नवलपरासी,३ भदौ
जिल्लाको सुस्ता स्थित बनेको चिस्यान केन्द्र(कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए पनि सञ्चालनमा ल्याउन गाउपालिका असक्षम देखिएको छ । स्थानिय किसानलाई राहत पुर्याउने महत्वपुर्ण योजना भए पनि गाउपालिका प्रशासनले सञ्चालन गर्न असक्षम देखिएको स्थानियले आरोप समेत लगाएका हुन् ।
गाँउपालिकाले सरोकारवाला सघंस्थासँग पनि पहल गर्न सकेको छैन्,स्थानिय केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवले भने,अहिलेसम्म चिस्यान केन्द्र सञ्चालनमा असक्षम देखिएको छ । यसबारे आफुहरु पटक पटक गाउपालिकालाई जानकारी गराइएको छ,तर गाउपालिकालाई सञ्चालनमा चाँसो पनि छैन,सक्षमता पनि छैन् । जिल्ला सहकारी संघले निर्माण गरेको सुनवल स्थित चिस्यान केन्द्र सञ्चालनमा आई सक्यो,उनले थपे, तर सँगै निर्माण भइ सकेको सुस्ता चिस्यान केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेन् । यसलाई गाउपालिकाको असक्षमता नै भनिन्छ ।
गाउपालिका नेतृत्व र प्रशासनले कम्तीमा सञ्चालनका लागि सरोकारवाला संघसस्थासँग समन्वय गर्ने,कसरी सञ्चालन गर्नेबारे रणनीति बनाउनु पर्ने हो,तर गाउपालिकाकालाई कुनै मतलब छैन् । चिस्यान केन्द्र भित्र घाँस उम्रिएका छन्,चिस्यान केन्द्र सञ्चालनमा नआउदै भत्किने अवस्था पनि देखिन थालेका छन् ।तर गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले चिस्यान केन्द्र सञ्चालनबारे गाउपालिकाले आन्तरिक तयारी गरिरहेको दाबी गरेका छन् । छिट्टै सबै सरोकारवाला निकायसँग समन्वय गरि सञ्चालनका लागि पहल गरिने उनको भनाई थियो ।
गत बर्ष नै भवन निर्माण भएको तर परियोजना पूर्णरुपमा सम्पन्न नभएको सुस्ता गाउपालिकाले जनाएको थियो । भवनको काम सकिए पनि विद्युत जडान,सुरक्षागार्ड,लोडअनलोड गर्ने स्थान,कार्यालय सञ्चालन तथा कम्पाउण्डवाल लगायतका धेरै काम बाकी नै रहेको जनाउदै चिस्यान केन्द्र परियोजना पुर्ण रुपमा सम्पन्न भई नसकेको जानकारी गराएको थियो । अहिले ति सबै काम सम्पन्न भएका छन् । तर कहिले देखी सञ्चालनमा ल्याउनेबारे गाउपालिका नेतृत्व गम्भिर छैन्,यादवले भने,जनता प्रति नै नेतृत्व उत्तरदायि देखिएन् । गाउपालिकाको पहिलो कार्यकालकै अध्यक्ष रामप्रसाद पाण्डे हुदा लुम्बिनी प्रदेश सरकार र गाउपालिकाको सहकार्यमा सो चिस्यान केन्द्रको निर्माण शुभारम्भ भएको थियो ।
गत बर्ष चिस्यान केन्द्रबारे चाँसो लिदै सुस्ताका विभिन्न विषयको अध्ययन अवलोकन गर्ने क्रममा पुगेका थिए । सो चिस्यान केन्द्र समेत अवलोकन गर्न पुगेका जिल्ला समन्वय समिति (जिसस)ं प्रमुख भगौती यादवलाई चिस्यान केन्द्रको अवस्थाबारे गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा बन्ने लागेको उतm चिस्यान केन्द्रको सबै काम सम्पन्न हुन सकेको छैन्,चिस्यान केन्द्रको भण्डार गृहको काम सम्बन्धित ठेकेदारले सकाएको देखाएका थिए । विद्युत जडान भई नसकेको अवस्थामा सो चिस्यान केन्द्रको समान्य परिक्षण समेत भएको छैन् । भवनको वरिपरि थुप्रै ब्यवस्थानका कार्य बाकी रहेको अध्यक्ष उपाध्यायले जिसस प्रमुख यादवलाई जानकारी गराएका थिए ।
झण्डै पाँच करोडको लागनीमा चिस्यान केन्द्र बनाउने सहमति प्रदेश सरकार र गाउपालिकाको भएको थियो । सोही अनुसार पहिला चिस्यान केन्द्रको निर्माणका लागि टेण्डर आह्वान भयो । टेण्डर परेका ठेकेदारले चिस्यान केन्द्र भवन बनाई दिए । बाकी काम अझै हुन नसक्दा चिस्यान केन्द्र सञ्चालनमा आएन भन्ने उठ्ने जिज्ञासा प्रति आफ्नो प्रतिकृया दिदै अध्यक्ष उपाध्यायले भनेका थिए, गाँउ पालिकाले सिमित साधन स्रोतले प्रत्येक बर्ष काम गर्दै आएको छ । अहिले विद्युत जडानका लागि ट्रान्सफर्मर ल्याइएको छ । त्यसको प्रकृया अगडाी बढदै छ । प्रदेश सरकारका अनुदान र योजना लिदा पनि धेरै जसो भार गाउपालिका माथी नै पर्ने गरेको छ । गाउपालिकाको आफ्नो आन्तरिक स्रोत कम नै छ ।
बाहिरबाट आउने अनुदान अधिकाँस ससर्त नै रहेको छ । त्यसले पनि सोचे अनुसार काम सम्पन्न गर्नका समस्या रहेको उनले औल्याएका थिए । प्रदेश सरकारले चिस्यान केन्द्र अनुदान मात्रै नभई पुरै परियोजना प्याकेजमा पनि लगानी बढाउन पथ्र्यो,तर थप लगानी प्रदेशबाट हुन सकिरहेको छैन् । चिस्यान केन्द्र छिटो भन्दा छिटो होस भन्ने चाहना किसानको मात्रै नभई गाउपालिकाको पनि रहेको उनले सुनाए । तर सोचेर मात्रै हुदैन,पुग्दैन,साधन स्रोतको उचित ब्यवस्थापन गर्न चुनौती रहेको छ । तर पनि प्राथमिकतामा नै राखेर गाउपालिकाले काम गर्दै आई रहेको दाबी गर्दै उनले गाउपालिकाले छिट्टै यसलाई सञ्चालनमा ल्याउनका लागि गृहकार्य गरि रहेको छ ।
चिस्यान केन्द्र सञ्चालनमा आए पछि यस क्षेत्रका किसानलाई आफ्नो उत्पादन,आलु तरबुजा,केरा तथा विभिन्न बालीका विँउहरुलाई पनि सुरक्षित भण्डारण गरि राख्न सक्ने अवस्था बन्ने छ । दुर्गम क्षेत्रमा यसरी चिस्यान केन्द्र बन्न लाग्नु जिल्लाकै लागि उपलब्धी भएको जिसस प्रमुख यादवले बताएका थिए । उनले जति सक्दो छिटो चिस्यान केन्द्र सञ्चालनमा ल्याउनका लागि गाउपालिकाले काम गरोस भन्ने सुझाव दिएका दिएका थिए । सञ्चालन प्रकृयामा आउने जटिलताका लागि जिससले समन्वयकारी भुमिकाका लागि सदैव तयार रहेको आश्वास्त पारेका थिए । चिस्यान केन्द्र सुस्ता गाउपालिकाको वार्ड नं.४ मा निर्माणाधिन चिस्यान केन्द्रको क्षमता ५ सय मे.ट.भए पनि ९ सय मे.ट.सम्म राख्न सक्ने दाबी सम्बन्धित ठेकेदारले गरेका थिए ।