करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो

नवलपरासी,२५ मंसिर
जिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै भास्सिएर जग चर्किएको छ । सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको र यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका हुन् ।
उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्छ,उतm आयोजनाको अवलोकन गर्दै प्रदेश साँसद जैसवालले भने, दोषीलाई कारवाही र आयोजनाको मर्मत सम्भार गराउन आफु सरकारसँग माग गर्छु । सो आयोजनाका लागि यो बर्ष पनि बजेट बिनियोजन गरिएको समेत उनले जानकारी गराएका थिए । स्थानिय किसानलाई सिचाई गर्न सहज होस,सिचाई समस्या समाधान होस भनेर आफुले लिफ्ट सिचाईको पहल गरेको थिए,प्रदेश साँसद जैसवालले भने,तर यसमा इन्जिनियर,प्राविधिक र सिचाई डिभिजन कार्यालयले ध्यान पुर्याउनु पर्ने हो,प्राविधिकहरुको पनि कमजोरी हुन सक्छ ।
निर्माण कम्पनीले पनि झmारो टार्ने गरि काम गरेको पनि हुन सक्छ । त्यसको सरकारले अनुसंधान गरिनु पर्ने उनको भनाई थियो । किसानहरु सिचाई आयोजना बने पछि सिचाई गर्न पाईने भनेर उत्साही भएको तर अहिले उतm आयोजनाका काम सञ्चालनमा नआउदै पुर्वाधार चक्रिएर समस्या देखिएको सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले बताए । यसको ममर्त सम्भार गराई सञ्चालनमा ल्याउनु पर्ने उनले माग गरेका थिए । सो लिफ्ट सिचाई आयोजनाले वार्ड नं.८ को उनवछ,लोहसडा हुदै वार्ड नं.७ को देउरवासम्म सिचाई गर्ने गरि सर्वेक्षण गरिएको छ । जनताको समस्या सम्बोधन गर्न सरकारले बजेट बिनियोजन गर्छ,तर काम गर्ने ठेकेदार र काम गराउने डिभिजन कार्यालयहरुले मजाकको रुपमा लिईने गरेको जनप्रतिनिधिहरुले नै आरोप लगाउदै आएका छन् । कर्मचारी र ठेकेदारले गल्ति गर्छन्,वार्ड अध्यक्ष ठाकुरले भने,गाली जति जनप्रतिनिधिले सुन्छन् । भ्रष्टाचारको आरोप पनि नेताले नै झेल्नु परेको छ । ठेकेदारले जसरी पनि ठेक्का पार्नै पर्छ मान्यता राखेर घटाघट गर्दै कम रकममा ठेक्का पर्ने प्रवृति मौलाउदै गएको छ ।
कम रकममा ठेक्का पार्ने पछि कमसल काम गरेर आयोजना विगार्ने प्रवृतिका लागि यो आयोजना पनि एक उदाहरण भएको प्रदेश साँसद जैसवालले बताए । लागत स्टिमेटमा पनि घटेर काम गर्ने गरि जोखिम मोल्ने ठेकेदारलाई प्राविधिक र कर्मचारीले त्यसैको फाईदा उठाउदै भित्र भित्र अबैध रकम असुल गर्ने सौदाबाजी पनि गर्ने गरेको सुनिएको छ । प्राविधिक र कर्मचारीको सौदाबाजी मिले पछि आयोजनामा जे जस्तो होस,सदर गरिदिइने प्रवृतिले कमसल काम गर्ने प्रवृति मौलाएको उनको भनाई थियो । लोक सेवा गर्न लोक सेवा दिएर आउने कर्मचारी तँ झन लोक शोषक भएको आरोप नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले लगाए । लोक सेवक लोक शोषक भएका छन्, उनले भने,जनप्रतिनिधिको मात्रै भ्रष्टाचारलाई बढावा दिएका छैनन्। त्यसमा सहजीकरण लोकसेवा पास गरेर आउने कर्मचारीहरु नै देखिएका छन् । लोक लज्जा पचाउदै भ्रष्टकाममा लाग्ने प्रवृतिले मुलुकमा भ्रष्टाचार मौलाउने गरेको देखिएको उनको भनाई थियो ।
आयोजना सञ्चालनमा नआउदै जग चक्रिएको भए पनि सम्बन्धित ठेकेदारले आफ्नो पुरै भुतmानी लगि सकेको सिचाई डिभिजन कार्यालय नवलपरासीले जनाएको छ । ठेकेदारले गत असार महिनामै पानी प्रवाह गरेको परिक्षण गराई सबै भुतmानी लगिसकेको डिभिजन कार्यालयका लेखा शाखाले जनाएको छ । शाखाका अनुसार १ करोड ४० लाख बराबरको उतm आयोजना ऋद्धिसिद्धि निर्माण कम्पनीले १ करोड ११ लाखमा ठेक्का सकार गरेको थियो । अहिले धरौटी बाहेक सबै रकम भुतmानी लिई सकेको छ । तिन करोड बढिको आयोजनामा खोलामा इनार बनाउने,ओभरहेड टंकी बनाउने कार्य सम्पन्न भएको र उतm ओभरहेड टंकीबाट पानी प्रवाह गरि अब किसानको खेतमा पाईपलाईनबाट पानी पुर्याउने कि नहर बनाएर लैजानेबारे दोश्रो फेजको योजना बनाउने तयारीमा डिभिजन कार्यालय रहेको छ ।
आयोजनाको काममा देखिएको समस्याबारे प्रतिकृया दिदै डिभिजन कार्यालयका प्रमुख दामोदर सापकोटाले आफु आएको एक दुई महिना भएको र उतm आयोजनाको स्थलगत गरी हेरी सकेको बताएका थिए । ओभरहेडको पिलर बलियो नै रहेको छ, उनले भने, नयाँ माटो पुरेर पर्खाल बनाउदा माटो भास्सिदा पर्खाल चक्रिएको देखिएको छ । ठेकेदारको धरौटी रकम एक बर्षसम्म राखिन्छ,उनले थपे, मर्मतका लागि सम्बन्धित ठेकेदारलाई तत्काल पत्राचार गर्छौ । मर्मत सम्भारको जिम्मेवारी अहिले तिनै ठेकेदारले लिइनु पर्छ । कार्यालयबाट भुतmानी तर सम्बन्धित प्राविधिकले जाँच पास गरेर सिफारिस गरे पछि मात्रै भए होला,उनले भने, आयोजनाका सबै काम कमसल नहोला,भए त्यसको मर्मत सम्भार ठेकेदारबाट जसरी पनि गराईन्छ । यस प्रति डिभिजन कार्यालय पनि गम्भिर नै रहेको उनले दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *