सरावल गाउपालिकाका दलित महिलालाई क्षमता विकास तालिम

नवलपरासी,२१ पुस
जिल्लाको सरावल गाउपालिकाले दलित महिलाहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरुको कार्यक्रम अगाडी सारेको छ । गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बर्षाै देखी दलिए र दबिएका दलित महिलाहरुलाई समाजको नेतृत्वदायी भुमिकामा ल्याउन कार्यक्रमहरु बनाइएको बताएकी हुन् ।
दलित महिलाको क्षमता अभिवृद्धिका लागि सात वटै वार्डमा अगुवा दलित महिलाहरुलाई ब्यतिmत्व विकास,नेतृत्व विकास,उदघोषण तथा आवेदन र प्रतिवेदन लेखन तालिम गराउने कार्यक्रमको शुभारम्भ गरिएको उपाध्यक्ष हरिजनले बताईन् । आफु दलित महिला नै हो, उनले भनिन्,आफुलाई महिला तथा दलित महिलाहरुले मतदान गरि उपाध्यक्ष जस्तो स्थानको नेतृत्व गर्न सघाए । अब ति सबै महिलाहरुको ब्यतिmत्व र नेतृत्व उठाउनका लागि काम अगाडी सारेको हुँ, उनले भनिन्,विकास पुर्वाधार त निरन्तर भई नै रहेको छ । तर सदियौ देखीको दमनमा परेकी दलित महिलाहरुलाई समाज तथा राज्यको मुलधारमा ल्याउनका लागि उनीहरुको क्षमता विकास पहिलो आवश्यकता रहेको महशुस गरेर कार्यक्रम बनाइएको उनले सुनाईन ।


दलित महिलाहरु राज्यद्धारा लैगिँक विभेद मात्र नभई समाजको बर्णानुब्यवस्थाले पनि शोषण दमनमा परेको समुदाय हो, उनले थपिन्,अहिले नेपालमा दलितको लागि अवसरहरु के खुल्ला भएका छन्, तर ति अवसर लिनका लागि पनि दलित महिलाहरुमा क्षमता विकास आवश्यक छ । पहिला उनीहरुको पनि समाज र राज्य सञ्चालनमा भुमिका रहेको छ,भनेर बुझाउदै उनीहरुको ब्यतिmत्व विकास गर्नका लागि तालिम भई रहेको छ । त्यससँगै समाज र राज्यमा उनीहरुले पनि नेतृत्व गर्न सकुन भनेर नेतृत्व विकास तालिम दिदै आएका छौ । शोषण दमनमा परेकी महिलाहरु आफै पनि लिखित निवेदन लेख्न सकुन,आफ्ना मागहरु सरकार तथा विभिन्न निकायसँग लिन सकुन भनेर निवेदन तथा आवेदन तालिम दिईने काम भई रहेको छ । त्यसै गरि उनीहरुले गर्ने कामहरुको सम्बन्धित निकायमा पुनःप्रतिवेदन पनि बुझाउन सकुन भनि प्रतिवेदन लेखन तालिम पनि सँगै भई रहेको छ ।
पालिका भरिबाट यो बर्ष कम्तीमा पनि ३ सय ५० जना दलित महिलाहरुले ति तालिम पाउने हुदा उत्साही भएको उनको भनाई थियो । उपाध्यक्ष हरिजनको पहलमा सञ्चालन भई रहेको दािलत महिला क्षमता विकास तालिमले दलित बर्गमा उत्साह बढाएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताएका थिए । तालिमले उनीहरुको ज्ञान वृद्धि हुने,कुरा राख्न सक्ने क्षमताको विकास हुने छ, अध्यक्ष चौधरीले भने,आवश्यकताको आधार र औचित्यता पहिचान गरि अगामी दिनमा थप महिलाहरुलाई सो तालिम दिईने र आवश्यक परे एडवान्स तालिम पनि सञ्चालन गर्न सकिने छ । उनले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा ल्याउन समेत सहभागि दलित महिलाहरुलाई आग्रह गरेका थिए । तालिमको सहजीकरण पब्लिक फाउण्डेसनले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *