डुबान रोक्न स्थानिय सरकार र संघ सरकारको बजेट कार्यक्रम भन्दा डिपिआर बनाउने होडबाजी

नवलपरासी,२१ पुस
जिल्लाको सिमावर्ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन(अिपिआर) बनाउने होडबाजी चलेको देखिन्छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पछि अहिले संघ सरकारको पनि सरावल सहित जिल्ला भरिको डुबान नियन्त्रणका लागि डिपिआर बनाउन लगाएको हो ।
गाउपालिकाले संघ र प्रदेशको आस मारेर आफ्नै पालिका स्तरिय डिपिआर गराई काम गरि रहेको र अहिले संघ सरकारबाट पनि डिपिआर बनेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । उनका अनुसार संघिय सरकारबाट सरावल सहित जिल्ला भरिका डुबान नियन्त्रण गर्नका लागि २ अर्ब ७० करोड बराबरको डिपिआर बनेको छ । यता सरावल गाउपालिकाको धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ ।
संघको डिपिआर अनुसार काम गर्नका लागि केही बजेट पनि बिनियोजन भएको सुन्नमा आएको उनले बताए । सो बजेट खर्चका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई आयोजना ब्यवस्थापन कार्यालयका प्राविधिकहरु परामर्श गर्न आएको उनको नाई थियो । त्यसका लागि आफु सरावलका डुबानको कारण पहिल्याई कहाँबाट काम शुभारम्भ गर्दा तत्काल डुबान पिडितलाई राहत पुग्दै जान्छ,सो क्षेत्र देखाई दिएको सुनाएका थिए । संघ सरकारको डिपिआरबारे लुम्बिनी प्रदेश सरकारका बन तथा बातावरण मन्त्री देवकरण कलवारले समेत जनता माझ बताउदै आएका छन् । मन्त्री कलवारका अनुसार आफुले पनि डुबान क्षेत्रको समस्या समाधानका लागि संघिय साँसद विनोद चौधरीले पहल गर्न आग्रह गर्दै आएको थिए । अहिले साँसद चौधरीको पहलमा सरावलको धनेवा मात्रै नभई जिल्ला भरिकै डुबानको समस्या सम्बोधन हुने गरी डिपिआर बनेको छ । बजेट थोरै विनियोजन भए पनि क्रमशः बजेट आउने र काम हुने हुदा केही बर्षमा डुबान समस्या समाधान हुनेमा आशा ब्यतm गरेका थिए ।
केही बर्ष पहिला संघ र प्रदेश साँसदद्धारा आश्वासन दिइने तर काम नगर्ने हुदो सरावल गाउपालिकाले डुबान क्षेत्रमा डुबान रोक्न आफै अग्रसरता देखाएको थियो । पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर अग्रसरता देखाएको पालिकाले जनाएका छ । विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् ।
धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउपालिका अध्यक्ष चौधरीले जानकारी गराए । गाउपालिका जनताको सबै भन्दा नजिकको सरकार हो,उनले भने,तर साधन स्रोत न्युन भएको सरकार पनि हो । जनताको समस्यालाई थोरै थोरै भए पनि सम्बोधन गर्दै लैजाने सोच अनुसार अहिले काम थालिएको उनको भनाई थियो । खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको थियो ।
गाउपालिका अध्यक्ष चौधरीले भने,आफु निर्वाचित भएर आए पछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाइएको थियो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दा छन् । सरावल गाउपालिकालाई दुई वटा संघिय निर्वाचन क्षेत्र जोडेको हुदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रुपमा सरावलका जनताले मतदान गरेका छन् ।
गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर,लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए । त्यसै गरि डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउपालिकाका केही क्षेत्र पर्ने आर्को क्षेत्रका प्रदेश साँसद तथा हाल बन तथा वातावरण मन्त्री कलवार पनि छन् । धनेवा खोलाको अधिकाँस भाग सरावल गाउपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ ।
विगत बर्षमा खुल्ला रुपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरुको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरु बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *