Health Advertisement

आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने

नवलपरासी ,१० मंसिर
जिल्लामै गाउपालिका स्तरको गठित उद्योग बाणिज्य संघले औद्योगगिक ब्यपार मेलाको आयोजना गर्ने भएको छ । सरावल उद्योग बाणिज्य संघले कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला २०८१ संचालन हुने जानकारी पत्रकार सम्मेलन गरि गराएको हो ।
संघले सोमवार पत्रकार सम्मेलन गरि आउदो माघ १० गते देखी सरावल गाउँपालिकाको वडा न १ बासा चोकमा औद्योगिक ब्यपपार मेला हुने जानकारी गराएको थियो ।संघ र गाउपालिकाकै पहलमा सरावल सरकारले पहिलो सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुने भए पछि स्थानियलाई समेत उत्साही बनाएको छ । उद्योग बाणिज्य संघ सरावल नवलपरासीले कृषि पर्यटन खेलकुद तथा उद्योगको पूर्वाधार सरावलको दिगो बिकास र अर्थतन्त्रको आधार भन्ने नाराको साथ प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार संचालन गर्न लागिएको जानकारी गराएको थियो ।
उतm मेला माघ १० गतेदेखि २१ गतेसम्म प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन गर्न लागिएको संघ अध्यक्ष सुशान्त घिमिरेले जानकारी दिए । उनको अनुसार आर्थिक चलामयन बनाउने र सरावल गाउँ पालिका रहेका लघु घरेलु स्थानिय व्यापार तथा उद्योग व्यापारलाई प्रबर्द्धन गर्ने उदेश्यले प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुनेछ । मेलामा खेलकुद ,स्थानिय कलाकार, भोजपुरी ,भारतिय भोजपुरी कलाकार र विभिन्न जातजाति धर्मको झक्री तथा आमासमूहहरूको मामी डान्स बेजोड प्रस्तुती रहने अध्यक्ष घिमिरेले बताए ।
मेला विभिन्न किसिमका १ सय स्टलमा रहने जसमा स्थानिय घरेलु उत्पादन ,अटो मोबाईल्स होटल रेष्टुरेन्ट कस्मेटिक तयारी पोशाक बैक बितिय संस्था महिला उद्यमीले उत्पादन गरेको हस्तकाल लगायतको रहने संघका सचिव देवराज थारूले जानकारी दिए । मेलामा एक लाख दर्शकअवलोकन गर्न आउने र अनुमानित ६ करोड करोबार गर्ने लक्ष्य साथ अपेक्षा गरिएको संघले दाबी गरेको छ । उनको अनुसार मेलामा ५० लाख खर्च हुने बताए ।
टिकट सर्बधारणालाई ८० रूपैयाँ बिधार्थीलाई टिकटमा ५० प्रतिश छुट र परिचयपत्रको आधारमा जेठ नागरिक,निशुल्क प्रबेशको व्यवस्था मिलाईएको संघले जनाएको छ । मेलाको मुख्य संरक्षका सरावल गाउँपालिका रहेका सरावल गाउँ पालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यश मेलाले सरावलको पहिचान र चिनारी रूपमा रहेको बताएका थिए । उनले मेलाले यहाँका उद्योग व्यावसाय र व्यापार फष्टाउने र उद्योग व्यापार चलामयन हुने अपेक्षा गरिएको बताए । सरावल गाउँ पालिकामा विभिन्न मेला महोत्सव हुँदै आएको जसमा खिचडी,सांस्कृतिक मेला कुस्ती लगायत कार्यक्रम आयोजना हुँदै आएको अध्यक्ष चौधरीको भनाई थियो । सम्मेलनमा गाउपालिका उपाध्यक्ष बासमती हरिजनको पनि सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *