जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आँखा उपचारका लागि विभाग थपिदैै

नवलपरासी, ४ मंसिर
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डेढ महिना देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिदा विरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परिक्षणका लागि विभाग खडा गर्ने जनाएको छ । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परिक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परिक्षणका लािग विभाग बनाउने जनाएको हो ।
अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रतmचाप लगायतका िविरामीलाई औषधी चलाउदा आँखामा समेत असर पर्ने हुदा त्यसको समेत नियमित परिक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल ब्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमामा सेवा विस्तारसँगै गुणस्तरिय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले जानकारी गराए । उनका अनुसार आँखा उपचारका लागि छुट्टै विभाग गठन हुदैछ । शाखाका लागि सरकारले एक जना बि अप्टोमेसिस्ट चिकित्सक अप्सना अंसारी हाजिर भई सकेकी छिन्, उनले भने, आँखाका डाक्टर (अप्टोमेलोजिष्ट) राख्ने तयारी भई रहेको छ ।
सर्जरीका लागि पनि अस्पतालले बेहोस बनाउने जनशतिm पनि राखि सकेको हुदा अस्पतालको सेवाको गुणस्तरियतामा अब प्रश्न उठ्ने कुरा नहुने विश्वास गरिएको उनको भनाई थियो । त्यसै गरि अस्पतालले आफ्नै स्रोतमा सर्जन चिकित्सक पनि राखि सकेको छ । उनीबाट पनि सेवा प्रवाह भई रहेकोले विरामीलाई बर्षेनी सेवा थपिने हुदा विरामीको आकर्ष(ा बढेको दाबी सुचना अधिकारी ज्ञवालीको रहेको थियो । लामो समय देखी खाली रहेको रेडियोलोजिष्ट पनि अहिेले निरन्तर सेवा दिदै आए पछि अस्पतालको सेवा थप गुणस्तरियमा वृद्धि भएको छ । विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहुदा उपचारमा केही समस्या भए पपिछ अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितीले थप सेवासँगै गुणस्तरिय सेवा विरामीले पाउन थालेको उनले बताए ।
अस्पतालमा भिडियो एक्सरे हुदै आए पनि अधिकारिक रिपोर्ट दिईने अवस्था नहुदा विमा रकम दाबीमा पनि समस्या हुदै आएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले जानकारी गराएका थिए । विगतमा पनि अस्पतालमा रेडियोलोजिष्ट ल्याउने पहल भई रहेको थियो, अध्यक्ष गुप्ताले भने, ल्याउन सकिएको थिएन्, तर दरबन्दीकै ९ तहका रेडियोलोजिष्ट डा.प्रशास ढकाल दुई महिना पहिला हाजिर भएका थिए । रेडियोलोजिष्ट चिकित्सक डा.ढकाल देखी रेडियोलोजिसँग सम्बन्धित सेवा सहज ढंगले हुन थालेको छ । पहिला पनि सातामा दुई दिनका लागि चिसापानी अस्पतालबाट रेडियोलोजिष्ट ल्याई भिडियोएक्सरे लगायत रेडियोलोजि सेवा दिइने गरिएको सुनाउदै उनले अहिले अस्पतालकै दरबन्दी मै रेडियोलोजिष्ट डा.ढकाल आए पछि विरामीलाई उतm सेवा सहज ढंगले हुन थालेको बताए । यसले गर्दा विरामकिो डाइग्नोसिस प्रभावकारी हुदै जानेछ, अध्यक्ष गुप्ताले थपे, अन्य चिकित्सकका लागि पनि यो सहयोगी र उपयोगी सेवा हो ।
रेडियोलोजिष्टको उपस्थितीले सर्जिकल विभागका लागि सहज भएको अस्पतालका सर्जन चिकित्सकले बताएका थिए । यसले सर्जरी सेवा प्रभावकारी बनाएका्े छ । यसले गर्दा विमा मार्फत स्वास्थ्य सेवा लिईने विरामीका लागि पनि सहज भएको छ । विमा वापत सेवा प्रवाह गरि सो रकम विमाबाट दाबी गर्न पनि अधिकारिता प्रमाणित गर्न भुमिका पनि सहज भएको छ । अगामी दिनमा अस्पतालले थप गुणस्तरिय सेवा प्रवाह गर्नेमा हामी विश्वस्त भएको उनको भनाई थियो ।
आँखा उपचार,रेडियोलोजि सेवा तथा सर्जरीले अस्पतालको सेवालाई प्रभावकारी बनाउनेमा विश्वास अस्पताल विकास समितिले गरेको छ । यसका लागि सबै क्षेत्रबाट सहयोग हुन पनि आवश्यकता महशुस गरिएको अस्पतालको भनाई रहेको छ । अहिले शल्य क्रियामा सिमा बढाउदा सो सिमा अनुसार काम गर्दा विमा रकम बढेर जाने देखिन्छ । पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् ।
त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवालाई थपिने, सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *