नवलपरासी,१४ भदौ
प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध तरिकाले सो वार्डका वार्ड अध्यक्ष लागि परेका छन् । सो स्थानको विकास,प्रवद्र्धन र पहिचान गराउनका लागि ताल ब्यवस्थित गर्ने र नन्दनगरमा रहेका प्राचिन इनार लगायतको क्षेत्रमा पुरातात्विक उत्खनन गराई खुल्ला गर्ने तयारीमा समेत काम भई रहेको बताएका हुन् ।
अहिले वार्डमा आउने जोसुकै नयाँ ब्यक्तिलाई उनले सो प्राचिन स्मारक स्थल देखाउन लागि हाल्छन् । विभिन्न क्षेत्रबाट सो स्थानको विकासका लागि आर्थिक स्रोत आउदा विगतमा सदुपयोग गर्न नसकिएको प्रति दुःख ब्यक्त गर्दै उनले अब यस प्राचिन पहिचान भएका स्थानको विकास प्रवद्र्धन र प्रचार प्रसारमा कुनै कसुर बाकी नराख्ने गरि प्रतिवद्ध भई काम गरिहेको स्थानियबासीले पनि बताएका छन् । सो क्षेत्रको विकासका लागि उनले नगर र ताल ब्यवस्थितका लागि छुट्टा छुट्टै ब्यवस्थान समिति समेत बनाई सकेका छन् । तिनै समितिले अब गाउपालिकाले नै बनाई दिएको संघसस्था दर्ता ऐन बमोजिम दर्ता गरि सक्रिय बनाईने पनि बताएका थिए ।
गत बर्ष पहिचानमा आएको नन्दन नगर र विगत बर्ष देखी नै पहिचानमा रहेको नन्दनताललाई पर्यटकिय गन्तब्य बनाउने तयारी भई रहेको पाल्हीनन्दन गाउपालिकाले जानकारी गराएको छ । पटक पटक प्राचिन स्मारक स्थलको पुरातत्वका जानकारलाई भ्रमण गराउने कार्य गरिदै आएको र अब गाउपालिकाले नै अग्रसरता लिने जानकारी वार्ड नं.६ का वार्डअध्यक्ष समेत रहेका गाउपालिकाका प्रवतmा कृष्ण चन्द्र यादवले जानकारी गराए । पुरातत्वका जानकार स्थानिय नारद यादव र नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारलाई प्राचीन इनार रहेको क्षेत्रको अवलोकन गराउने उनले सो कुरा जानकारी गराएका थिए ।
वार्ड स्तरबाट प्राचिन नन्दननगरको स्मारक स्थल जाने स्थानमा गत असार महिनामा सडक समेत बनाइयो,उनले भने,नेपाल वण्डक पश्चिमी नहर सिचाई प्रणालीको मुल नहर देखी स्मारक स्थल पुग्ने सडक बनाउन स्थानियबासी आफै खेतमा जग्गा छुट्टइदिएर सडक बनाएका हौ । नहर नजिकै सो प्राचिन स्थलको पहिचान हुने गरि बुद्धजयन्तीको दिन मुर्तिको स्थापना समेत गराएका थिए । सो स्थानमा सौन्दर्यीकरण समेत गराईएको उनले देखाए । स्मारक स्थलको पहिचान भएकोले यस क्षेत्रमा भुभौतिक सर्वेसँगै उत्खनन आवश्यक रहेको अवलोकन गर्न पुगेका पुरातत्व जानकार यादवले बताए ।
बर्षायाम सके पछि त्यसको खोज कार्य गरिनु पर्छ । त्यसका लागि पुरातत्व विभाग र लुम्बिनी बिकास कोषमा रहेको पुरातत्व कार्यालयसँग पनि सम्पर्क गरेर पुरातात्विक प्राविधिक सहयोग लिन सकिन्छ । प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले बेला बेलामा दिप प्रज्वलन गर्ने,अन्तरक्रिया र परिचयात्मक कार्य गर्ने गराउने भईरहेको उनले जनाए । गत आर्थिक बर्षमै लुम्बिनी पर्यटक मन्त्रालयले बौद्ध पर्यटक पथप्रदर्शकहरुलाई समेत सो स्थानको जानकारी गराउने परि भ्रमाण गराएको थियो । त्यसैगरि प्रेस चौतारी नवलपरासीले समेत आफ्ना पर्यटन जात्रा मनाउने क्रममा पत्रकारहरुको टोलीलाई उतm स्थानमा पुर्याएको थियो ।
पुरातत्व जानकार यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेको ति बस्तुहरु प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरुमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि नगरको स्वरुप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हो ।
नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार,सैनिक,अन्य नागरिकहरु रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउ भएको समेत अनुमान गर्न थालिएको छ । अहिलेको सोही इतिहासलाई झल्काउने गरि कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य,सैनिक र नागरिकहरु आउने गर्थे । यसले प्राचिन संस्कृतिलाई पुनः पुर्नत्थान हुन्छ,वार्ड अध्यक्ष यादवले भने,सो साँस्कृतिक उत्थानले पर्यटन क्षेत्रको रुपमा पहिचान गराउने र यो प्राचिन नन्दन नगरलाई देश विदेशसम्म प्रचार प्रसार गर्नमा मद्दत पुग्ने छ ।
Thank you for the auspicious writeup It in fact was a amusement account it Look advanced to far added agreeable from you However how can we communicate