नवलपरासी,५ असोज
“शान्तिका लागि वृक्षारोपण“ नारा सहित जिल्ला समन्वय समितिले अन्तर्राष्ट्रिय शान्ति दिवस –२०२४ को अवसर पारेर समन्वय भवन परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । शनिवार जिल्ला समन्वय समितिको निर्माणाधीन भवनको प्राङ्गणमा सो वृक्षारोपण कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय प्रमुख, जिल्ला स्थित सबै पालिका प्रमुख, अध्यक्ष÷उपप्रमुख, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सुनवल सामुदायिक केन्द्र, युनाइटेड मिसन टु नेपाल, नागरिक समाज, पत्रकार लगायतका विभिन्न व्यक्तित्वज्युहरु द्वारा वृहत् रूपमा वृक्षारोपण गरि अन्तर्राष्ट्रिय शान्ति दिवस –२०२४ मनाइएको समन्वय प्रमुख भगौती प्रसाद यादवले जनाकारी गराए । विश्वभरी विभिन्न तरिकाले मनाईको शान्ति दिवसलाई जिल्ला स्तरमा शान्ति दिवसमा पर्यावरणीय रुपमा मनाउने गरि वृक्षारोपण कार्यक्रम गरिएको उनले जनाए ।
४० वर्ष अघि संयुक्त राष्ट्रसंघको जन्म स्थल सान फ्रान्सिस्कोमा विश्वभरका मानिसहरू मिलेर अन्तर्राष्ट्रिय शान्ति दिवस (शान्ति दिवस) स्थापना गरेको संयुक्त राष्ट्र सङ्घले पारित गरेको प्रस्तावलाई मनाउन मनाएको थियो । अन्तर्राष्ट्रिय शान्ति दिवस (“शान्ति दिवस“) हरेक वर्ष सेप्टेम्बर २१ मा विश्वभर मनाइन्छ । सन् १९८१ मा सर्वसम्मत संयुक्त राष्ट्रसंघको प्रस्तावद्वारा स्थापित, शान्ति दिवसले सबै मानवजातिलाई सबै भिन्नताहरू माथि शान्तिको लागि प्रतिबद्ध गर्न र शान्तिको संस्कृति निर्माण गर्न योगदान दिन विश्वव्यापी रूपमा साझा मिति तय गरेर मनाउने कार्य गरिन्छ ।
सन २०२४ विश्व शान्ति दिवसको थिम शान्तिको संस्कृतिको विकास गर्ने रहेको छ । संयुक्त राष्ट्र संघले परिभाषित गरे अनुसार, “शान्तिको संस्कृति“ भनेको “मान्यता, मनोवृत्ति, व्यवहारको मोड र जीवन शैलीहरूको सेट हो । जसले हिंसालाई अस्वीकार गर्दछ र द्वन्द्वलाई रोक्छ र तिनीहरूका मूल कारणहरूलाई सम्बोधन गरी समस्याहरू समाधान गर्न व्यक्तिगत समूहहरू बीचको संवाद र वार्ताद्वारा समाधान गर्दछ ।