नवलपरासी,२५ मंसिर
लुम्बिनी प्रदेश सरकारले उपेक्षित उष्णप्रदेशिय रोग(कुष्टरोग र हात्तिपाईले रोग) प्रभावित नागरिकका लागि स्वाम् हेरचाह समुह गठन,ब्वस्थापन तथा परिचालन सम्बन्धि कार्यविधि २०८१ पास गरे पछि त्यसको कार्यान्वयनका लागि स्थानिय तहलाई अभिमुखीकरण गर्ने कार्य भएको छ । रामग्राम नगरप्रमुख धनपत यादवको अध्यक्षतामा भएको उतm अभिमुखीकरण कार्यक्रममा कार्यविधि बने अनुसार वास्तविक पिडित परिवार समक्ष सेवा प्रवाहका लागि स्थानिय सरकारलाई जानकारी गराउने कार्य भई रहेको संविधानसभा सदस्य विक्रम खनालले जानकारी गराएका हुन् ।
सो कार्यविधि अनुसार कुष्टरोग र हात्तिपाईले रोग लागेका विरामी तथा उनका परिवारको घरदैलोमा पुगेर सेवा प्रवाह गर्नु पर्नेछ । त्यसको दायित्व स्थानिय सरकारको समेत रहेको छ । संविधानसभा सदस्य खनालका अनुसार कार्यविधि अनुसार स्थानिय तहमा प्रमुख संयोजक,उपप्रमुख सहसंयोजक,समाजिक विकास समितिको संयोजक सदस्य,प्रमुख प्रशासकिय अधिकृत सदस्य,स्वास्थ्य कार्यालयको उपेक्षित उच्च प्रदेशिय रोगको फोकल पर्सन सदस्य,स्वास्थ्य शाखामा रहेका स्टाफ नर्स सदस्य,स्वम् हेरचाह समुहको अध्यक्ष सदस्य,सामुदायिक महिला स्वास्थ्य स्वम्सेविका मध्येबाट १ जना सदस्य र स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने गरि ९ सदस्यि स्वम् हेरचाह समुहको संरक्षक समिति रहने हुदा गठन गर्न आवश्यकता औल्याइएको थियो ।
सन २०१० मा नै नेपालबाट कुष्टरोग उन्मुलन भएको घोषणा भए पनि अहिले समुदायमा उतm रोगहरु देखा परेको तथ्याँकले देखाएको छ । रामग्राम स्वास्थ्य शाखाका सुरज हरिजनका अनुसार गत बर्ष रामग्राम नगरपालिकाको ६ वटा वार्डमा खोजपडताल गर्दा ६ जनामा कुष्टरोग देखा परेका थिए । यसले गर्दा अहिले यो बर्ष २ लाख बजेट बिनियोजन गरि कुष्टरोगको निवारणमा काम गरिने जानकारी उनले गराएका थिए । यसका लागि अब नगरपालिकाले समेत कार्यविधि बनाई काम शुरु गर्ने बताएका थिए । उतm कार्यमा इन्द्रेणी समाजिक विकास मञ्चले सहजीकरण गर्दै आएको जानकारी मञ्चका कार्यक्रम संयोजक पुष्पराज अचार्यले बताएका थिए । अभिमुखीकरण पछि नगरप्रमुख यादवले ति रोग िनिदानका लागि के कस्ता कार्य गर्नु पर्ने हो ? त्यसको लागि स्वास्थ्य शाखालाई आवश्यक कार्य अगाडी बढाउन निर्देशन समेत दिएका थिए