Health Advertisement

चुनावमा नेता फेरिए तर महेशपुर —त्रिवेणी सडकको अवस्था फेरिएन

नवलपरासी,३१ भदौ
अघिल्लो संसदिय निर्वाचनमा चुनावी मुद्दा बनेको महेशपुर—त्रिवेणी सडकका कारण सो क्षेत्रमा नेता फेरिए तर चुनाव वितेको दुई बर्ष वित्दा पनि सडकको अवस्था उस्तै रहेको छ । सो सडकलाई जोड्ने दुई संघिय साँसद र तिन प्रादेशिक साँसदलाई प्रश्न उठाउदै मन्त्री बने सडक बनेन,भन्ने मुद्दा बनाइएको थियो सो मुद्दा उठ्दा जनताले नेता फेरिदिए पनि चुनाव सकिएको दुई बर्ष पुग्न लाग्दा सडकको अवस्था उस्तै हुदा स्थानियमा नैराश्यता बढन थालेको हो ।
जनताले नेता फेर तर नेताले सडकको अवस्था फेर्न सकेनन्,स्थानिय निवास यादवले भने, नेताहरुको चरित्र हेर्दा जुन नेता आए कानै चिरेनको उख्खान चरितार्थ हुदैछ । सडकबारे यि नेताहरु अनभिज्ञ छैनन्,उनले थपे,तर सडकलाई प्राथमिकतामा राखेर काम गर्नु भन्दा कुन स्थानमा योजना हाल्दा आफ्नो निहित स्वार्थ पुरा हुन्छ,त्यसैलाई विगतका नेताले पनि प्राथमिकतामा राखेर काम गरे,अहिलेका नेताहरुको रवैया पनि उस्तै छ । तत्कालिन जिल्ला विकास समिति(जिसस) हुदा यसलाई जिल्ला स्तरिय प्रमुख सडकको रुपमा ओटासिल पिच गरेको थियो । मुलुकमा राजनीतिक परिवर्तनसँगै राज्य पुर्नसंरचना हुदा जिविसबाट जिल्ला समन्वय समिति(जिसस)मा परिणत भयो,सो सडक कस्ले बनाई दिईने भन्ने कुरा अन्यौल नै रह्यो । जिविस जस्तो जिससलाई आर्थिक र योजनाका काम गर्ने अधिकार छैन् । जिविस स्तरका सडकको जिम्मेवारी प्रदेश सरकारले लिएर काम गर्नु पर्ने हो,तर प्रदेश सरकारले यसलाई प्राथमिकतमा राखेको छैन् । उत्तर दक्षिणका सडकहरुमा प्रदेश साँसदहरुले आफ्नो जिम्मेवारी लिई काम गर्ने गराउने तर अहिले यो सडक पुर्वपश्चिमको छ ।
सो सडकले लुम्बिनी प्रदेशकै साँसद बैजनाथ कलवार र देवकरण जैसवालको क्षेत्र भित्र पर्छ । संघिय साँसद विनोद चौधरी र ध्रुव बहादुर प्रधानको संघिय निर्वाचन क्षेत्रले पनि जोडछ । अघिल्लो चुनावमा सो सडक नबनेको भन्दै तत्कालिन साँसद ह्ृदेश त्रिपाठी र लुम्बिनी प्रदेश साँसद अजय बहादुर शाही दुबै मन्त्री भएका थिए,त्यो बेला जितेका नेता मन्त्री बने तर महेशपुर त्रिवेणी सडक बनेन भन्ने चुनावी चर्चा बन्यो,जनमानसमा नेतालाई परिवर्तन गरे सडकको अवस्था परिवर्तन होला भनि विश्वास लिएर सो सडक पर्ने देवेन्द्रराज कण्डेललाई हराएर ध्रुव बहाुदर प्रधान जिते,ह्ृदेश त्रिपाठीलाई हराएर विनोद चौधरी संघिय साँसदमा जिते,त्यसै गरि अजय बहादुर शाही चुनाव हारेर देवकरण जैसवाल प्रदेश साँसदमा जितेका छन् । तर सडकको अवस्था जस्ताको तस्तै हुदा जनताले अब के गर्ने ? भनि राजनीति प्रतिको नैराश्यता प्रकट गर्न थालेको स्थानियले बताएका छन् । जिल्लाकोे महेशपुर देखि सुरजपुरा सम्म जोडने सडक नबन्दा स्थानीयहरुलाई आवतजावत गर्न सास्ती ब्यहोर्न परेको छ ।
उतm सडक महेशपुरदेखि सुर्यपुरा सम्म जोड्ने लगभग १०किलोमिटर लम्बाई रहेको छ । जुन अहिले बेहाल अवस्थामा रहेको छ । यो सडकबाट दिनहु हजारौ सवारीसाधनहरु आवतजावत गर्ने गरेका छन । खाल्डाखुल्डी का कारण सवारी साधनहरु चाडै बिग्रने गरेका छन । सडक ठाउठाउमा भत्किदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने सडक नबन्दा कष्टकर यात्रा गर्नुपर्ने यसक्षेत्र का जनताको बाध्यता रहेको छ । नवलपरासी र भारतको विभिन्न ठाउबाट योे सडकबाट जिल्लाको सदरमुकाम ,भैरहवा बुटवल सम्म,पुग्ने मुख्य बाटो रुपमा रहेको छ । हिउदमा धुलामेय र बर्षातमा हिलामेय भएको सडकका कारण बालबालिका तथा बृध्दबृध्दामा विभिन्न किसिमको रोगको सङक्रमण हुने खतरा बढेको छ । दम ,आखा चिलाउने लगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदुषण समेत बढेको भुजहवाका सज्जाद अलि ले बताए ।
सडक नबन्दा भुजहवा बजार क्षेत्रकै सडक बर्षायाममा हिल्लामेहुदा स्थानीय लाई हिडडुल मा समेत समस्या भएको छ । जनप्रतिनिधि लाई यो बिषयमा पटकपटक ध्यानाकर्षण गराउदा पनि आश्वासन मात्रै पाएको स्थानिय राजमगल सहानीले बताए । महेशपुरदेखि सुरजपुरासम्म पूर्ण रुपमा यो सडक ठाउँ ठाउँमा खाल्डो रहेको छ जसले गर्दा स्थानिय क्षेत्रमा भएको आपबिपतमा सदरमुकामबाट एम्बुलेन्स, दमकल आउन घण्टौ कुर्नु पर्ने हुन्छ जसले गर्दा बिरामिहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहेको छ, उनले भने । आगलागि, बाढि जस्ता दैबिक प्रकोपबाट धेरै क्षति हुने गरेको मोजरहियाका अकलेस मिश्राले बताए । यो सडक बाढि क्षेत्रमा पर्छ।जसले गर्दा बाढि आएको बेलामा परासी सदरमुकाम पुग्न सकिँदैन ।
तर नेताहरुले वर्षौंसम्म नआउने र बर्षातको समयमा बाढी आएको बेलामा आएर फोटो खिचाउने, सेल्फी लिने जनताहरुकोे अगाडि झुठो बाचा गरिदै आएको पुरानै परम्परा रहेको छ, उनले भने, यश क्षेत्रमा रहेका जनताहरुको मत लिन निर्वाचनको समय विभिन्न झुठा आश्वासन देखाई सदन सम्म पुगिरहेका छन । तर सदनमा यी समस्याहरु नराखेको स्थानियहरु दुखेसो पोखेका छन । नेताहरु अवस्था र देशको ब्यवसथा मा परिवर्तन भएपनि यश क्षेत्रका जनता ब्यथा परिवर्तन हुन सकेन।विभिन्न निर्वाचनमा धेरै जननिर्वाचित प्रतिनिधि आए पनि समस्या जिउकातिउ छन तर कुनै पनि नेताले समस्या समाधान प्रति चासो देखाएनन । जुन जोगि आए कानै चिरेको भनेझै भाको छ यश क्षेत्रका जनताको ।अब नेताहरुप्रति आशा र भरोसा टुटिसकेको भुजहवा का छेदि मुरावले बताए ।
अब पनि यो सडक नबने अब को निर्वाचनमा मत नहालि बहिस्कार गर्ने समेत यस क्षेत्रका जनताहरुले चेतवानि दिईरहेका छन । यो सडक पाल्हिनन्दन गाउपालिका ,सरावल गाउपालिका र प्रतापपुर गाउपालिका मा पर्छ। जिल्लाको २ वटै प्रतिनिधि सभा सग सम्बन्धित रहेको छ भने ३वटा प्रदेश सभा क्षेत्रको भुभाग सग सम्बन्धित रहेको छ । यो सडक प्रदेश सरकार अन्तर्गत रहेको छ । यश क्षेत्र बाट निर्वाचित हुने मा सघिय ससदमा मा .बिनोद चौधरी ,मा.धुर्व बहादुर प्रधान र प्रदेश तर्फ मा. देवकरण कलवार ,मा. बिश्वप्रेम पाठक र मा. बैजनाथ जैसवाल रहनु भएको छ । चुनाव जित्ने वित्तिकै सो सडकलाई नेपाल भारत मैत्री पर्यटन मार्गको रुपमा बनाउने प्रदेश साँसद कलवारले बाचा गरेका थिए । तर अहिले मर्मत समेत हुन सकेको छैन् । सो सडकबारे लुम्बिनी प्रदेश साँसद देवकरणले यसलाई बहुबर्षिय सडकमा राख्न लगाइएको दाबी गर्दै चालु आर्थिक बर्षमा १८ लाख रुपिया विनियोजन भएको प्रतिकृया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *