रामग्राममा दुई दिवसीय खाना महोत्सव, स्थानीय मौलिक परिकारलाई प्राथमिकता

नवलपरासी, ७ फागुन

Health Advertisement
Health Advertisement

पश्चिम नवलपरासीको रामग्राममा पहिलो पटक खाना महोत्सव आयोजना हुने भएको छ। फागुन १२ र १३ गते परासीस्थित घण्टाघर चोकदेखि बाईपास रोडसम्म फैलिने महोत्सवमा करिब १०० वटा खाना स्टल रहने छन्।

स्थानीय आदिवासी जनजाति महासंघ रामग्राम नगर समितिको आयोजनामा हुन लागेको यो महोत्सवको मुख्य उद्देश्य स्थानीय मौलिक परिकारको प्रवर्द्धन गर्नु रहेको छ। कार्यक्रम मूल समारोह व्यवस्थापन समितिका संयोजक अविनाश रेश्मीका अनुसार, “आधुनिक खानाको भन्दा परम्परागत स्वाद र संस्कृतिलाई विशेष प्राथमिकता दिइनेछ।”

महोत्सवमा सहभागी सबै स्टलहरू निःशुल्क उपलब्ध गराइनेछ भने रामग्राम नगरपालिकाले प्रमुख आर्थिक सहयोग गर्नेछ। मूल आयोजक समितिका संयोजक अशोक श्रेष्ठले महोत्सवले विविध जातीय समुदायको सांस्कृतिक पहिचान उजागर गर्ने विश्वास व्यक्त गरे।

सांस्कृतिक माहोललाई अझै आकर्षक बनाउन इन्दिरा जोशी, प्रमोद अग्रहरी लगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। आयोजकहरूका अनुसार करिब १० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *