नवलपरासी, १२ मंसिर
पशपालक किसानलाई राहत पुग्ने गरि जिल्लाको प्रतापपुर गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर को वडा ३ गिदहामा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।
पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उतm शिविरबाट ढाई सय भन्दा बढि किसानले पशुपालन सम्बन्धि शिक्षा सहित विरामी देखिएका पशुको उपचारसँगै कुपोषण देखिएका पुशलाई पोषणयुतm भिटामिन लगायत पोषणपुरक औषधी(फुड सप्लीमेन्ट्रि) समेत उपलब्ध गराइएको थियो ।
गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविरबाट ढाई सय घरधुरी लाभाविन्त भएको छ । गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उपचार कहाँ कसरी गर्ने र पशु स्वास्थ्य बारे सचेतना समेत गराउने उद्देश्यले यो पशु स्वास्थ्य शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए ।
गाउँघरमा दुईचार वटा पशु पाल्ने किसानहरुलाई रोगहरुको बारेमा खासै थाहा नहुने र पशुको स्यहार सुसारमा कम ध्यान रहने र समय समयमा नियमित औषधीहरु कहाँबाट कसरी प्राप्त गरि पशुलाई सेवन गराउने जस्तो कुराहरुको जनचेतना समेत यस शिविरले दिने विज्ञ केन्द्रका पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्राले बताए । शिविरमा आउने पशु पंक्षीहरुको रोग पहिचान गरि उपचारको काम गरिएको छ भने शिविरमा ल्याउन नसकिएको ठुला पशुचौपायाहरुको बारेमा किसानसंग सोधपुछ गरि लक्षणको आधारमा औषधीहरु वितरण गरि सेवा प्रदान गरिएको थियो ।
शिविरमा पशु रोग अन्वेषण प्रयोगशालाका डाक्टर, भेटेरिनरीका डाक्टर, पशु विज्ञ र प्रतापपुर गाउँपालिका पशु शाखाका कर्मचारीहरुको प्राविधिक सहयोग रहेको थियो । विज्ञ केन्द्रले पशु सेवा प्रदान गर्ने उद्देश्यले बर्षमा मागको आधारमा यो पशु स्वास्थ्य शिविर संचालन गरेको हो अझै दुईवटा शिविर संचालन गर्न बाकी नै रहेको विज्ञ केन्द्रले जनाएको छ । उतm शिविरको औपचारिक उदघाटन प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले गरेका थिए ।