात्रा हुने संयोजक सन्दिप कार्कीले बताए । भोजदान पश्चात भिच्छु तथा उपासकहरुले रामग्राम स्तुपमा ध्याना साधाना गरेका थिए ।


पहिलो दिन नवलपरासीको रामग्राम स्तुपासम्मको यात्रा र सोमबार रामग्राम क्षेत्रको भ्रमण, मंगलबार भिक्षुहरुको यात्रा रामग्रामबाट भैरहवा पुग्ने उनले बताएका थिए । यात्रामा मलेशिया, सिगापुर, अष्ट्रेलिया, थाईलैण्ड, चाईना लगायत देशका ८० बढी बौद्ध भिक्षुहरु सहभागी रहेको उनले बताए । भोजनदान कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव,उपप्रमुख सम्झना चौधरी सहितको सहभागिता रहेको स्वास्थ्यचौकी इन्चार्ज बलिराम कोईरीले बताएका थिए । केही दिन अगाडी मात्रै विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्म यात्रा)को शुभारम्भ गरेको र बुद्ध स्थलमा पर्यटक आवागमनमा वृद्धि हुनेबारे नगरप्रमुख यादवले जानकारी समेत गराएका थिए ।


भविष्यमा रामग्राम स्तुपलाई नै केन्द्र बनाई कोलिय बौद्ध पर्यटन प्याकेज समेत तयार गरि यस्ता धम्मयात्रा चलाईने योजना समेत उनले सुनाएका थिए । गत महिला कोषकै पहलमो भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको थियो । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको थियो । अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको प्रमुख यादवले जानकारी गराएका थिए । स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए ।

कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना हुदै आएको छ । कायक्रम पश्चात केही चिनिया लगानीकर्तासँग रामग्राम स्तुप क्षेत्र सहित रामग्राम नगरपालिकाको समग्र समृद्धिका लागि लगानी सम्मलेन जस्तो कार्य पनि नगरपालिकामा हुने उनको भनाई रहेको थियो । यस कार्यमा स्थानियबासीको पनि सक्रिय सहभागिता देखिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास हुदै आएको छ ।
रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *