महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन होला त ?

नवलपरासी, २४ भदौ
जिल्ला स्थित महेशपुर भन्सार नाका स्थापना भएको ६ बर्ष पुग्न लादा पनि भन्सारका लागि अतिआवश्यक प्लान्ट क्वारेन्टाईन अझैसम्म सञ्चालनमा नआउदा भन्सारले पुरै क्षमतामा काम गर्न सकेको छैन् । भारतिय बजारबाट बनस्पतिजन्य तरकारी लगायतका खाद्य समाग्रिको भन्सारका लागि क्वारेन्टाईन भए मात्र भन्सार गर्न सक्ने प्रावधान भएका कारण हालसम्म पनि क्वारेन्टाईन सञ्चालनमा आउन नसक्दा भन्सारले ति बस्तुहरुको भन्सार गर्न समस्या भएको जानकारी गराएको हो ।
भन्सारमा तत्काल प्लान्ट क्वारेन्टाईन सञ्चालनका लागि संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले ज्ञापनपत्र बुझाएका छन् । प्लान्ट क्वारेन्टाईन आउने पनि आश्वासन पाएको उनले जानकारी गराए । गत पुस महिनामा जिल्ला समन्वय समिति(जिसस)ले अनुगमन गर्दा पनि भन्सार कार्यालयले त्यही प्लान्ट क्वारेन्टाईनका लागि पहल गर्न आग्रह गरेको थियो । उनी पनि पहल गर्ने भनेर आश्वासन दिएका थिए । जिल्लामा जो सुकै मन्त्री,प्रधानमन्त्री देखी मन्त्रिसम्म आउदा प्लान्ट क्वारेन्टाइनका कुरा उठ्ने गरेको छ । तर हालसम्म सञ्चालन गराउन नसक्दा भन्सार प्रमुखमा नैरास्यता छाएको बताएका थिए ।


नेपालका केही नाकामा प्लान्ट क्वारेन्टाईनको स्थापना हुन तर अहिले बर्षाै देखी महेशपुर भन्सारमा स्थापना हुन नसक्नुमा स्थानिय जनप्रतिनिधि,सरोकारवाला संघसस्थाले चाँसो नलिनु पनि उनले भन्सारको अनुगमन गर्न आउने तर भन्सारको समस्या नबुझिने अवस्था रहेको भन्सारका कर्मचारीले बताएका छन् । प्लान्ट क्वारेन्टाईन मात्रै हुने हो,भन्ने भैरहवा भन्सारको आधा भार घट्ने र महेशपुर भन्सारले सोचे भन्दा राजश्व संकलन गर्न सक्ने भन्सारका लेखाअधिकृत कमल अर्यालले बताए । यसका लागि स्थानिय नेताहरुले पहल पनि नगरेका होईन्,उनले थपे, तर लबिगँ पुगेन कि जस्तो लाग्यो । यसै बर्ष नवलपरासी भ्रमण पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा,पुष्पकमल दहाल प्रचण्ड र हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि आएका हुन्,सबैलाई यसबारे अवगत गराइएको थियो ।
प्लान्ट क्वारेन्टाईन राख्नका लागि जति औपचारिकता नेताहरुले गर्ने गरेको देखिन्छ,त्यो अनुसारको पहल नभएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले गरे । ज्ञापनपत्र बुझाउदैमा क्वारेन्टाईन सञ्चालन होला त ? स्थानियले प्रश्न गर्न थालेका छन्,तस्करी प्रवद्र्धन गर्ने नाकाको रुपमा चिनिदै गएको यो महेशपुर नाकालाई ब्यवस्थित गर्नका लागि जिल्लाका राजनीतिक नेतृत्व नै कमजोर देखिएको स्थानियको आरोप समेत रहेको छ ।
प्लान्ट क्वारेन्टाईनको अभावमा आउने राजश्वमा कमी र उद्यमी ब्यवसायीको हैरानीलाई मध्यनजर गर्दै विभागले पहल थालेको कुराले महेशपुुर भन्सार कार्यालय उत्साही भएको थियो,तर सो उत्साह अहिले नैरास्यतामा बदलिएको छ । प्लान्ट क्वारेन्टाईनका लागि पहल गरिदिन पर्यो भन्सार कर्मचारी सबैलाई आग्रह गर्ने गर्छन । प्लान्ट क्वारेन्टाईन नहुदा प्लान्ट(बनस्पति र बनस्पति जन्य) खाद्यपदार्थको भन्सार गर्न समस्या त छदैछ,अवैध रुपमा भित्रिने त्यस्ता पदार्थ बरामद गरेर लिलाम विक्रि गर्नका लागि त्यसको जाँच पडताल गर्नका लागि भैरहवा भन्सार जानु परेको छ । यसले महेशपुर भन्सारका कर्मचारीका लागि हैरानी थपिएको छ । प्लान्ट क्वारेन्टाईनसँग नै खाद्य पदार्थको आयात र निर्यात हुने नाका हो । तर प्लान्ट क्वारेन्टाईन नहुदा त्यसको भन्सार हुन सकिरहेको छैन् ।
भन्सार नहुदा अवैध रुपमा झोला पोकामा साईकल र मोटरसाईलमा बनस्पती जन्य पदार्थ(तरकारी,खाद्य,दाना लगायत)ंका समाग्रि दैनिक नेपाल भित्रिने गरेका छन् । त्यसबाट मात्रै दैनिक हजारौ रुपिया राजश्व गुमिरहेको छ । प्लान्ट क्वारेन्टाईन नहुदा भन्सारले भन्सार काटेर बैधता प्रदान नगरे पनि साना ब्यपारीले दैनिक सयौ साईकल र मोटरसाईलमा समाग्रि अवैध रुपमा भित्रयाउन परेको छ । अवैध आयात गर्दा ब्यपारीलाई नाफा भन्ने कुरा भई रहेको छैन् ।
अवैध छ,भनेर प्रहरीले राजश्व भन्दा खाजश्व उनीहरुबाट उठाई नै हाल्छन् । प्रहरीलाई रकम बुझाए पनि लुकिछिपि नै मालसमाग्र लैजानु पर्ने बाध्यता रहेको छ । दिनमा एक सय त्यस्ता ब्यपारीले ३ सय देखी ५ सयसम्म मात्र भन्सार बुझाए पनि दैनिक ३० हजार देखी ५० हजार भन्सार संकलन हुन्छ । यसरी मासिक ९ लाख देखी १५ लाखसम्म राजश्व उठन सक्छ । जबकी प्लान्ट क्वारेन्टाईनको कर्मचारीलाई एक महिनाकै राजश्वले तलब सुविधा पुग्न सक्छ । बाकी रकम राजश्वको रुपमा राजकोषमा बचत हुन्छ ।
मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन,तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउदै भन्सार हुन सकिरहेको छैन् । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।
नेपाली उपभोतmा विषादी युतm तरकारी खान बाध्य छन् । भन्सार नहुदा राजस्व ह्रास भई रहेको छ । भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायिले ब्यवसाय गर्न नपाउदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन् । हाटबजारमा तरकारी आपुर्ति प्रयाप्त मात्रामा आउन नसक्दा तरकारीको मुल्य पनि अकासिदै जादा उपभोतmा मुल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी,विषादीयुतm तरकारी खानु पर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकुल असर पर्नुका साथै तरकारीमा मुल्यवृद्धि जस्ता समस्या भई रहेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *