नवलपरासी,७ असोज
जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल भएर निर्माण कार्य रोकिएको पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको दुई बर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन् । पुल प्रति स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाको वेवास्ता सो पुल हालसम्म अलपत्र परेको हो ।
पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएर अलपत्र परेको स्थानियले बताए । उतm पुलको डिजाईन परिमार्जन गरि पुलको निर्माणका लागि यस क्षेत्रका प्रदेश साँसदले पहल गर्नु भन्दा छुट्टै पुल निर्माण तर्फ लाग्दा पुल अलपत्र परेको स्थानियले बताएका छन् । एउटा पुल नबन्दै त्यसको पाँच सय मिटर दक्षिणमा सोही नदीमा आर्को पुलको गत आर्थिक बर्षमा शिलान्यास भएको थियो ।
अहिले दुबै पुल निर्माण कार्य अलपत्र छन्,नागरिक समाजका अध्यक्ष समेत रहेका स्थानिय राधेश्याम सिँह सैथवारले भने, जनप्रतिनिधिको गैरजिम्मेवारी र प्राविधिकको लाचारीको यो प्रमाण हो । जनताको करले बन्ने करोडौका पुल जनप्रतिनिधि र प्राविधिकको खेलाची भएको छ । एउटा पुलको कार्य सम्पन्न नहुदै आर्को पुल तर्फ प्रयास गर्नु र अहिले दुबै पुलको काम नभएर आखिरमा जनता नै मर्कामा पर्ने गरेको अध्यक्ष सैथवारले बताए । यस प्रति सरकार गम्भिरताका साथ काम गर्नु पर्ने उनले औल्याए ।
सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम÷एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाईन नै फेल होला भनेर लागेको थिएन् होला ।
अहिले पुलको डिजाईन नै फेल भएको देखिएको छ,स्थानिय बलिराम कोईरीले भने,स्थानिय स्तरमा नपुगि सम्भवतः इन्जिनियरले सो पुलको डिजाईन गरे होलान,त्यही भएर अहिले पुलको डिजाईन फेल भयो, सुधारे काम गर्ने प्रयास पनि भएको छैन् करोडौको लगानी डुब्ने अवस्था देखिएका छन् । पुलको डिजाईन नै फेल भए पछि अहिले पुलको निर्माण कार्य रोकिदा अहिलेसम्म अलपत्र छ । सम्बन्धित निर्माण कम्पनीले यहिँ २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । तर डिजाईन नै फेल हुदा निर्माण कम्पनीलाई पनि काम ढिलो गर्न बहाना मिलेको छ ।
दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् । तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो,जनताको सेवा भाडमा जाओस के मतलब ? स्थानियबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । अहिले २०८१ को कार्तिक आउन थाल्यो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ ।
स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियामा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानिय सडक पुल सहयोग ईकाई )एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । प्राविधिक लापर्वाहीले पुलको डिजाईन नै फेल भएको छ । पुलको उचाई करिब ढाई मिटर अझ अग्लो बनाउनु पर्नेमा कम गरिएको थियो । अहिले पुरानै डिजाईनमा पुल निर्माण गरिए पुल नै खोलाको लागि बाँध कायम हुने छ । नदीको धार अनयत्र बग्नेछ । जस्ले खोलाको धार परिवर्तन गरि स्थानिय स्तरमा धनजनको क्षति पुर्याउने छ ।
सोही पुल भएर अहिले विश्व बैंकको ६२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको निर्माण कार्य अघि बढेको छ । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन सक्छ । पुलको डिजाईन फेलले स्थानियबासीलाई निरास बनाएको एक स्थानियले बताए । पुल बन्ने गरि शिलान्यास हुदा स्थानियबासी उत्साही थिए,उनले भने, अहिले पुलको डिजाईन फेल भयो,भनेर सुनिएको छ,पुन नै नबन्ने हो कि भनेर पनि स्थानियबासीमा निरासा छाएको छ । पुलले रामग्राम नगरपाकिलाको घिनहा,पण्डिपुर,पम्पापुर र रुपन्देहीको आधा दर्जन गाउलाई परासी सदरमुकामसँग जोड्ने छ । अझ पर्यटकिय स्थल पण्डिपुरको प्रमुख सडक जोड्ने पुल पनि हो,त्यो भएर पनि सो पुलको डिजाईन फेरिएर तत्काल पुल निर्माण कार्य गर्नु पर्ने स्थानियको माग रहेको छ ।
पुलको डिजाइन नै फेल भएर काम रोकिएको रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ताले बताए । उनका अनुसार डिजाईन फेल हुदा केही प्राविधिक कठिनाई भएको छ,तर पनि आयोजना कार्यालयले पुलमा थप उचाई बढाउने गरि पुनःडिजाईन र थप बजेट गर्ने जानकारी आएको थियो,तर अहिले के भईरहेको छ,जानकारीमा आएको छैन् ।