Health Advertisement

लिटिल गण्डक घोलमा अतिक्रमण बढदा जलनिकास बन्द भएर दर्जन गाँउ डुबानको खतरामा

नवलपरासी,५ माघ
जिल्लामा जलनिकास ब्यवस्थापनमा योगदान पुर्याउने लिटिल गण्डक नामक घोल अतिक्रमण हुदै र पुरिदै जादा सो क्षेत्रमा डुबान हुने कारक बनेको छ । विगत पाँच दशक पहिला २०२८ सालमा गण्डक(नारायणी नदी) को बाँध भत्किएर धार परिवर्तन भई बनेको घोल (लिटिल गण्डक) अहिले पुरिदै जादा सो क्षेत्रमा डुबानको कारण बन्दै गएको स्थानियले बताएका हुन् ।
भारतिय सिमावर्ती क्षेत्रमा रहेको प्रतापपुर गाउपालिका हुदै सरावल गाउपालिका भएर सो लिटिल गण्डक घोलले बर्षाै देखी जलनिकासमा योगदान गर्दै आएको छ । झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले कहिँ कहिँ दुई मिटरमा खुम्चिएको अवस्था छ । यस्ले प्रतापपुर र सरावलका एक दर्जन बढि गाँउ बस्तिको जलनिकास थुनिएर डुबानको खत्तरा बढाएको छ । स्थानिय बस्ती तथा खेतबारीका पानी बगाउदै झरही नदीमा पुर्याउने एक महत्वपुर्ण जलनिकास गर्ने प्राकृतिक घोल स्थानियबासीकै अतिक्रमणले साँगुरो हुदै गएकोले बर्षायाममा डुबानको कारण बन्दै गएको सरावल ७ भुजहवाका स्थानिय मुराली मौर्यले बताए । लिटिल गण्डक यस क्षेत्रको जलभण्डार राख्ने स्रोत पनि हो, उनले भने,हिउँदमा बालीनालीमा सिचाई गर्ने पानीको स्रोत हो । बर्षायाममा पानीको निकास हुने घोल पनि हो । गण्डक नदीको बाँध फुटेर बाढी आउदा प्राकृतिक रुपमा पानी बग्ने घोलको रुपमा परिणत भएको थियो ।

पछिल्लो समय मानविय अतिक्रमणमा सो घोल परेको छ । यसले स्थानिय बस्ती नै डुबान पनि हुने गरेको छ । बर्षायाममा लिटिल गण्डक सम्झने तर हिउँदमा त्यही लिटिल गण्डकको उपेक्षा गर्दै अतिक्रमण गर्ने गरिएको छ । लिटिल गण्डकलाई सरसफाई गर्नका लागि बेला बेला स्थायिन सरकार तथा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयमा कुरा पनि उठ्ने गर्छ । तर चर्चाको विषय हुने र सफाईका योजना नबन्दा दिन प्रति दिन लिटिल गण्डक घोल अतिक्रमणमा छ । वरिपरिका ब्यतिmले त खानजोत गर्दै अतिक्रमण त बढाएकै छन्,उनले थपे,सरकारी निकायको संरचना निर्माण गर्दा पनि त्यो घोल नै सरकारी अतिक्रमणको निसानामा पर्ने गरेको छ । उनले अतिक्रमण सरकारी तथा सामुदायिक रुपमा अतिक्रमणको अवस्था देखाउदै भने, घोल तर्फ नै विस्तार गर्ने गरि सामुदायिक वृक्षारोपण गरिएका छन् । कर्वलाहरु बनाइएका छन् । मन्दिर,विहार,विद्यालयहरु पनि घोलको किनारमा बनाउदै जादा अतिक्रमणको चपेटामा परेको देखिन्छ । अहिले सरावल गाउपालिका ७ नम्बर वार्ड कार्यालय पनि घोल नै पुरेर बनाईदै छ । प्रतापपुरमा पनि धेरै स्थानमा सरकारी तथा समुदायिक अतिक्रमण छ ।
घोल परिपरी बनेका बस्तीलाई जोड्नका लागि ठाँउ ठाँउमा बनाइएका पुल,कलभर्टले पनि घोल साँगुरो हुने जलनिकासमा अवरोध सृजना हुने हुदा लिटिल गण्डक घोलको अस्तित्व नै संकटमा परेको देखिन्छ । सरकार र समुदाय नै जलनिकास प्रति गम्भिर नहुदा सिमावर्ति क्षेत्रमा डुबान हुने गरेको संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजनले बताए । सिचाई जल उपभोतmा महासंघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद हरिजनले यसका लागि नेतृत्वदायि भुमिका नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीले लिईएर ब्यवस्थापन गर्नु पर्ने जनाए । सिचाई र जलनिकास एक आर्काका परिपुरक हुन्,उनले भने,सिचाई गरेर जलनिकास बनाइएन भन्ने सो सिचाई प्रणाली नै प्रतिपादक हुन्छ । यसका लागि स्थानिय सरकारले समेत सो प्रणालीलाई जानकारी गराई सहजिकरण गर्नुे पर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *