Health Advertisement

सडक सिक्स लैन,पुल सिँगल लैनले रामखण्डा पुलमा समस्या

नवलपरासी,१२ मंसिर
भैरहवा —भुमही सडकलाई स्तरोन्नी गर्दै ६(सिक्स) लैनको सडक बनाउने कार्य भए पनि जिल्ला सदरमुकाम परासी स्थित रामखण्डा खोला पुल १ (सिँगल) लैनको मात्र हुदा समस्या देखिएको छ । भारतिय नाकासँग जोडिने बन्दरगाह मार्गको रुपमा रहेको उतm सडक ६ लैन र रामखण्डा खोला पुल एक लैनको मात्र हुदा यातायातमा समस्या देखिन थालेको हो ।
एक लैनको पुल हुदा पटक पटक गाडीले ठोक्किएर पुलको र्यालिगँ भाच्चिने गरेको छ । सडक चौडा हुने तर पुल जस्ताको तस्तै राख्ने हुदा पुलमा ज्यान जाने जोखिम यथावत रहेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यस प्रति सम्बन्धित कार्यालय,आयोजना परियोजनाका प्राविधिकहरुले विचार गर्नु पर्ने हो । हुलाकी राजमार्गको बाईपासको रुपमा बनेको उतm सडकमा तत्कालिन जिविसले आवश्यकता अनुसारको पुलको निर्माण गरिदिएको थियो । पछिल्लो समयमा सो सडक स्तरोन्नती हुदै चार लैनको बन्यो, उनले भने, सडकको स्तरोन्नती भयो,तर पुलको स्तरोन्नती भएन् । अहिले पनि सडकमा सवारीसाधनको चाँप देखेर सडकको स्तरोन्नती गरि ६ लैनके सडक बनाईदै छ,तर पुल पुरानै रहेको छ ।
यसबारे पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराइएको भए पनि वेवास्ता हुदै आएको प्रति उनले गुनासो गरेका थिए । पुलबाट दर्जनौ पटक सवारीसाधन खोलामा खस्ने गर्दा कैयौको ज्यान गई सकेको छ, नागरिक समाजका अध्यक्ष सैथवारले भने,दर्जनौको अंगभंग भई सकेको छ । रामग्राम ५ (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्यले बजार चिटिक्क बनेको छ । तर पुल भन्ने उस्तै जोखिमपुर्ण ज्यानामारा रहेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो । तर पुल प्रति उपेक्षा गरेको देखियो,उनले गुनासो गरे,सडकसँगै पुलको स्तरोन्नती गर्दै लैजानु पर्ने हो ।
अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको थियो । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाकी आधा रामखण्डा खोला देखी मन्झरियाको भाग शुरु भएको छैन् । पुलको काम पनि बाकी नै रहेको छ, उनले थपे,तर जे जति काम भए पनि सम्पन्न भएका छन् । हुलाकी जस्तो अधुरो छैन ् ।
भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही थिए । रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम बेलामै सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको थिए । बजेट अभावले अहिले आधा सडक बनाउन बाकी छ, उनले थपे,त्यसका लागि पनि पहल भई रहेको छ । तर बनेको जति पुर्ण काम भएको छ । सडकमा आवत जावतलाई कुनै अवरोध भएको छैनर । थोरै भए पनि काम सम्पन्न हुदा बजारको सौन्दर्यीकरण भएको छ । सडक चिटिक्क देखिएको छ ।
अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण पछि जलनिकास समेत हुने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही छन् । ६ लैनको सडक,ढल,फुटपाथ,र्यालिगँ सहितको ११ सय मिटर सडक निर्माण भएको छ । सडकको बिचबाट ५०÷५० फिट गरि कुल १०० फिट चौडाईमा सबै ब्यवस्थित हुने गरि अयोजनाले काम गर्दै छ । १० करोडको लागतमा ति सडक,ढलको पुर्वाधार बन्ने भए पनि पुरा बजेट नआउदा आधा काम मात्रै भएको छ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको र २३ प्रतिसत घटेर ठेक्का भएको थियो । बचेको उतm रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि भएका छन् । सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने योजना थियो । तर अहिलेसम्म पुलको काम भन्ने शुरु हुन सकेको छैन् ।
त्यसका लागि टेण्डर प्रकृयामा लैजान पहल भई रहेको मेयर यादवले बर्ष दिन पहिला नै बताएका थिए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनि संगै काम हुनेमा आफु विश्वस्त रहेको उनले सुनाएका थिए,तर अहिले पुल निर्माणबारे अवस्था अज्ञान नै रहेको छ । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका,रामग्राम स्तुपा,त्रिवेणीधाम,अनोमाघाट धाम जाने सडकको भाग पनि यहि हो । सडक स्तरोन्नतीले घोडपाली,ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जल निकास यसै सडकमा जोडिने भएको हुदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढल निकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफुले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *