नवलपरासी,५ मंसिर
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा खुल्ला संग्रालय निर्माणका लागि स्थानियसँग संघिय सरकारका पुर्व कानुन मन्त्री तथा साँसद धु्रव बहादुर प्रधानले स्थानियसँग परामर्श थालेका छन् । सो क्षेत्रमा विगत बर्षमा धेरै पटक उत्खनन भई अहिले कोलिय राजधानीको रुपमा पहिचान पाएको तर उत्खनन गर्दा फेला परेका समाग्रि तथा स्थान पुनः पुर्ने कार्यले आउने पर्यटक त्यसै फर्कने गर्दा खुल्ला संग्रालयको आवश्यकता महशुस गरि स्थानियसँग परामर्श साँसद प्रधानले परामर्श थालेका हुन् ।
स्थानियको माग अनुसार नै अहिले खुल्ला संग्रालयका लागि बजेट बिनियोजन भएको बताउदै साँसद प्रधानले सो बजेट कहाँ र कसरी खर्चने भनेर स्थानियसँग परामर्श थालिएको जनाए । स्थानियको माग अनुसार सरकारसँग बजेट बिनियोजन गर्न लगाईयो,उनले भने,अब सो संग्रालयका लागि उपयुतm स्थान,स्थानियबासीको सहभागिता, सञ्चालन आदीबारे परामर्श गरि रहेका छौ । राजधानी कोलनगरमा पटक पटक भएका भुभौतिक सर्वे,उत्खननले धेरै प्राचनि बस्तुको पहिचान भएको छ । यसबारे देशी विदेशीको चाँसो पनि बढेको छ ।
तर पुरातत्व विभागले उत्खनन गर्ने,सर्वे गर्ने र फेला परेका बस्तुहरु कि त्यही स्थानमा पुर्ने कि पुरातत्व विभाग लगेर जाने गरेका छन् । यहाँ आउने पर्यटकहरु ति बस्तुहरु हेर्न पाएका छैनन् । यो गुनासो स्थानिय र सञ्चारकर्मीले पनि गरे पनि आफुले खुल्ला संग्रालयको अवधारणा ल्याई सो काम लागि एक करोड बराबरको बजेट बिनियोजन गर्न लगाएको छु, उनले थपे,अब राजधानी क्षेत्रमा एक उपयुतm स्थानको छनौट गरि सेट निर्माण गरिने छ । सो सेडमा प्राप्त समाग्रि राख्ने र आउने पर्यटकले हेर्न,अवलोकन गर्न पाउने र उनीहरुको लागि कम्तीमा चिया काफी खान पाउने गरि पुर्वाधारको ब्यवस्थानका लागि छलफल गरिएको उनको भनाई थियो ।
दुई साता पहिला सो क्षेत्रको विकासमा बर्माका भिच्छुहरुले आएर चाँसो देखाएका थिए । उतm क्षेत्रको स्थलगत अवलोकन गर्दै बर्माेली भिच्छुहरुले यस क्षेत्रमा आफ्नो देशको पनि मोनाष्ट्रि थप्ने योजना सुनाएका थिए । तिन बर्षिय भिच्छु सहित पुगेका बर्माी भिच्छुसंघका सदस्यहरुले यसबारे बर्मामा चर्चा सुनेको भए पनि पहिलो पटक कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्मस्थलमा पुग्न पाउनु सौभाग्य भएको बताएका थिए । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ,उनले भनेका थिए,यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ ।यसमा नेपाल सरकारले ब्यापक कार्य गर्नु पर्ने सुझाव पनि दिइएका थिए । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका भिच्छुसंघका लागि महत्वपुर्ण स्थान रहेको बताएका थिए ।
कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ, सो क्षेत्रमा आएका बर्मी भिच्छुले भने,कोलिय राजाहरुकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रुपमा बचाई राख्नका लागि कोलियहरुको ठूलो योगदान हुनु पर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन नगरि मौलिक रुपमा छाडिदिइनुको पनि कुनै अध्यात्मिक महत्व नै हुनु पर्ने होला ।
कोलिय राज्यकी अग्रउपासिका सुप्रवासा सहित जन्म,पालन र सेवा तथा साथ दिईने कोलिय गणराज्यका महान चार महिलाहरुको कारणले पनि स्तुप अहिलेसम्म मौलिक अवस्थामा रहनु महत्वपुर्ण स्थान हो । कोलिय गणराज्यको राजधानी कोलनगरको आफ्नै ऐतिहासिक,प्राचिनता,पुरातात्विक पहिचान बोकेको स्थान हो । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका थिए । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
इसापुर्व ७ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरुको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो ।
उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा दुई सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाण देखिन थालेको छ ।